श्रीपेच चोर्ने चौथो प्रयासमा नारायणहिटीबाट पक्राउ परेका थिए खेमबहादुर

१५ असोज, काठमाडौं । रुकुम पश्चिमका २५ वर्षीय खेमबहादुर घर्ती नारायणहिटी दरबार संग्रहालयबाट श्रीपेच चोर्ने चौथो प्रयासमा पक्राउ परेको खुलेको छ । प्रहरी अनुसन्धानका क्रममा उनले यसअघि तीन पटक श्रीपेच निकाल्ने प्रयास गरेको खुलेको हो । अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘उनलाई एक जना नजिकका व्यक्तिले के यत्तिकै बस्छस्, नारायणहिटी गएर श्रीपेच लगा राजा बन्छस् […]