भारतले किन दिएन भैरहवाबाट नयाँदिल्ली उडान अनुमति ?

एक वर्षअघि व्यावसायिक रुपमा सञ्चालनमा आएको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमले नयाँ दिल्ली र मलेसिया उडान गर्ने तयारी गरे पनि भारतले अझै पनि अनुमति दिएको छैन । निगमले जेठ १५ देखि उडान गर्नेगरी आवश्यक तयारी गरिरहेको छ । निगमले भैरहवाबाट भारतको नयाँदिल्ली र मलेसियाको क्वालालम्पुर सातामा एक–एक उडान गर्ने कार्यतालिका बनाएको छ …