सरकार र मिटरब्याज पीडितबीच अहिले ६ बजे फेरि छलफल हुँदै

काठमाण्डौ – सरकार र मिटरब्याज पीडित सङ्घर्ष समितिबीच भएको छलफल पुनः ६ बजे बस्ने गरी टुङ्गिएकाे छ । मिटरब्याज पीडित सङ्घर्ष समितिका संयोजक मनोजकुमार पासवानका अनुसार सरकार मिटरब्याज पीडितप्रति निकै सकारात्मक रहेको र पीडितभन्दा पनि सरकार छिटो भन्दा छिटो वार्तालाई निष्कर्षमा पुर्‍याउन आतुर देखिएको छ ।  सङ्घर्ष समितिले सरकारले बनाएको समिति समक्ष आफ्नो दश बुँदे माग राखेको र अघिल्लो कार्यदलका संयोजक भिष्मकुमार भुसालले तयार गरेको प्रतिवेदन अध्ययन गरेर पुनः छलफलमा बस्ने गरी वार्ता टुङ्गिएको सं...