संसदीय समितिद्वारा निर्माणाधीन संघीय संसद भवनको स्थलगत अनुगमन (फोटो फिचर)

न्युज अफ नेपाल, काठमाडौं । सिंहदरवार परिसरभित्र निर्माणाधीन संघीय संसद भवनको संसदीय समितिले स्थलगत अवलोकन गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिका पदाधिकारीहरुले आईतबार निर्माणाधीन भवनको स्थलगत अवलोकन गरेको हो । समितिकी सभापति कल्याणी खड्काले सरकारले निर्माणाधीन संसद भवनको लागि बजेटको पर्याप्त व्यवस्था देखिएको बताउनुभयो । ‘निर्माणाधीन संसद भवनका लागि पर्याप्त बजेटको अभाव […]

सम्बन्धित सामग्री

संसदीय समितिमा घट्यो महिला नेतृत्व

सभापति पाएका १२ वटामध्ये चार वटा समितिमा महिला नेतृत्व छ । प्रतिनिधित्वको हिसाबले यो ३३.३३ प्रतिशत हो ।

दुई वटा संसदीय समिति सभापतिमा राप्रपाको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाा)ले दुई वटा संसदीय समितिको सभापतिमा दाबी गरेको छ । संघीय संसद सचिवालयले संसदीय समिति गठनको प्रक्रिया अगाडी बढाएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई वटा समितिको सभापतिमा दाबी गरेको हो । आइतबार राप्रपका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आफ्नो पार्टीले दुई वटा सभापतिमा दाबी गरेको बताउनुभयो । उहाँले दुई सभापति आफुहरुले अनिवार्य […]

विधायन समितिः भौतिक पूर्वाधार अध्ययनमा संसदीय समिति

काठमाडाैँ- अनुगमन मूल्यांकनमा जानुपर्ने संसदीय समितिहरू विधेयक निर्माण पूर्वको भौतिक पूर्वाधार अध्ययनमा अग्रसर भएका छन्। नेपाल विश्वविद्यालय विधेयक माथिको छलफलको क्रममा रहेको संघीय संसद राष्ट्रियसभा अन्तर्गतको विधायन समिति दफाबार छलफलकै क्रममा भौतिक पूर्वाधार अध्ययन गर्न भन्दै नवलपरासी पुगेको हाे। समिति सभापति बेदुराम भुसालको नेतृत्वमा ७ सदस्यीय पूर्वाधार अध्ययन समिति आइतबार बिहान काठमाडौँबाट त्यसतर्फ प्रस्थान गरेको […]

चिनी मिलमा देखिएका समस्या समाधान गर : संसदीय समिति

१५ साउन, काठमाडौं । संसदीय समितिले चिनी मिलमा देखिएका विद्यमान समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । आइतबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले …

संसद बैठक दिउँसो २ बजेसम्मको लागि स्थगित

काठमाडौँ – संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ। बुधबार बिहान ११ बजेका लागि बोलाएको बैठक दिउँसो १ बजेसम्म सुरु हुन नसकेपछि सूचना टाँसेर २ बजेसम्मको लागि सारिएको हो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै आएको […]

रातोपाटी ब्रिफिङ : चुनावी तालमेलमा लफडा, ऊर्जा संकटोन्मुख नेपाल

आज मिति २०७८ साल चैत महिनाको १४ गते सोमबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमका साथ हामी रातोपाटीको नियमित प्रस्तुति ‘रातोपाटी ब्रिफिङ लिएर आएका छौँ–काँग्रेस संसदीय समिति गठन भोलिनेपाली काँग्रेसले संसदीय समिति गठनको तयारी थालेको छ । सोमबार पार्टीको केन्द्रीय समिति बैठकपछि काँग्रेसका शीर्ष नेताबीच मंगलबार संसदीय समिति गठन गर्ने सहमति भएको छ । काँग्रेसमा संघीय संसद, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न ४ तहमा संसदीय समिति गठन गर्ने व्यवस्

काँग्रेस संसदीय समिति गठन भोलि, शेखरलाई समेट्न देउवा सहमत

नेपाली काँग्रेसले संसदीय समिति गठनको तयारी थालेको छ । सोमबार पार्टीको केन्द्रीय समिति बैठकपछि काँग्रेसका शीर्ष नेताबीच मंगलबार संसदीय समिति गठन गर्ने सहमति भएको छ ।काँग्रेसमा संघीय संसद, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न ४ तहमा संसदीय समिति गठन गर्ने व्यवस्था छ । उम्मेदवार छान्नका लागि काँग्रेसले १६५ निर्वाचन क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश र केन्द्रमा संसदीय समिति बनाउने छ । भोलिको बैठकले केन्द्रीय संसदीय समिति गठन गर्न लागेको महामन्त्री विश्वप्रकाश शर्माले ब

मूल्य वृद्धिप्रति संसदीय समिति असन्तुष्ट

दैनिक उपभोग्य बस्तुहरुको मूल्य ह्वात्तै बढ्दासमेत उपभोक्ता अधिकारकर्मीहरु चुप लागेर बसेको भन्दै संसदीय समितिले असन्तुष्टि जनाएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले तेल, चिनीलगायतका दैनिक उपभोग्य वस्तुमा ह्वात्तै मूल्यवृद्धि हुँदा पनि उपभोक्ता अधिकारकर्मीहरु चुप लागेर बसेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा मंगलबार काठमाडौंमा एक कार्यक्रममा बोल्दै उनले सरकारले बजार अनुग

२० वर्ष पुराना सवारी सञ्चालनमा रोक नलगाऊः संसदीय समिति

संसदीय समितिले २० वर्षे सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई सचेत गराएको छ । संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधि समितिको बुधबार बसेको बैठकले प्रशस्त गुनासो आउने गरेको निष्कर्ष निकाल्दै सो प्रावधान अनुसार सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय पुनर्विचार गर्न सरकारलाई निर्देशन दिएको हो । २० वर्षे हदम्यादको […]

सेनाले बनाउँदै गरेको फास्ट ट्रयाकको अनियमितताबारे अध्ययन गर्न संसदीय समिति गठन

काठमाडौं । संघीय संसद अन्र्तगतको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले काठमाडौं–तराई दु्रतमार्ग निर्माणका क्रममा भएको भनिएको अनियमितताका सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन गरेको छ । समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले दु्रतमार्ग निर्माणको दोश्रो चरणको ठेक्का प्रक्रियामा भएको भनिएको अनियमिता बारेमा अध्ययन गर्न सांसद गणेश पहाडीको संयोजकत्वमा उपसमिति गठन गरेको हो । उपसमितिमा जिपछिरिङ लामा, इन्दु शर्मा, अनिल झा र केदार सिग्देल सदस्य रहनुभएको छ । उपसमितिलाई दोश्रो चरणको ठेक्का प्रक्रियामा ठेकेदार छनौट, बुंगमति खोकना क्षेत्रमा देखिएको विवाद, निर्माणका क्रममा भएका कमीकमजोरी र समयमै निर्माण सम्पन्न हुने नहुनेबारे पनि सुक्ष्म ढंगले अध्ययन गर्न भनिएको छ । काठमाडौं–तराई दु्रतमार्ग निर्माणको जिम्मा लिएको नेपाली सेनाले निर्माण प्रक्रियाको दोश्रो चरणमा ठेकेदार कम्पनी छनौट गर्दा अनियमितता भएको उजुरी पछि समितिले त्यसतर्फ चासो देखाएको हो । छलफलका क्रममा नेपाली सेनाका बलाधिकृत रथी प्रभुराज शर्माले सेनाले निर्माणका सबै प्रक्रिया पारदर्शी ढंगले गरिरहेको दाबी गर्नुभएको थियो । उहाँले २ वर्षपछि पनि पुरानै दर रेटमा निर्माण सम्झौता भएको र ज्वईन्टभेन्चरमा नेपाली कम्पनीहरु पनि सहभागी भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘स्वदेशीहरु सबैको ज्वइन्टभेन्चरमा आउनुभएको छ । त्यत्ति ठूलो काम गर्न उहाँहरुसंग पैसा नभएको हुनसक्छ । बैंक ग्यारेण्टी नभएको हुनसक्छ । तर अहिले विदेशी कम्पनीहरुसंग हाम्रो नेपाली दाजुभाई ठेकेदार सावहरुले ज्वइन्टभेन्चरमा आउनुभएको छ । सबै भन्दा ठूलो संख्यात्मक रुपमा उहाँहरुसंग मिसिएर आउनुभएको छ । हामीसंग यसको प्रमाण पनि छ ।’ उहाँले नेपाली सेनालाई प्रभाव पार्न खोज्ने समुहरु धेरै भएको र नसकेपछि उनीहरुले अरु ठाउँमा प्रयास गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो इन्फ्लुयन्सी गु्रपहरु धेरै हुन्छ । हजुरहरुलाई पनि इन्फ्लुयन्समा पार्न सक्नुभएन तर अरु ठाउँमा पार्न सक्नुहुन्छ । नेपालमा नभएको भन्ने केही पनि छैन । मर्कै परेको छ भने उजुरी हाल्ने ठाउँ छ । पिपिएमओ को पिपिआरसिमा उजुरी दिनुपथ्र्यो । अड्काउन सजिलो छ । फुकाउन गाहे छ ।’ छलफलका क्रममा सांसदहरुले समयभित्र विकास निर्माणका आयोजना सम्पन्न हुन नसकेका विषयमा गम्भीर विश्लेषण गर्नुपर्ने धारणा राखेका थिए । उनीहरुले दु्रतमार्गको ...