पालिकातिर फैलिँदै दादुरा संक्रमण

नेपालगञ्ज- बाँकेमा दादुरा संक्रमण फैलिँदै गएको छ। नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै देखिएको दादुरा अहिले अन्य गाउँपालिकामा पनि देखिएको हाे। नेपालगञ्ज उपमहानगरपालिकाका साथै कोहलपुर नगरपालिका, खजुरा र नरैनापुर गाउँपालिकामा पनि दादुरा संक्रमण देखिएको स्वास्थ्य कार्यालय, नेपालगञ्जका खोप सुपरभाइजर नरेश श्रेष्ठले जानकारी दिए। नेपालगञ्जमा एक सय ९१ जनामा दादुरा देखा परिसकेको छ। खजुरामा तीन जना, कोहलपुरमा दुई जना […]

सम्बन्धित सामग्री

दादुरा संक्रमणबाट १७ जिल्ला प्रभावित, १०२१ बिरामी भेटिए

देशभर दादुरा संक्रमणबाट १७ जिल्ला प्रभावित भएका छन्। परिवार कल्याण महाशाखाकाअनुसार कालिकोटमा पनि दादुरा संक्रमण पुष्टि भएसँगै दादुरा प्रभावित जिल्लाको संख्या १७ पुगेको हो।

दादुरा संक्रमण देखिएको गोकर्णेश्वरमा खोप अभियान

सोमबार गोकर्णेश्वर नगरपालिका मेयर दिपक रिसाल आफै गएर खोप अभियान  सुरु गरेका हुन्। सो स्कुलमा  हालसम्म ४ जना बालबालिकालाई दादुरा  पुष्टि भएको छ।

सुर्खेतमा पाँच जनामा दादुरा संक्रमण, जेठ २८ गतेदेखि खोप अभियान

सुर्खेत– सुर्खेतमा पाँच जनामा दादुरा देखा परेको छ । ६५ जना शङ्कास्पद बिरामीको चेकजाँच गर्दा पाँचजनामा दादुरा भेटिएको हो ।  वीरेन्द्रनगर र चिङ्गाडमा दुई–दुई तथा गुर्भाकोटका एक जनामा दादुरा भेटिएको स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए। उनका अनुसार कालीकोटमा पनि तीन जनामा दादुरा देखिएको छ ।  यही जेठ २८ गतेदेखि सुर्खेतका नौवटै […]

सुनसरीको बर्जुमा दादुरा प्रकोप, २९ जनामा संक्रमण पुष्टि

काठमाडाैं । सुनसरीको बर्जु गाउँपालिकामा दादुरा संक्रमण फैलिएको छ । दुई हप्ताको अवधिमा बर्जुमा २९ जना दादुरा संक्रमित भेटिएका हुन् । बर्जुमा पहिलो पटक वडामा नम्बर २मा ७ महिने शिशुमा दादुरा पुष्टि भएको थियो । हाल उक्त गाउँपालिकाको ६ मध्ये ४ वटा वडामा दादुरा संक्रमित बिरामी फेला परेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । जस […]

दुई महिना अघि बाँकेमा देखिएकाे दादुरा संक्रमण ९ जिल्लामा पुग्याे

काठमाडौं । गत पुसको दोस्रो साता बाँकेमा देखा परेको दादुरा संक्रमण हाल ९ जिल्लामा देखा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख भरत भण्डारीका अनुसार ९ जिल्लामा हालसम्म ६०१ जना बालबालिकामा दादुरा संक्रमण देखिएको छ । उनका अनुसार बाँकेसहित बर्दिया, सुर्खेत, दाङ, कैलाली, कञ्चनपुर, महोत्तरी, मोरङ, दैलेखमा पनि दादुर […]

नेपालगञ्जमा रोकियो दादुरा संक्रमण

नेपालगञ्ज- नेपालगञ्जमा फैलिएको दादुरा संक्रमण रोकिएको छ। नयाँ बिरामी देखा पर्न छोडेसँगै २२ दिनसम्म निरन्तर चलेको खोप अभियान पनि स्थगित भएको छ। नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतका अनुसार पुस १२ गतेदेखि दादुरा संक्रमण फैलिएपछि पुस २२ गतेदेखि खोप अभियान सञ्चालन गरिएको थियो। यो अवधिमा नेपालगञ्जमा २ सय २९ जना दादुरा संक्रमित फेला […]

बाँकेका चार पालिकामा दादुरा संक्रमण

बाँके । पूर्ण खोप जिल्ला घोषणा भइसकेको बाँकेका चारवटा पालिकामा दादुरा संक्रमण देखा परेको छ । ‘कागजी तथ्यांक’लाई आधार मान्दै गरिएको पूर्ण खोप जिल्ला घोषणालाई जिल्लाभरि नै फैलिँदै गएको दादुरा संक्रमणले गिज्याएको छ । नेपालगन्ज उपमहानगरपालिकामा फैलिएको दादुरा संक्रमण कोहलपुर नगरपालिका, खजुरा र नरैनापुर गाउँपालिकामा देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका खोप सुपरभाइजर नरेश […]

दादुरासम्बन्धी अभिमुखीकरण अभियान

नेपालगञ्ज – नेपालगञ्जका विभिन्न वडामा दादुरा खोपसम्बन्धी अभिमुखीकरण गरिएको छ। दादुरा संक्रमण फैलिएपछि विशेष अभियानको रुपमा दादुराविरुद्धको खोप लगाउने काम भइरहेपनि त्यसमा समुदायबाट खासै चासो नदेखाइएपछि नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले अभिमुखीकरण गरेको हो। दादुरा संक्रमण फैलिएका सबै वडाहरुमा अभिमुखीकरण चलाउने रणनीति बनाइएको छ। अभिमुखीकरणमा जनप्रतिनिधि, स्थानीय अगुवा, धार्मिक गुरुहरुलाई सहभागी गराइएको छ। अभिमुखीकरणमा दादुराबारेमा जानकारी […]

यी हुन् दादुराका लक्षण

काठमाडौँ : यतिखेर बाँके जिल्लामा दादुरा संक्रमण फैलिएको छ। पछिल्लो विवरणअनुसार हालसम्म ३६ जनाभन्दा बढी बालबालिकामा दादुरा संक्रमण देखिइसकेको छ। दादुरा संक्रामक रोग हो जुन मिजल्स भाइरसबाट हुने गर्दछ।यो रोग श्वासप्रश्वासको माध्यमबाट सर्छ। आमाबाट प्राप्त रोग प्रतिरोधात्मक क्षमताले शिशुहरूलाई ६ देखि ९ महिनासम्म दादुरा लाग्नबाट बचाउँछ। दादुरा भाइरसले शरीरको बाहिरी छाला र भित्री पत्रमा संक्रमण गर्छ‚ जुन फोक्सो, आन्द्रा, भुँडी, आँखा, मुख र घाँटीमा रहेको हुन्छ। दादुराका जीवाणु (भाइरस) ले

जाजरकोटका दुई बालबालिकामा दादुरा संक्रमण

जाजरकोट- नेपालले तीन वर्ष अघि अर्थात् सन् २०१९ भित्रै दादुरा उन्मूलन गर्ने लक्ष्य लिए पनि जाजरकोटमा बिरामी फेला परेका छन् । भेरी नगरपालिका-१ का दुई बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको भेरी नगरपालिका स्वास्थ्य शाखाका दीपक ओलीले जानकारी दिए  । बालबालिकामा दादुरासँग मिल्दोजुल्दो लक्षण पाइएपछि ८ साउनमा १८ बालबालिकाको नमूना परीक्षण गरिएको थियो । खोप रोकिएका […]