यस्ता छन् नागरिकता विधेयकमा सरकारले स्विकारेका संशोधन

काठमाडौं : नागरिकता विधेयक संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ। वैवाहिक अंगीकृत नागरिकतामा समयसीमा राख्नुपर्ने विषयमा सत्तापक्षकै सांसदले विधेयकमा संशोधन प्रस्ताव दर्ता गराए पनि अन्तिमसम्म टिक्न सकेनन्। प्रमुख प्रतिपक्षी एमालेको संशोधन बहुमतले अस्वीकृत भयो। तर प्रतिनिधिसभाको बैठकमा संशोधन प्रस्तावहरू निर्णयार्थ पेश गर्दा बहुमतले अूस्वीकृत भए पनि केही संशोधनलाई अंगिकार गरेको पाइएको छ । संसद सचिवालयका अनुसार नागरिकता विधेयकमा पहिचान सह