अर्जेन्टिना र नेदरल्यान्ड्स विश्व कप फुटबलको क्वाटरफाइनलमा, अस्ट्रेलिया र अमेरिका बाहिरिए

काठमाण्डाै - अर्जेन्टिना कतारमा भइरहेकाे फिफा विश्व कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहान अहमेद बिन अलि स्टेडियममा भएको खेलमा अस्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो । अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक–एक गोल गरे । अस्ट्रेलियाले एक गोल आत्मघाती उपहार पाएको थियो । अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ ।  मेस्सीले खेलको ३५औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए भने ५७औँ मिनेटमा जुलियान अल्भारेजको गोलप...

सम्बन्धित सामग्री

अफ्रिका र दक्षिण अमेरिकापछि एसियामा पनि विश्व च्याम्पियन बन्न चाहन्छ युरोप

दोहा। युरोपले १६ वर्षयता अन्य महादेशलाई विश्वकपको उपाधि जित्न दिएको छैन। आइतबार राती कतारमा २२ औँ विश्वकपको उपाधिका लागि फ्रान्स र अर्जेन्टिना उत्रँदा युरोपियन टोली विश्व फुटबलमा लगातारको दबदबा कायम राख्ने प्रयासमा रहने छ। सन् २०१० सम्म युरोपेली टोलीले युरोपबाहिर आयोजित विश्वकप जित्न सकेका थिएनन्। सन् २०१० मा दक्षिण अफ्रिकामा आयोजित विश्वकपमा नेदरल्यान्ड्स र स्पेन […]

नेदरल्यान्ड्स र अर्जेन्टिनाको खेल हेर्दै गर्दा पत्रकारको निधन

काठमाडौँ – अमेरिकी पत्रकार ग्रान्ट वाहलको कतारमा जारी विश्व फुटबलको समाचार संकलनका क्रममा मृत्यु भएको छ। शुक्रबार अर्जेन्टिना र नेदरल्याण्डबीचको खेलको समाचार संकलनका क्रममा उनको मृत्यु भएको हो। उनी ४८ वर्षका थिए। सीएनएनका अनुसार उनी प्रेस एरियामा लडेका थिए। युएस सकरले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा विज्ञप्तिमा जारी गर्दै ग्रान्ट वाहललाई गुमाएको थाहा पाउँदा अमेरिकी फुटबल […]

मेसीको सपनामा बाधक बन्ला डच?

विश्वकपमा नेदरल्यान्ड र अर्जेन्टिना जहिले भेट्छन्, पुरानो दिन सम्झनामा आइहाल्छ। सन् १९७८ को विश्वकप जित्दा अर्जेन्टिनाले फाइनलमा नेदरल्यान्ड्सलाई नै हराएको थियो। मारियो केम्पसको प्रेरणदायी प्रदर्शनमा अर्जेन्टिना पहिलो पल्ट विश्व च्याम्पियन बन्यो। दुई दशकपछि अर्थात १९९८ मा अर्जेन्टिनासँग नेदरल्यान्डले बदला लिँदै सेमिफाइनल प्रवेश गरेको थियो। डेनिस वर्गक्याम्पको उत्कृष्ट गोलमा अर्जेन्टिनालाई हराएर नेदरल्यान्ड्स सेमिफाइनल पुग्दा अर्जेन्टिना र […]

विश्वकप फुटबल : ब्राजिलले क्रोएसियालाई सजिलै हराउला त ? यस्तो छ विगत

काठमाण्डौ – फिफा विश्वकप फुटबलको क्वाटरफाइनलका खेल आजदेखि सुरु हुँदैछन् । कतारमा चलिरहेको विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगल अन्तिम आठमा पुगेका छन् । विश्वकपमा सबैभन्दा सफल टोली ब्राजिल हो । ब्राजिलले पाँच पटक विश्व कपको उपाधि जित्दा इटली र जर्मनीले चार/चार पटक, अर्जेन्टिना, फ्रान्स र उरुग्वेले दुई/दुई पटक तथा इङ्ल्यान्ड र स्पेनले एक/एक पटक उपाधि जितेका छन् । क्वाटरफाइनलको पहिलो खेलमा ब्राजिल र क्रोएसिया खेल्दैछन् । यो खेल नेपाली...

विश्वकप फुटबल : हेड टु हेडमा अर्जेन्टिना भन्दा नेदरल्याण्ड्स बलियो

काठमाण्डौ – फिफा विश्वकप फुटबलको क्वाटरफाइनलका खेल आजदेखि सुरु हुँदैछन् । कतारमा चलिरहेको विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगल अन्तिम आठमा पुगेका छन् । विश्वकपमा सबैभन्दा सफल टोली ब्राजिल हो । ब्राजिलले पाँच पटक विश्व कपको उपाधि जित्दा इटली र जर्मनीले चार/चार पटक, अर्जेन्टिना, फ्रान्स र उरुग्वेले दुई/दुई पटक तथा इङ्ल्यान्ड र स्पेनले एक/एक पटक उपाधि जितेका छन् । आज हुने क्वाटरफाइनलको दोस्रो खेलमा अर्जेन्टिना र नेदरल्यान्ड्स राति पौने १ ब...

विश्व कप फुटबल ः आज राती स्पेन र मोरक्को तथा पोर्चुगल र स्वीट्जरल्यान्ड भिड्दै

अहिलेसम्म नेदरल्यान्ड्स, अर्जेन्टिना, फ्रान्स, इंग्ल्यान्ड, क्रोएसिया र ब्राजिलले अन्तिम ८ स्थान सुरक्षीत बनाइसकेका छन् ।...

विश्व कप फुटबल : नेदरल्यान्ड्स र अमेरिका तथा अर्जेन्टिना र अस्ट्रेलिया खेल्दै

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा आजदेखि नकआउट चरणका खेलहरु सुरु हुँदैछन् । आज नकआउट चरण अर्थात् राउण्ड अफ १६ का दुई खेलहरु हुनेछन् । राउण्ड अफ १६ को पहिलो खेलमा आज राति पौने नौ बजे नेदरल्यान्ड्स र अमेरिका खेल्दैछन् । नेदरल्यान्ड्स समूह 'ए' को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिका समूह 'बी' को उपविजेता बनेको थियो। यस्तै दोस्रो खेलमा राति पौने १ बजे अर्जेन्टिना र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । अर्जेन्टिना समूह 'सी' को विजेता बन्दै नकआउट चरणमा पुगेको हो भने अस्ट्...

फिफा विश्वकप फुटबल ड्र  : उपाधि दाबेदार जर्मनी र स्पेन एकै समूहमा

चैत १९,  काठमाडौं । कतारमा आयोजना हुन गइरहेको फिफा विश्वकप फुटबलको ड्र सार्वजनिक गरिएको छ । नोभेम्बर र डिसेम्बरमा त्यहाँ हुने विश्वकपमा  जर्मनी र स्पेन  एकै समूहमा परेका छन् । शुक्रवार राति कतारको दोहामा आयोजित एक कार्यक्रमका बीच विश्वकपको ड्र सार्वजनिक गरिएको हो । सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारको दोहामा सम्पन्न ‘ड्र’ ले प्रतिद्वन्द्वीहरू विभाजन गरेको हो । सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेयता विश्वकप पहिलो पटक एशियाली राष्ट्रमा हुँदै छ । उपाधि दाबेदार जर्मनी र स्पेन एकै समूहमा परेका छन् । समूह ‘ई’ मा स्पेन, जर्मनी र जापान छन् । यस्तै कोस्टारिका र न्युजिल्याण्ड बीचको अन्तर महादेशीय प्लेअफको विजेता यस समूहमा हुने छन् । भू–राजनीतिक प्रतिद्वन्द्वी अमेरिका र इरान पनि एकै समूह ‘बी’ मा परेका छन् । सार्वजनिक ड्र अनुसार साविक विजेता फ्रान्स समूह ‘डी’ मा परेको छ । उक्त समूहमा फ्रान्ससँगै डेनमार्क, ट्युनिसिया र प्ले अफबाट आउने एक टोली रहनेछ । लियोनल मेस्सी र रोवर्ट लेवान्डोस्कीको टोली समूह चरणमै भिड्ने भएका छन् । समूह ‘सी’ मा अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया छन् । क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल सहज समूह ‘एच’ मा छ । यस समूहमा उरुग्वे, दक्षिण कोरिया र घाना पनि छन् । विश्व नम्बर एक ब्राजिलसहित  स्वीट्जरल्याण्ड, सर्बिया र क्यामरुन  समूह ‘जी’ मा रहेको छ । आयोजक कतारसँगै नेदरल्यान्ड्स, सेनेगल र ईक्वेडर समूह ‘ए’ मा छन् । यसैगरी समूह बी मा इंग्ल्यान्ड, अमेरिका, इरान, (वेल्स/युक्रेन/स्कटल्याण्ड) छन् भने समूह एफमा बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा छन् । कुन समूहमा कुन -  कुन राष्ट्र ? समूह ए – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर समूह बी – इंग्ल्यान्ड, अमेरिका, इरान, (वेल्स/ युक्रेन/ स्कटल्याण्ड) समूह सी – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया, (युएई/ अष्ट्रेलिया/ पेरु) समूह ई – स्पेन, जर्मनी, जापान, (कोस्टारिका/ न्युजिल्याण्ड) समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा समूह जी – ब्राजिल, स्वीट्जरल्याण्ड, सर्बिया, क्यामरुन, समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

कतार २०२२ विश्वकप ड्र सार्वजनिक : कुन टिम कुन समूहमा ?

कतारमा हुने विश्वकप फुटबल २०२२ को ड्र सार्वजनिक भएको छ। कतारको राजधानी दोहामा जारी फाइनल ड्रको पहिलो राउन्ड अन्तर्गत पोट ‘ए’ मा रहेका आठ टोलीलाई आठ समूहमा विभाजन गरिएको थियो। फिफा विश्व वरीयतामा आधार पोट १ देखि ४ सम्मका ३२ टोलीलाई बाँडफाँड गरिएको हो। विश्वकपमा छनोट भइ सकेका २९ टोलीलाई आज ८ भागमा विभाजन गरिएको छ। समूह ‘ए’ :कतारनेदरल्यान्डसेनेगलइक्वेडरसमूह ‘बी’ :इङ्ल्यान्डअमेरिकाइरानवेल्स/स्कटल्याण्ड/युक्रेनसमूह ‘सी’ :अर्जेन्टिनामेक्सिकोपोल्याण्डसाउदी अरेबियासमूह ‘डी’ :फ्रान्सडेनमार्कट्यूनिसियायुएई/अष्ट्रेलिया/पेरूसमूह ‘ई’ :स्पेनजर्मनीजापानकोष्टारिका/न्यूजिल्याण्डसमूह ‘एफ’ :बेल्जियमक्यानडाक्रोएसियामोरक्कोसमूह ‘जी’ :ब्राजिलस्वीटजरल्यान्डसर्बियाक्यामरूनसमूह ‘एच’ :पोर्चुगलउरुग्वे दक्षिण कोरियाघानायसरी गरिएको थियो छनोटपोट १ कतारइङ्ल्यान्डअर्जेन्टिनाफ्रान्सस्पेनबेल्जियमब्राजिलपोर्चुगलपोट २ :मेक्सिकोनेदरल्यान्ड्सडेनमार्कजर्मनीउरुग्वेस्वीजरल्यान्डअमेरिकाक्रोएसियापोट ३ :सेनेगलइरानजापानमोरोकोसर्बियापोल्यान्डकोरियाटुनिसियापोट ४ :क्यामरूनक्यानडाइक्वेडरसाउदी अरेवियाघानाअन्तर्राष्ट्रिय प्लेअफ १ र २ बाट आएका दुई टोलीयूईएफए प्लेअफको विजेता