काठमाडौँ। म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ । सिटीले नापोलीलाई २–० ले पराजित गरेको हो। सिटीको जितमा एर्लिङ हालान्ड र जेरेमी डोकुले एक-एक गोल गरे। हालान्डले ५८औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए भने डोकुले ६५औं मिनेटमा दोस्रो गोल गरे। यस खेलमा नापोलीका खेलाडी जियोभानी डि लोरेन्जोले २१औं मिनेटमा नै रातो कार्ड पाएका […]
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५७, […]
तीन वटै मन्त्रालयहरूको कामकारबाहीको जानकारी लिँदै मन्त्री घिसिङले काम नगर्ने निर्माण व्यवसायीको अनुहार हेरेर आयोजनालाई अलपत्र अवस्थामा राख्न नदिने बताए ।
अमेरिकामा प्यालेस्टिनी कार्यकर्ता महमुद खलिलमाथि डिपोर्ट (निर्वासन)को खतरा बढेको छ। लुइजियानाका एकजना आप्रवासन न्यायाधीशले खलिललाई निर्वासन गर्न सकिने आदेश दिएपछि उनीमाथि यो खतरा बढेको हो। न्यायाधीशले खलिलमाथि आफ्नो ग्रीन कार्ड आवेदनमा जानकारी लुकाएको आरोप लगाएका छन्। अदालतका सार्वजनिक कागजातअनुसार आप्रवासन जेलबाट छुटेको तीन महिना नपुग्दै प्यालेस्टिनी कार्यकर्ता खलिलले फेरि अमेरिकाबाट निर्वासनको खतरा खेप्नुपरेको छ। न्यायाधीश […]