आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

दुई अध्यक्षबीच आधिकारिकता विवादमा परेको जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले सशरीर निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको छ । ५१ सदस्सीय कार्यकारिणी समितिका ३० सदस्य उपस्थित यादव पक्षको बैठकले आधिकारिकता दावी गर्न आयोगमा उपस्थित हुने निर्णय गरेको हो ।