सरसर्ती २४ घण्टा : एमसीसी तत्काल पारित हुनुपर्ने काँग्रेसको निष्कर्ष, एमाले खुलेन

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले विबादमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) यथासक्य छिटो पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ । अन्य दललाई समेत सहमत गराएर एमसीसी पास गर्नुपर्नेमा कांग्रेसका अधिकांश नेताहरूले जोड दिएका छन् । बिहीवार र शुक्रवार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्ने नेताहरूले एमसीसी अनुमोदनमा ढिलाइ गर्न नहुने धारणा राखेका हुन् । कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले एमसीसीलाई लामो समय अन्योलमा राख्न नहुने पार्टीको धारणा रहेको बताए । यसैगरी य...