बस्ती पहिरोको जोखिममा, स्थानान्तरणका लागि उदासिनता

गुल्मीको निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने दुनाम गाउँ हरेक दृष्टिले पिछडिएको छ । यातायात लगायत अन्य भौतिक पूर्वाधारका हिसाबले निकै पिछडिएको यो बस्ती बसोबासका लागिसमेत जोखिमपूर्ण बनेको छ ।मालिका गाउँपालिकामा रहेको बस्ती हाल पहिरोको जोखिममा परेको छ । यद्यपि यहाँका बासिन्दालाई सुरक्षित स्थानमा सार्नेतर्फ तीनै तहको सरकारको ध्यान जान सकेको छैन ।गुल्मी जिल्लामा रहेर पनि यो बस्तीका बासिन्दाको सम्बन्ध बागलुङ जिल्लासँग बढी हुने गर्दछ । बजार तथा बाटोघाटो लगायतका सुविधाका लागि यहाँका बासिन्दा बागलुङतर्फ नै