नेपालगञ्जमा शिवशिखर सहकारीको एटीएम सेवा

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बाँकेको नेपालगञ्जमा एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।  आफ्ना सदस्यलाई प्रविधिमैत्री बनाउने र सरल सहज रूपमा वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले सहकारीले एटीएम सेवा सञ्चालनमा ल्याएको हो ।  भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले मुलुकका विभिन्न २४ स्थानमा आफ्ना सेवा केन्द्र विस्तार गरेको छ ।  संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लीलानाथ गौतमका अनुसार आफ्ना सेवा केन्द्र रहेका सबै स्थानमा एटीएम सेवा विस्तार गर्ने संस्थाको योजना छ ...

सम्बन्धित सामग्री

सुर्खेत पुग्यो शिवशिखरको एटीएम सेवा

पछिल्लो समय एटीएम सेवा विस्तारमा आक्रामक हुँदै गएको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले सुर्खेतको वीरेन्द्रनगर अर्को एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।  यो सहकारीले वीरेन्द्रनगर नगरपालिका–१० मा एटीएम सेवा सञ्चालनमा ल्याएको सहकारीले जानकारी दिएको छ ।  मंगलवार एक कार्यक्रमका बीच वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले एटीएम सेवा सञ्चालनको शुरूवात गरेका हुन् ।  भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यलाई प्रविधिमैत्री बनाउने उद्देश्यले एट...