कागबेनीलाई पुरानै लयमा फर्काइँदै

म्याग्दी । दुई महीनाअघिको बाढीको पीडा भुलेर मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीका बासिन्दा पुनःनिर्माणमा जुटेका छन् । गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा भौतिक संरचनामा ठूलो क्षति पुर्याएको थियो ।  गाउँपालिका, समुदाय, सुरक्षा निकाय र दाताको श्रम तथा आर्थिक सहयोग जुटाएर बाढी व्यवस्थापन गरी कागबेनीलाई पुरानै लयमा फर्काउन जुटेको कागबेनी बस्ती पुनःस्थापना तथा संरक्षण समितिका संयोजक ढारा गुरुङले बताए ।   ‘बस्तीमा पसेको बाढीको गेग्रान पन्छाउने काम जारी छ । बाढीले कटान गरेर बस्तीमा पसेको कागखोलालाई पुरानै धारमा फर्काएर बगाइएको छ । अस्थायी पुल बनाएर आवतजावतको व्यवस्था मिलाइएको छ । खानेपानी र विद्युत् आपूर्ति सहज बनाएका छौं,’ वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका उनले भने, ‘बाढी पन्छाएर श्रद्धास्थल पनि बनाएका छौं । यी काम गर्न छिमेकी गाउँका बासिन्दाले आर्थिक सहयोगका साथै श्रमदान गर्नुभएको छ । सुरक्षा निकायले पनि जनशक्ति उपलब्ध गराएका छन् ।’ गाउँपालिका, दाता र प्रभावितहरूले रु एक करोडभन्दा बढी चन्दा जुटाएर कागबेनी बजारमा थुप्रिएको गेग्रान उठाएर फाल्ने काम गरिरहेका छन् । छिमेकी गाउँका बासिन्दाका साथै पोखरा, काठमाडौं र विश्वका विभिन्न देशमा रहेका मुस्ताङवासीले सो सहयोग रकम सङ्कलन गरेर पठाएका हुन् । व्यक्तिगत घरभित्र पसेको गेग्रान पन्छाउन घरधनीले मजदुर परिचालन गरेका छन् । चन्दाको रकम परिचालन गरेर चार डोजर, ब्याकुहोलोडर परिचालन गरी खोला र सार्वजनिकस्थलको बाढीको गेग्रान निकालेर टिपरमा राखेर फाल्ने काम भइरहेको उनले बताए ।   तिरीगाउँ र कागबेनीमा आवतजावत गर्न तीनवटा अस्थायी पुल बनाएर आवतजावत सहज बनाइएको छ । घर पूर्ण क्षति भएका बाहेकका सर्वसाधारण बाढी पन्छाएर घर र व्यवसायमा फर्किएका छन् । बाढीले घर भत्काएपछि करीब एक महीना छिमेकीकोमा आश्रय लिएर बसेकी युनुङ गुरुङले गोठलाई मर्मत गरेर त्यहाँ बस्न थालेको र बाढी पन्छाएपछि घर पुनःनिर्माण गर्ने योजना रहेको बताइन् ।  क्षतिग्रस्त भौतिक संरचनाको मर्मत र बाढी पन्छाएर जनजीवनलाई सामान्य अवस्थामा फर्काउने कामलाई तीव्रता दिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताए । ‘बाढी र कटान नियन्त्रण गर्न तटबन्धको योजनाका लागि प्रदेश र संघीय सरकारसँग पहल गरेका छौं,’ उनले भने, ‘जोखिमको प्राविधिक अध्ययन गरेर बाढीको दिगो नियन्त्रणको योजना आवश्यक छ ।’ भवनमा बाढी पसेपछि क्षति भएको जनशान्ति माविको भवन स्थानान्तरणको पहल गरिएको सहायक प्रअ मनवीर किसानले बताए । कागखोलाको बाढीबाट रु एक अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिले गरेको छ । सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरी चौकीको भवन, तटबन्धनमा क्षति गरेको थियो ।  कागखोलाको बाढीबाट रु एक अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । नगद सामान र संरचनामा मात्र रु ८१ करोड ८३ लाख बराबरको क्षति भएको छ । सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरी चौकीको भवन, तटबन्धनलगायत १४  गरी भौतिक पूर्वाधारतर्फ रु २१ करोड दुई लाख बराबरको क्षति पुगेको थियो । व्यक्तिका ५० घरमा रु ५२ करोडभन्दा बढीको क्षति भएको थियो । उक्त बाढीबाट २९ घरमा पूर्ण क्षति पुगेको छ । नौ गोठमा पूर्ण र १५ मा आंशिक क्षति भएको तथा बाढीले बगाउँदा २४ पशु चौपाया पनि मरेका थिए । रासस

सम्बन्धित सामग्री

कागबेनीलाई पुरानै लयमा फर्काइँदै

म्याग्दी– दुई महिनाअघिको बाढीको पीडा भुलेर मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बासिन्दा पुनर्निर्माणमा जुटेका छन् । गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो । गाउँपालिका, समुदाय, सुरक्षा निकाय र दाताको श्रम तथा आर्थिक सहयोग जुटाएर बाढी व्यवस्थापन गरी कागबेनीलाई पुरानै लयमा फर्काउन जुटेको कागबेनी बस्ती पुनःस्थापना तथा संरक्षण […]

पुरानै लयमा फर्कियो म्याग्दीको होटल व्यवसाय

म्याग्दी । म्याग्दीको होटल व्यवसाय पुरानै लयमा फर्किएको छ । कोरोना संक्रमणका कारण विगत दुई वर्षको अवधिमा सुस्ताएको यहाँको पर्यटन र होटल व्यवसाय गत असोजदेखि पुरानै लयमा फर्किएको हो । २०७६ सालको शुरुवातदेखि पर्यटकहरु आउने क्रम बढ्न थालेपछि राउण्ड अन्नपूर्ण र राउण्ड धौलागिरीलाई समेटेको पर्यटकीय जिल्ला म्याग्दीमा होटलहरुको संख्या बृद्धि भएर १ सय २० वटा […]

बेनी बजार पुरानै लयमा फर्कियो

म्याग्दी । म्याग्दीको बेनी बजार पर्यटकको आगमनसँगै पुनः पुरानै लयमा फर्किएको छ । कोरोनाको महामारीअघि यहाँ दैनिक सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेकोमा २०७६ साल चैतदेखि २०७८ भदौसम्म यहाँको चहलपहल शून्य भएको थियो । तर, गत वर्षको भदौदेखि संक्रमणदर घटेसँगै बिस्तारै चलायमान हुन थालेको यहाँको व्यापार व्यवसायमा यस वर्षको सुरुआतदेखि नै सुधार […]

वैदेशिक रोजगारी र श्रम बजार पुरानै लयमा फर्कियो : श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कोरोना भाइरस महामारीले बिथोलेको वैदेशिक रोजगारी र श्रम बजार पुरानै लयमा फर्केको बताए छन् ।आइतबार राष्ट्रिय सभामा बिनियोजन विधियक २०७९ को श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेटबारे सांसदहरुले गरेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले पछिल्लो समय वैदेशिक रोजगारी पुरानै लयमा फर्किसकेको उल्लेख गरेका हुन् । वैदेशिक […]

राष्ट्रिय सभामा श्रममन्त्रीको सम्वोधन-श्रम बजार पुरानै लयमा (पूर्ण पाठसहित)

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कोरोना भाइरस महामारीले बिथोलेको वैदेशिक रोजगारी र श्रम बजार पुरानै लयमा फर्केको बताएका छन् । आइतवार राष्ट्रिय सभामा बिनियोजन विधेयक २०७९ को श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेटबारे सांसदहरुले गरेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले पछिल्लो समय वैदेशिक रोजगारी पुरानै लयमा फर्किसकेको उल्लेख गरेका हुन्। वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या पछिल्लो चार बर्ष निरन्तर घटेकोमा यो बर्ष २०७४ सालअघिको अवस्थामा पुगिसके

महामारीले ग्रहण लागेको पुष्प व्यवसाय पुरानै लयमा

महामारीको त्रास कम भएसँगै दुई वर्षपछि पुष्प व्यवसाय पुरानै लयमा फर्किएको छ । विगत दुई वर्षको समयमा कोरोना महामारी तेस्रो चरणसम्म आइपुग्दा पुष्प व्यवसायीले कठिन अवस्थाको सामना गर्नुपरेको थियो । खुसी र विभिन्न उत्सवमा बढी प्रयोग हुने फूल कोरोना महामारीका कारण त्यस्ता गतिविधि ठप्प भएपछि यसको कारोबार पनि नगण्य भएको थियो । “अहिले महामारीको त्रास …

पुष्प व्यवसाय पुरानै लयमा

महामारीको त्रास कम भएसँगै दुई वर्षपछि पुष्प व्यवसाय पुरानै लयमा फर्किएको छ । विगत दुई वर्षको समयमा कोरोना महामारी तेस्रो चरणसम्म आइपुग्दा पुष्प व्यवसायीले कठिन अवस्थाको सामना गर्नुपरेको थियो । खुसी र विभिन्न उत्सवमा बढी प्रयोग हुने फूल कोरोना महामारीका कारण त्यस्ता गतिविधि ठप्प भएपछि यसको कारोबार पनि नगण्य भएको थियो ।“अहिले महामारीको त्रास कम छ, मठमन्दिर, पार्टी प्यालेस पूर्ववत्रूपमा नै सञ्चालनमा छन्, विभिन्न किसिमका सभा–सम्मेलन र पर्यटन व्यवसाय पनि सञ्चालमा आउँदा फूलको व्यापार पहिले

पुरानै लयमा फर्किदै फिल्म क्षेत्र, फर्किएनन् दर्शक

कोरोनाको कारण चीर निद्रामा रहेको चलचित्र क्षेत्र बिस्तारै पुरानो लयमा फर्किरहेको छ । फिल्म निर्माण, प्रदर्शन, छायांकन, प्रचारप्रसार लगायतका गतिविधि धमाधम हुन थालेका छन् । अहिलेको सरगर्मी हेर्दा लाग्छ, फिल्म क्षेत्र पहिलेझैं लयमा फर्किन अब समय लाग्ने छैन ।चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल पनि फिल्म क्षेत्र बिस्तारै पुरानो लयमा फर्किने अवस्थामा रहेको बताउँछन् । ‘भर्खर फिल्मका गतिविधि सुरु भएका छन् । फिल्म रिलिज, निर्माण, छायांकन लगायत गतिविधि बिस्तारै बढ्दो छ । केही समयमा पुरानै अवस

खोप लगाएपछि पुरानै लयमा फर्कँदै अमेरिका

–मधुकर अधिकारी विगत डेढ वर्षदेखि कोरोना भाइरसका कारणले अस्तब्यस्त भएको अमेरिकी जनजीवन विस्तारै पुरानै लयमा फर्कन थालेको देखिएको छ । महामारीका कारण घर बसिरहँदा वाक्क भएका मानिसहरु खोप लगाएपछि घरबाट बाहिर निस्केर विस्तारै बजार व्यापार तथा जमघटहरुमा सहभागी हुन थालेका छन् । पछिल्ला हप्ताहरुमा अमेरिकाका विभिन्न शहर तथा बजारहरुमा पनि चहलपहल बढ्न थालेको देखिएको छ भने व्यापारिक प्रतिष्ठानहरुले आफना कारोबारमा वृद्धि भएको बताउन थालेका छन् । अमेरिकाका मुख्य पर्यटकीय गन्तव्य न्यूयोर्क, फ्लोर

पुरानै लयमा फर्काउने गरी बजेट आउनुपर्छ : अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेट कोभिड १९ महामारीको चपेटामा परेको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने व्यवस्था सहितको आउनुपर्ने माग गरेका छन् । कोभिड १९ संक्रमणको पहिलो लहरबाट नराम्रोसँग थला परेको अर्थतन्त्र पुरानै लयमा फर्कन नपाउँदै दोश्रो लहरको चपेटामा परेको भन्दै महासंघले बजारलाई चलायमान बनाउने गरि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने माग गरेको छ । महासंघले महामारीबाट जनताको जीवन रक्षाका लागि खोप र स्वास्थ्य पूर्वाधार सँगै अर्थतन्त्रलाई चलायमान बनाउने विषयलाई पनि सरकारले