बहरका गजलको एल्बम ‘शुभेच्छा’ सार्वजनिक

काठमाडौं :  घनेन्द्र ओझाका रचना र सन्तोष श्रेष्ठको संगीत रहेको गजल एल्बम ‘शुभेच्छा’ सार्वजनिक गरिएको छ।१५७औँ मोतीजयन्तीको अवसरमा अनाममण्डलीले शनिबार आयोजना गरेको कार्यक्रममा एल्बम लोकार्पण गरिएको हो।गजलकार करुण थापाले नेपाली गजल संगीतमा आउने क्रम क्रमशः बढिरहेको भन्दै घनेन्द्रले बहरका मात्र गजलहरूको एल्बम तयार पारेर नेपाली गजल क्षेत्रमा उल्लेख्य कार्य गरेको बताए। नेपाल प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले एल्बम प्रकाशन सराहनीय कदम रहेको बताए।पूर्व