मुगु – मुगुमा बस दुर्घटना हुँदा ३२ जनाको ज्यान गएको छ । नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढीका लागि छुटेको भे १ ख ३१६७ नम्बरको बस दिउँसो १२ बजेतिर छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटनामा परेको थियो ।प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा ज्यान गएको हो ।ज्यान गुमाउनेमा २२ जना पुरुष र १० जना महिला छन् । घाइते भएकाहरूलाई नेपाली सेना र समिट एअरको हेलिकप्टरबाट उद्धार गरेर नेपा...