बलिउड कमेडियन कपिल शर्मा यो समय निकै तनावमा छन् । उनी तनावमा हुने मुख्य कारण उनको चर्चित ‘द कपिल शर्मा शो’ की कलाकार सुमोना चक्रवर्ती हुन् । सुमोनाले यो शोमा लामो समयदेखि कपिल शर्माकी श्रीमतीको भूमिकामा दर्शकलाई मनोरञ्जन दिइरहेकी छन् । यी अभिनेत्री अहिले कोरोनाभाइरसको शिकार भएकी छन् । सुमोनालाई कोरोना संक्रमण भएपछि कपिल केही तनावमा देखिएका छन् ।सुमोनाले सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी छन् । उनले आफ्नो स्वास्थ्य अवस्थाकोबारेमा पनि जानकारी दिएकी छन् । सुम