पाँचथरमा आगलागी हुँदा तीन वटा घर र छ वटा पसल जलेर नष्ट

पाँचथर – पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा  आगलागी भएको छ । बुधवार राति भएको आगलागीमा तीन वटा र घर ६ वटा पसल जलेका छन् । स्थानीय जितबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागीमा मेयोङवासहित रामजित राई र मनबहादुर राईका घर जलेका छन् । तीन वटा घर जल्दा त्यहाँ रहेका आईएमईको शाखा काउन्टरसहित छ वटा पसल जलेको प्रहरीले जनाएको छ । आगो स्थानीय, प्रहरी र फिदिमबाट गएका दमकलको सहायताले निभाइएको छ । क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।  

सम्बन्धित सामग्री

सुनसरीमा आगलागी हुँदा तीन घर जलेर नष्ट

गहुँ थ्रेसर गर्दा मेशिनबाट अचानक आगलागी हुँदा सुनसरी भोक्राहा नरसिंह वडा नं. ८ का तीन वटा घर जलेर नष्ट भएका छन्।...

जुम्लामा आगलागी हुँदा एक घरसहित मौरीका १३ घार जलेर नष्ट

जुम्लाको तिला गाउँपालिका ४ नुवाकोट गाउँको महादेवस्थानमा आगलागी हुँदा एक घरसहित मौरीका १३ घार जलेर नष्ट भएको छ।...

जुम्लामा आगलागी हुँदा एक घरसहित मौरीका १३ घार जलेर नष्ट

जुम्लाको तिला गाउँपालिका ४ नुवाकोट गाउँको महादेवस्थानमा आगलागी हुँदा एक घरसहित मौरीका १३ घार जलेर नष्ट भएको छ।...

बागलुङमा आगलागी हुँदा घर गोठ जलेर नष्ट

बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा आगलागी हुँदा घर गोठ जलेर नष्ट भएको छ । गए राति स्थानीय वीरबहादुर घर्ती मगरको घर गोठमा आगलागी भएको हो । आगलागीमा मानवीय क्षति भने भएको छैन । आगलागीमा दुई घरगोठसहित पसल, ४५ हजार नगद, दुई तोला सुन, चौपाया, खाद्यान्न जलेर नष्ट भएको ताराखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रकाश घर्ती मगरले जानकारी दिए । उनका अनुसार लागलागीबाट २५ लाख बराबरको क्षति भएको छ । राति खाना खाएर चुलोमा पानी बसालेर छिमेकीको घरमा गएको बेला अचानक आगलागी भएको घर्तीको भनाइ छ

उदयपुरमा आगलागी हुँदा तीन घर जलेर नष्ट

उदयपुरको कटारी–८ स्थित ढुङ्गेमा आज आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ।

उदयपुरमा आगलागी हुँदा तीन घर जलेर नष्ट

कटारी – उदयपुरको कटारी–८ स्थित ढुङ्गेमा आज आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन्। आगलागीबाट स्थानीय पूर्णबहादुर मगर, सन्तबहादुर मगर र यज्ञबहादुर मगरको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो। पूर्णबहादुरको घरबाट एक्कासी आगलागी सुरु भएर अन्य दुई घरसमेत जलेर नष्ट भएको वडाध्यक्ष नवीन तामाङले बताए। आगलागीबाट झण्डै रु ४६ लाखको क्षति भएको इलाका […]

उदयपुरमा आगलागी हुँदा तीन घर जलेर नष्ट

उदयपुर – कटारी–८ स्थित ढुङ्गेमा आज आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ । आगलागीबाट स्थानीय पूर्णबहादुृर मगर, सन्तबहादुर मगर र यज्ञबहादुर मगरको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो । पूर्णबहादुरको घरबाट एक्कासी आगलागी सुरु भएर अन्य दुई घरसमेत जलेर नष्ट भएको वडाध्यक्ष नविन तामाङले बताए। आगलागीबाट झण्डै रु ४६ लाखको क्षति भएको […]

उदयपुरगढीमा आगलागी हुँदा सात घर जलेर नष्ट, एक जनाको मृत्यु

उदयपुरको उदयपुरगढी गाउँपालिका– १ शिखरपुरमा आइतबार आगलागी हुँदा एक जनाको ज्यान गएको छ । आगलागीबाट ७ घर जलेर नष्ट भएका छन् ।

म्याग्दीमा आगलागी हुँदा एक घर जलेर नष्ट

बेनी नगरपालिका–६, ज्यामुनाखर्कमा शनिबार साँझ आगलागी हुँदा एकतले घर जलेर नष्ट भएको छ। अचानक आगलागी हुँदा स्थानीय रामचन्द्र खत्रीको कच्ची घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो।...

सोलुखुम्बुमा आगलागी हुँदा एक घर जलेर नष्ट

सोलुखुम्बुमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । जिल्लाको सोताङ गाउँपालिका–३ खाउसेमा शनिबार बिहान २ बजे स्थानिय कुविरधन राईको ढुंगा र माटोले बनेको दुई तले घरमा आगोलागी भएको...