प्रदेश २ मा रघुवीर र प्रभु साहबीच शक्ति संघर्ष

नेकपा एमालेको प्रदेश २ मा नेता रघुवीर महासेठ र प्रभु साहबीचको शक्ति संघर्षले प्रदेश २ का केही जिल्लामा अधिवेशन सम्पन्न हुन सकिरहेको छैन । दुवै नेताबीच मधेशमा आफूलाई शक्तिशाली देखाउन होडबाजी चलेकाले जिल्लाको अधिवेशन हुन नसकेको हो । एमाले केन्द्रीय सचिव समेत रहेका महासेठ पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र हुन् भने स्थायी कमिटी सदस्य साह माओवादी केन्द्रबाट एमालेमा गएका हुन् । रघुवीर महासेठले प्रदेश २ को इन्चार्ज समेत पाएपछि नेता प्रभु साहलाई यो कुरा पचेको छैन । उनले इन्चार्जबाट महास