महिला तथा बालबालिकाको हक प्रभावकारी रूपमा कार्यान्वयन हुुनुपर्छः उपराष्ट्रपति

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको संविधानले सुनिश्चित गरेको महिला तथा बालबालिकासम्बन्धी हकअधिकारको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताएका छन् । राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग, महिला गैरसरकारी संस्था महासङ्घ (डब्ल्यूएनएफ) र ‘एभ्री बुमन’ नामक संस्थाले संयुक्त रूपमा आज काठमाडौँमा गरेको दक्षिण एसियाली महिला सम्मेलनमा उपराष्ट्रपति पुनले यस्तो बताएका हुन् । उनले महिला सशक्तीकरणको आन्दोलनबाट प्राप्त उपलब्धिलाई […]