अमेरिका, बेलायत र जापानद्वारा रुसबाट सुन आयातमा प्रतिबन्ध

अमेरिका, बेलायत र जापानले रुसबाट सुन आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । पछिल्लो चार महिनादेखि युक्रेनमा रुसी आक्रमणलाई ध्यानमा राख्दै रुसको अर्थतन्त्रमा चोट पुर्‍याउने उद्देश्यले यो कदम चालिएको हो ।अमेरिकी राष्ट्रपति जो बाइडेनले चाँडै नै जी–७ का अन्य देशहरू जस्तै जर्मनी, फ्रान्स र इटाली पनि यो प्रतिबन्धमा सामेल हुने बताएका छन्। उनले ट्विटमा लेखेका छन्, ‘युक्रेन विरुद्धको युद्धका लागि आवश्यक रकम जुटाउनबाट रोकेर पुटिनलाई अमेरिकाले अभूतपूर्व धक्का दिएको छ । जी–७ सँगसँगै

सम्बन्धित सामग्री

रुसी पेट्रोलियम पदार्थमाथि अमेरिका, बेलायत र युराेपेली सङ्घकाे प्रतिबन्ध

अमेरिका र युरोपेली सङ्घले रुसमाथि थप आर्थिक नाकाबन्दी लगाएका छन् । रुसले युक्रेनमाथि भिषण आक्रमण गर्ने थालेपछि युक्रेनी राष्ट्रपति भ्लोडोमिर जेलेन्स्कीको अनुरोधमा रुसमाथि थप आक्रमण लगाइएको हो । युरोपमा पठाउँदै आएको ग्यास र पेट्रोल रुसले नपठाउने चेतावनी दिएपछि अमेरिका र बेलायतले कटौती गर्ने बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ग्यास र पेट्रोलको आयातमा प्रतिबन्ध लगाइसक्नु भएको छ ।