तामाकोशी पाँचौं जलविद्युत आयोजनामा लगानी गर्न त्रिपक्षीय सम्झौता

काठमाडौं। दोलखामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोशी पाँचौं जलविद्युत आयोजनाका लागि त्रिपक्षीय सम्झौता भएको छ। आयोजनाको ऋण लगानीका लागि आइतबार नेपाल विद्युत प्राधिकरण, आयोजनाको प्रवद्र्धक तामाकोशी जलविद्युत कम्पनी र कर्मचारी सञ्चय कोषबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। करिब १६ अर्ब १९ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा सञ्चय कोषले ७०प्रतिशत ऋण लगानी गर्नेछ। बाँकी रकम सर्वसाधारणका लागि शेयर निष्कासन गरी जुटाइनेछ।