देउवाले पाएका १६५ मतलाई जनमतको रूपमा समर्थन गर्न सकिँदैन : सांसद दाहाल

विपक्षी दल नेकपा एमालेका राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाले पाएको १६५ मतलाई नयाँ जनमतको रूपमा समर्थन गर्न नसकिने बताएका छन् । बुधवारको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद दाहालले जसपा र एमालेको संस्थागत निर्णय विनै गुटले मत हालेकाले ती जनमतलाई लत्याइएका व्यक्तिगत मत भएको दाबी गरे ।  उनले पार्टी निर्णय विनाका सांसदको मत अदालतका परमादेशलाई पुष्टि गर्ने नक्कली प्रमाण मात्रै भएको टिप्पणी गरे । उनले भने, ‘प्रतिनिधि सभामा शेरबहादुर देउवाको पक्षमा आएको १६५ मतलाई नै नयाँ जनमत आयो...