२५% सिमेन्ट उद्योग बन्द, अन्य उद्योग पनि उत्पादन घटाउँदै

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो भेरिएन्टको संक्रमण ≈वात्तै बढेको र जारी निषेधाज्ञा पनि लम्बिएसँगै निर्माण उद्योगहरूको उत्पादन क्षमता कम हुन थालेको छ । संक्रमणको डर र निषेधाज्ञाका कारण हाल २५ प्रतिशत सिमेन्ट उद्योग बन्द भइसकेका छन् भने सञ्चालनमा आएका ७५ प्रतिशत उद्योगले कम क्षमतामा उत्पादन गरिरहेका छन् । डन्डी उद्योगहरूले पनि पूर्ण क्षमतालाई घटाएर दैनिक १०÷१२ घण्टा उत्पादन थालेका छन् । उद्योग व्यवसायभन्दा पनि मानिसको जीवन रक्षा र संक्रमणरहित रहनु नै प्रमुख चुनौती बनेका बेला उत्पादनतर्पm त्यति ध्यान पु¥याउन नसकिएको उद्योगी व्यवसायीहरू बताउँछन् । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापाले निषेधाज्ञा जारी भएसँगै उत्पादन र माग ह्वात्तै घटेको जानकारी दिए । ‘अहिले उत्पादन क्षमता घटाएरै भए पनि केही उद्योगहरू चलिरहेका छन्,’ उनले भने, ‘कामदार नै नभएको र भएकामा पनि संक्रमण देखिँदा २५ प्रतिशतजति उद्योग बन्द भएका छन् ।’ हालको अवस्थामा साइटमा गएर काम गर्न डराएको र निर्माण पनि सुस्त भएकाले सिमेन्ट डन्डीको माग पनि कम भइसकेको उनले बताए । निषेधाज्ञाकै बीचमा यी निर्माण सामग्रीको माग ५० प्रतिशतजति घटेको अनुमान उनको छ । अहिले खानी उद्योगहरू पनि बन्द भएका छन् । खानी उद्योग बन्द हुँदा क्लिंकर आयात हुने सम्भावना देखिएको थापाले बताए । अहिले प्रत्येक सिमेन्ट उद्योगमा भएका सिलिन्डरहरू पनि सम्बद्ध निकायलाई सहयोग गर्न सर्कुलर नै जारी गरिएको उनको भनाइ छ । यसैगरी डन्डी उद्योगहरू पनि धेरैजसो बन्द भएको स्रोतको दाबी छ । यी उद्योगमा अक्सिजन सिलिन्डर चाहिन्छन् । तर, कोभिडका बिरामीहरूका लागि अत्यावश्यक भएकाले उद्योगहरूले अक्सिजन सिलिन्डर सहयोग गरेका छन् । पञ्चकन्या ग्रूपका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले कामदारहरूलाई उद्योगभित्र नै खाना र वासको व्यवस्था गरी केही मात्रामा भए पनि उद्योग सञ्चालन गरिएको बताए । ‘उद्योग बन्द गरेर भएन, कर्मचारीहरूलाई पारिश्रमिक दिनैप¥यो,’ श्रेष्ठले भने, ‘साविकको जस्तो पूर्ण क्षमतामा उत्पादन गर्न नसकेको छैन ।’ अहिले केही माग भए तापनि सप्लाइ गर्न अप्ठ्यारो भएको उनको भनाइ छ । डन्डी उद्योगमा भएका अक्सिजन सिलिन्डरहरू कोभिडका बिरामीको उपचारका लागि उपलब्ध गराएको उनले जानकारी दिए । उनले भने, ‘उद्योगको उत्पादन कम होला । तर, मानिसको ज्यान जोगाउन अहिले सबैको सहकार्य र सहयोगको खाँचो छ ।’ ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवाल ग्रील तथा स्टीलजन्य वस्तुहरूको उत्पादन १५ देखि २० प्रतिशत मात्रै हुन थालेको बताए । अहिलेको अवस्थाले व्यवसायीहरू समेत हच्किएको भन्दै अत्यावश्यक उत्पादनबाहेक अन्यको अवस्था कमजोर नै भएको बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघकोे वस्तुगत उपाध्यक्षसमेत रहेका कटुवालले कृषि, पशुपक्षीजन्य, डेरी तथा अत्यावश्यक खाद्यान्न तथा अन्य सामग्रीबाहेकका उद्योगहरू सामान्यतया बन्द हुने क्रम शुरू भएको उल्लेख गरे । ‘अहिले स्थानीय उत्पादनले बजार नपाएको अवस्था छ,’ उनले भने, ‘अहिले हस्तकलाका सामग्रीहरू बनाउन पनि कच्चा पदार्थको स्टक सकिएको अवस्था छ ।’

सम्बन्धित सामग्री

झापाका तीन सिमेन्ट उद्योग बन्द, अरु पनि संकटमा

झापा– झापाका तीनवटा सिमेन्ट उद्योग पूर्ण रुपमा बन्द भएका छन् । भद्रपुर नगरपालिका–९ पुहाँतुबारीमा सञ्चालित मित्तल सिमेन्ट उद्योग, मनसा सिमेन्ट उद्योग र मेचीनगर–७ ज्यामिरगढीमा सञ्चालित सनराइज सिमेन्ट उद्योग बन्द भएका हुन् । झापामा आठ सिमेन्ट उद्योग सञ्चालनमा रहेकोमा तीनवटामा ताला लागेको उद्योगका सञ्चालकहरूले बताएका छन् । अहिले झापाको मेचीनगर–१३ दुवागढीमा गोरखकाली सिमेन्ट उद्योग र हिमालयज […]

हेटौँडा सिमेन्ट उद्योग लिमिटेड

हेटौँडा सिमेन्ट उद्योग लिमिटेड १३ असोज ०३३ मा कम्पनी अधिनियम २०२१ अनुसार स्थापित भएको हो । उद्योग स्थापनाकालदेखि नै वार्षिक २६ लाख मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता छ । यो उद्योग एसियाली...

उदयपुर सिमेन्ट उद्योग निर्वाचनपछि सञ्चालन हुने

पूर्ण रूपमा सरकारी स्वामित्व रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेड निर्वाचनपछि सञ्चालन हुने भएको छ । आइतबार उद्योग प्रशासन र उद्योगमा कार्यरत मजदुर युनियनबीच उद्योगलाई निर्वाचनपछि सञ्चालन गर्ने सहमति भएको हो । यसभन्दा...

उदयपुर सिमेन्ट उद्योग निर्वाचनपछि सञ्चालन हुने

पूर्णरुपमा सरकारी स्वामित्व रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले निर्वाचनपछि सञ्चालन हुने भएको छ। आइतबार उद्योग प्रशासन र उद्योगमा कार्यरत मजदुर युनियनबीच उद्योगलाई निर्वाचनपछि सञ्चालन गर्ने सहमति भएको हो। यसभन्दाअघि कोइलाको...

उदयपुर सिमेन्ट उद्योग दिनानुदिन धराशायी

निजी क्षेत्रले सञ्चालन गरेका सिमेन्ट उद्योग नाफामा छन् । विदेशी बजारमा समेत निर्यात गर्न सुरु गरेका छन् । तर, सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग दिनानुदिन धराशायी बनेको छ। व्यवस्थापकीय नेतृत्वको लापरबाहीले उद्योग अप्ठ्यारो अवस्थामा गुज्रिएको हो । उद्योग अहिले बन्द अवस्थामा छ। दसैँपछि केही दिन खुलेको उद्योग छठ बिदा सकिएपछि पनि सञ्चालनमा आएको छैन ।उद्योग सञ्चालनको पहल गरिदिन त्यहाँका ट्रेड युनियनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अनुरोध गरेका छन् । उच्च व्यवस्थापनले उद्योगलाई धराशायी

उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्न माग गर्दै युनियन आन्दोलित

उदयपुर सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गर्दै त्यहाँका युनियनहरु आन्दोलित भएका छन् । उद्योगमा कार्यरत मजदुरहरूको चार वटा संगठनले ज्ञापन पत्र बुझाउँदै तत्काल उद्योग सञ्चालन गर्न माग गरेको छ । उनीहरूले महाप्रबन्धक गोपीकृष्ण न्यौपानेलाई घेराऊ गरी बन्द रहेको सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गरेका हुन् । घेराउपछि महाप्रबन्धक न्यौपानेले २ दिन भित्रमा निकास निकाल्ने बताएको एक मजदुरले जानकारी दिए । उदयपुर सिमेन्ट उद्योग राजनीतिक कोपभाजनको सिकार बन्दै आएको छ । नेपालकै उत्कृष्ट गैँडा छाप

विद्युत् आपूर्ति नहुँदा उदयपुर सिमेन्ट उद्योग बन्द

काठमाडौँ,३१ असार । देशकै सबैभन्दा ठूलो र सरकारी स्वामित्वमा रहेको उदपुर जिल्लाको जलजलेमा स्थापित उदयपुर सिमेन्ट उद्योग दुई हप्तादेखि विद्युत् आपूर्तिमा समस्या भएपछि बन्द हुन पुगेको छ । उद्योग प्रशासनका अनुसार सिरहाको लाहानबाट उद्योगमा आपूर्ति हुँदै आएको विद्युत् असार ९ गतेदेखि ट्रान्सफर्मरमा चट्याङ लागेर सिरहा गाईघाट प्रसारण सेवा बन्द भएकाले सिमेन्ट उद्योग पनि बन्द हुन […]

विद्युत् आपूर्ति नहुँदा उदयपुर सिमेन्ट उद्योग बन्द

उदयपुर । देशकै सबैभन्दा ठुलो र सरकारी स्वामित्वमा रहेको उदपुर जिल्लाको जलजलेमा स्थापित उदयपुर सिमेन्ट उद्योग दुई हप्तादेखि विद्युत् आपूर्तिमा समस्या भएपछि बन्द हुन पुगेको छ । उद्योग प्रशासनका अनुसार सिरहाको लाहानबाट उद्योगमा आपूर्ति हुँदै आएको विद्युत् असार ९ गतेदेखि ट्रान्सफर्मरमा चट्याङ लागेर सिरहा गाईघाट प्रसारण सेवा बन्द भएकाले सिमेन्ट उद्योग पनि बन्द हुन पुगेको […]

उदयपुर सिमेन्ट उद्योग सुधारतर्फ

नेपालकै उत्कृष्ट गुणस्तरीय प्रमाणित गैँडा छाप सिमेन्टको उत्पादक उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेले एकवर्षको प्रगति विबरण सार्वजनिक गरेको छ।...

तीन ठूला घरानाको १५ अर्ब लगानीमा खुल्यो नयाँ सिमेन्ट उद्योग

नेपालका तीन ठूला व्यावसायिक घरानाको लगानीमा नयाँ सिमेन्ट उद्योग खुलेको छ। निर्माण सामग्री उत्पादन गर्दै आएका व्यावसायिक घरानाले सयुक्त लगानीमा सौर्य सिमेन्ट उद्योग सञ्‍चालनमा ल्याएका हुन्।