बागमतीका थप ५ अस्पताल प्रदेश मातहत

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेशभित्रका ५ अस्पतालको स्तरोन्नती गरेको छ । प्रदेश मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले दोलखाको चरिकोट अस्पताल, काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पताल, ललितपुरको बज्रबाराही चापागाउँ अस्पताल, चितवनको रत्ननगर अस्पताल र काठमाडौ टोखाको चण्डेश्वरी …

सम्बन्धित सामग्री

हेटौँडा अस्पताल तीन सय श्यया क्षमतामा स्तरवृद्धि

मनहरी– बागमती प्रदेश सरकारको निरन्तर चासोका कारण हेटौँडा अस्पताल सुधारको गतिमा अघि बढेको छ । विगतमा भौतिक संरचना र बजेट अभावले पर्याप्त सेवासुविधा दिन नसकेको अस्पताललाई प्रदेश सरकारको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत ल्याएपछि स्तरवृद्धिको क्रम अघि बढेको हो ।  विगतमा संघीय सरकारको ५० श्यया र अस्पताल विकास समितिको ६० गरी एक सय दश […]

९७ अंक सहित बागमती प्रदेशकै सर्वोत्कृष्ट बन्यो भक्तपुर अस्पताल

काठमाडौं, ६ जेठ। बागमती प्रदेश मातहत रहेको भक्तपुर अस्पताल ९७ अंक सहित प्रदेशस्तरीय अस्पतालमा सर्वोत्कृष्ट भएको छ। न्युनत्तम सेवा मापदण्डको मूल्यांकनमा ९७ अंक प्राप्त गरी भक्तपुर अस्पताल सर्वोत्कृष्ट भएको हो।विस १९६१ मा चन्द्रलोक डिस्पेन्सरीका नामबाट शुरु भएको पुरानो इतिहास बोकेको भक्तपुर अस्पताल वीर अस्पताल पछिको दोश्रो पुरानो अस्पताल मानिन्छ। अस्पतालले बिर्सने रोग अल्जाइमर्सको निःशुल्क उपचार गर्दै आएको छ।

प्रदेश १ द्वारा विभिन्न कार्यविधि एवं निर्देशिका स्वीकृत

विराटनगर- प्रदेश सरकार मातहत रहेका अस्पताल तथा आयुर्वेद औषधालयको नाम संशोधन गर्ने लगायतका कार्यविधि एवं निर्देशिका प्रदेश १ सरकारले स्वीकृत गरेको छ। मंगलबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न मन्त्रिपरिषद्को बैठकले औषधालयको नाम संशोधनसहित विभिन्न ६ वटा विषयमा निर्णय गरेको हो। बैठकपछि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बैठकले महालेखा परीक्षकको चौधौँ वार्षिक […]

कर्णाली प्रदेश सरकारले एचए र स्टाफ नर्स पढाउने

२ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले स्वास्थ्य सहायक (एचए) र स्टाफ नर्स पढाउने भएको छ । आगामी आर्थिक वर्षदेखि प्रदेश अस्पताल कालागाउँ मातहत एचए र स्टाफ नर्स पढाइने प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले जानकारी दिए । कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने नीति लिएको सरकारले तत्काल एचए […]

तयार भयो कोभिड विशेष अस्पताल

धनुषा, असार ४ । जनकपुरधाममा कोभिड १९ विशेष अस्पताल तयार भइ संचालनमा आएको छ। प्रदेश २ सरकारले एक सय बेडको विशेष कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो। जनकपुरधाममा मणिपाल शिक्षण अस्पतालको प्रयोगविहीन भवनलाई मर्मत सम्भार गरेर प्रदेश सरकारले कोभिड १९ विशेष अस्पताल संचालनमा ल्याएको हो। मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत सञ्चालन हुने कोभिड विशेष अस्पतालको मुख्यमन्त्री […]

कर्णाली प्रदेश अस्पताल संघअन्तर्गत लैजाने प्रस्ताव

सुर्खेत । कर्णाली प्रदेश सरकारअन्तर्गत रहेको प्रदेश अस्पताल सुर्खेतलाई संघीय सरकारअन्तर्गत राख्न प्रस्ताव गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत रहेको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको जेठ १ गते बसेको बैठकले उक्त प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने निर्णय गरेको हो ।      प्रदेश सरकार मातहत रहेको अस्पताल संघीय सरकार मातहत लैजाने प्रस्तावको निर्णयपछि कर्णालीवासीले चर्को आलोचना गरेका छन् । जनताको नजीकबाट स्वास्थ्य सेवा दिइरहेको प्रदेश अस्पताल केन्द्रमा लैजाने निर्णय संघीयता विरोधी कदम भएको भन्दै सामाजिक सञ्चाजलमा थुप्रै टिप्पणी भइरहेका छन् ।       प्रदेश सरकारले प्रत्यक्ष रेखदेख र पर्याप्त बजेट उपलब्ध गर्दै आएको अस्पताल संघले लिनु खोज्नु संघीयता विरोधी कदम भएको नागरिक अगुवा राजबहादुर महतले बताए । कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री विमला केसीले संघीयताको कारण प्रदेश अस्पतालको संरचना विकास हुनुका साथै बढीभन्दा बढी नागरिकले उपचार सेवा पाएको बताइन् । प्रदेश सरकारको अस्पताललाई संघअन्तर्गत राख्ने निर्णय गर्नु संघीयतामाथिको आक्रमण भएको टिप्पणी उनले गरिन् । ‘पर्याप्त बजेटविना कर्णालीमा विकास हुन नसकिरहेका बेला प्रदेश सरकार मातहत रहँदा प्रदेश अस्पतालको विकास अपेक्षाकृत छ,’ उनले भनिन् । कर्णाली प्रदेश सरकार गठन भई प्रदेश अस्पताल स्थापना भएपश्चात् प्रदेश सरकारको करीब १ अर्बभन्दा बढी बजेट लगानी भइसकेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले जानकारी दिए । गत आव २०७६/७७ मा ५० करोड विनियोजन गरेको प्रदेश सरकारले चालु आवमा ६० करोड उपलब्ध गराइसकेको उनको भनाइ छ । यस्तै अस्पतालका निर्देशक डा. डम्बर खड्काले प्रदेश अहिलेसम्म आइपुग्दा स्रोतसाधन र पूर्वाधार विकासको हिसाबले अस्पतालले राम्रो प्रगति गरेको बताए । कर्णाली प्रदेश सरकारका प्रवक्ता कुर्मराज शाहीले पहिले संघीय सरकारमा हुँदाको अस्पतालभन्दा अहिले प्रदेश सरकार मातहतको अस्पतालबाट जनताले राम्रो उपचार सेवा पाएको, तर गलत राजनीतिक अभ्यासका कारण प्रदेश अस्पताललाई संघअन्तर्गत राख्ने निर्णय अघि सारिएको गुनासो गरे ।      स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले केन्द्र सरकार मातहत एक प्रदेशमा एक ठूलो अस्पताल बनाउने नीतिअनुसार प्रदेश अस्पताल सुर्खेतलाई संघ मातहत लिन प्रस्ताव अघि बढाएको बताए । ‘संघअन्तर्गत एक अस्पताल हुनुपर्छ । प्रदेश अस्पताललाई पहिलेदेखि संघीय सरकार मातहत राख्नुपर्छ भन्दै मैले आएको छु । मन्त्री हुनुअघि संसद्मा पनि यस विषयमा बोलेको थिएँ,’ उनले भने, ‘अहिले अस्पताललाई थप विकास गर्न यस्तो तयारी गरिएको हो ।’   केन्द्र सरकार मातहत ५०० शय्या र प्रदेश सरकार मातहतका प्रदेश अस्पताललाई अनिवार्य २०० शøयाको बनाउने नेपाल सरकारको नीतिको कारण पनि केन्द्र सरकारमा लिनुपर्ने बाध्यता आएको भन्दै राज्यमन्त्री रावतले अन्य कुनै जिल्लामा प्रदेशस्तरीय अर्को अस्पताल बनाउन प्रदेश सरकारलाई सुझाए । संघअन्तर्गत गइसकेपछि ५०० शय्याको अस्पताल, शøयाअनुसारको जनशक्ति र त्यस अनुरूपको औषधि र उपकरण सबैको व्यवस्थापन हुने दाबी उनले गरे ।

कर्णाली प्रदेश अस्पताल संघ मातहत  जाँदैनःमुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश अस्पताल सुर्खेतलाई संघ मातहत जान नदिइने बताएका छन् ।   प्रदेश सरकारअन्तर्गतको प्रदेश अस्पताललाई संघीय सरकार मातहत लैजाने भनी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएको समाचारले प्रदेश सरकारको ध्यानाकर्षण भएको बताउँदै उनले भने,  “यो संघीय सरकारको निर्णय होइन, यदि त्यसो हो भने त्यो अपरिपक्व निर्णय हो ।” मुख्यमन्त्री शाहीले अगाडि भने, “संघीय सरकार मातहत हुँदाको क्षेत्रीय अस्पताल सुर्खेतमा वार्षिक रु दुई करोड बजेट र ८३ जना...

मुख्यमन्त्री शाहीले भने-  चन्दा उठाएर भएपनि प्रदेश अस्पताल सञ्चालन गर्छौं

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकार मातहत रहेको कर्णाली प्रदेश अस्पताल चन्दा उठाएर भएपनि सञ्चालन गर्ने बताएका छन् । प्रदेश सरकारले अस्पताल सञ्चालन गर्न नसकेको भन्दै संघीय सरकार अन्तर्गत लैजाने पहलकदमी चलिरहेकै बेला मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् ।बिहीबार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा शाहीले चन्दा उठाएर भएपनि प्रदेश अस्पताल कर्णाली प्रदेशले नै सञ्चालन गर्ने बताए । सोमबार बसेको स्वास्थ्य आपतकालीन व्यवस्थापन कार्य

कर्णाली प्रदेश अस्पताललाई संघ मातहत लिने तयारी

कर्णाली प्रदेश अस्पताल सुर्खेतलाई संघ मातहतमा लिने तयारी गरिएको छ ।कोरोना भाइरस संक्रमितको उपचारमा प्रभावकारी व्यवस्थापन गर्न नसकेको भन्दै प्रदेश अस्पताललाई पुनः संघीय सरकार मातहत लिने तयारी गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताललाई संघ मातहतमा लिने निर्णयका लागि मन्त्रिपरिषद्मा पठाउने निर्णय गरी पेस गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपतकालीन तथा […]

संक्रमितले भरियो कर्णाली प्रदेश कोभिड अस्पताल, अक्सिजन अभाव

१३ वैशाख, सुर्खेत । कोरोनाको दोस्रो लहर शुरु भएसँगै वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पताल मातहत रहेको कोभिड-१९ अस्पताल कोरोना संक्रमितले भरिएको छ । २५ शय्याको कोभिड अस्पतालमा हाल २८ जना संक्रमित राखिएको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए । जसमध्ये २७ जना संक्रमितलाई अक्सिजन दिएर राखिएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा संक्रमितको संख्या […]