काठमाडौं । झापामा ८ महिनाकी छोरीसहित दम्पतीले आत्महत्या गरेका छन् । कन्काई नगरपालिका–१ का ४० वर्षीय रविन विश्वकर्मा, पत्नी २९ वर्षीय मुना विक र छोरी रुविनाले झुन्डिएर आत्महत्या गरेको झापाका एसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए । घरभित्र चुकुल लगाएर नाइलनको डोरीमा पासो लगाएर झुण्डिएको अवस्थामा उनीहरुको शव फेला परेको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान शुरु गरेको छ । रविनलाई केही दिनअघि कोरोना भाइरस संक्रमण भएको थियो । छिमेकीका अनुसार पत्नी मुनालाई पनि संक्रमण पुष्टि भएको थियो