स्मार्ट क्यूआर र नेपाल पे क्यूआर अन्तरआबद्ध

काठमाडौं  । नेपाल पे क्यूआर र स्मार्ट क्यूआरले नेटवर्कस्तरमा अन्तरआबद्ध भई सेवा शुरू गरेका छन् । आइतवार आयोजित एक कार्यक्रमका बीच विभिन्न बैंक तथा वालेटका प्रतिनिधिले दुवै नेटवर्कमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका हुन् । सो कार्यक्रममा स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (एससीटी)का प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि कार्यक्रममा उपस्थित थिए । क्यूआर भुक्तानीलाई थप प्रवर्द्धन गर्न नेटवर्कस्तरको अन्तरआबद्धता सहित सञ्चालनका लागि सहकार्य भएसँगै नेपाल पे क्यूआरमार्फत आबद्ध भएका  विभिन्न  मोबाइल बैंकिङ, वालेट र कनेक्ट आईपीएसका प्रयोगकर्ताले स्मार्ट क्यूआर नेटवर्कमा आबद्ध  सम्पूर्ण मर्चेन्टमा सजिलै भुक्तानी गर्न सक्ने भएका हुन् । यसैगरी स्मार्ट क्यूआर नेटवर्कको मोबाइल बैंकिङ र वालेटले नेपाल पे क्यूआर  नेटवर्कमा आबद्ध मर्चेन्टमा सजिलै भुक्तानी गर्न सक्ने बताइएको छ ।

सम्बन्धित सामग्री

सुलभ पेको ‘एन क्यास’ र ‘फोन पे’बीच सम्झौता

भुक्तानी सेवा प्रदायक एवं डिजिटल वालेट एन क्यास र फोन पेबीच क्यूआर कोडमार्फत भुक्तानी सेवा उपलब्ध गराउनका लागि सम्झौता भएको छ । फोन पेसँग सम्झौता भएसँगै एन क्यासले नेपालमा पूर्णरुपमा क्यूआर स्क्यान एण्ड पे सेवा उपलब्ध गराउने आफू पहिलो वालेट भएको दाबी गरेको छ । एनक्यासबाट स्मार्ट क्यूआर, नेपाल पे क्यूआर र फोनपे क्यूआरबाट भुक्तानी […]