कोरोना संक्रमणबाट एकजनाको मृत्यु, १९ संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८ सय २१ जनाको कोरोना परीक्षण गर्दा थप १९ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार लामो समयपश्चात् थप एकजना संक्रमितको मृत्यु भएको छ।हालसम्म कोरोनाका कारण ११ हजार ९ सय ५२ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै,आज १८ जना कोरोनामुक्त भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या २ सय १७ जना रहेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित सामग्री

बाँकेमा काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्यु, १९ संक्रमित थपिए

नेपालगञ्ज – बाँकेमा मंगलबार कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ भने १९ जना संक्रमित थपिएका छन्। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, सुर्खेत भेरीगंगा नगरपालिका वडा नं ५ का ५७ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ। साउन ४ गते सुर्खेतमा पीसीआर गरिएका उनलाई ५ गते भेरीमा भर्ना गरिएको थियो। उनको […]