जिल्लामै पहिलो पटक टर्की पालन

डडेल्धुरा- युवाको लहर विदेशतिर बढिरहेका बेला डडेल्धुका एक युवाले भने गाउँमै नयाँ कामको थालनी गरेका छन् । अमरगढी नगरपालिका मोरोडाका सुरेश भण्डारीले जिल्लामै पहिलो पटक टर्की जातको पन्छी पालन गरेका हुन् । गाउँमै बसेर सिर्जनशील काम गर्ने सोच राखेका भण्डारीले डेढ वर्षअघि धनगढीबाट १५० वटा चल्ला ल्याएर टर्की पाल्न सुरु गरेका हुन् ।एक वर्षयता २ […]

सम्बन्धित सामग्री

डडेल्धुरामा पहिलो पटक व्यावसायिक रुपले टर्की पालन शुरु

पछिल्लो समय युवापुस्ताहरुको कृषि तथा पशुपालन व्यवसायप्रतिको आकर्षणले गाउँसम्म एकल तथा सामूहिक कृषि तथा पशुपालन व्यवसाय सञ्चालन हुँदैआएको छ । यहीबेला डडेल्धुरा अमरगढी नगरपालिका २ मौरडा बस्ने सुरेश भण्डारीले पहिलो पटक टर्की पालन व्यवसाय सुरु गर्नुभएको छ ।

टर्की पालनबाट मासिक ५० हजार कमाउँदै पौडेल परिवार

तनहुँको व्यासनगरपालिका–११ पोल्याङ्का यातयात व्यवसायी कृष्णप्रसाद पौडेलले यतिबेला व्यवसायिक कृषक बन्नु भएको छ । व्यासभूमी यातायात व्यावसायी समितिमा सञ्चालक समितिको सदस्य रहनु भएका पौडेललाई कोरोना भाइरसको सङ्क्रमणले यातयात व्यवसायबाट घाटा भएपछि रहरे पालेको टर्की व्यवसायिक बनाउनु भएको छ । पौडेल र उहाँको श्रीमती शोभा दुई जना मिलेर टर्की पालनलाई व्यवसायिक बनाउनु भएको हो । ५० वटा टर्की ल्याएर पाल्दा राम्रो आम्दानी भएपछि त्यसक्षेत्रका बासिन्दाहरु यसतर्फ आर्कर्षित हुदै गएका हुन् । टर्की व्यवसाय सञ्चालनको लागि सजिलो र राम्रो आम्दानी दिने भएपछि स्थानीयले आफ्नो क्षमता अनुरुप दश वटा देखि ७० वटा सम्म टर्की पाल्न थालेको पौडेलले जानकारी दिनुभयो । लोकल कुखुरा र बट्टाई पाल्दै आउनु भएका पौडेलले टर्की सम्बन्धि तालिम लिएपछि टर्की पाल्न शुरु गर्नुभएको थियो । टर्कीको मासु प्रतिकिलो रु.एक हजारमा बिक्री हुने शोभाले जानकारी दिनुभयो । बुटवलबाट मगाएर टर्की पालन शुरु गरेको उहाँेल जानकारी दिनुभयो । शोभाका अनुसार टर्की, कोडाकनाथ, फेन्सीजात, लौकाड, हाँस, बट्टाई, लोकल कुखुरा लगायतका नौ जातका मँहगा र औषधीजन्य पन्छीहरु पाल्दै आएपनि कोरोनाका कारण अन्य सबै बिक्री गरेर अहिले टर्की मात्रै पाल्दै आएको उहाँले बताउनुभयो । एक दिने चल्लाको रु.तीन सय ५० देखि चार सय ५० सम्म मूल्य पर्ने र ६ महिना पछि खाना योग्य हुने उहाँले बताउनुभयो । चार महिनापछि महिनामा दुई किलो सम्मको दरले बढ्ने, बोसो रहित हुने र मानिसको हड्डी मजबूद बनाउनुका साथै मुटु,सुगर प्रेसर लगायतका दीर्घकालिन रोगी सबै प्रकारका बिरामीले खाना मिल्ने भएकोले यसको मासुको माग बढि रहेको पौडेलले जानकारी दिनुभयो । चराएर, अन्न, घाँस दिएर पाल्न सकिने, भ्याक्सिन दिन नपर्ने,पाल्दा दुगन्ध नहुने र रोगले झ्वाट्ट आक्रमण नगर्ने भएकोले जोखिम पनि कम हुने हुँदा पोल्याङका वासिन्दाको त्यसतर्फ आर्कषण बढ्न पुगेको सोही ठाउँ निवासी शिक्षक लोकराज सेढाईले जानकारी दिनुभयो । पौडेलको सिको गर्दै अन्य १४ जनाले पनि टर्की पाल्ल्न थालेको उहाँले बताउनुभयो । तराईको तुलनामा पहाडमा पालेका टर्कीको मूल्य अझ राम्रो पाइने र यसको मासुको माग बढि रहेकोले माग अनुरुप पूर्ति गर्न नसकिएको शोभा पौडेलले बताउनुभयो । ‘पाल्नको दुःख पनि छैन हाल आएर मासिक ५० हजार रुपियाँ मुनाफा भईरहेको छ फाल्टु समयको सदुपयोग पनि भएको छ कमाई पनि राम्रो छ ।’ शोभाले भन्नुभयो । भाटभटेनी लगायत ठुला ठुला होटलहरुमा यसको बढि माग हुने भएकोले टर्की पालन तर्फ आर्कर्षित भएका हौ । उहाँले भन्नुभयो । एक सय टर्की पाल्दा ६ महिनाको अवधिमा झण्डै रु.चार लाख सम्म कमाउन सकिने किसान पौडेल बताउनुहुन्छ । लोकल कुखुरा, खसीबोकाको तुलनामा टर्कीको मासु भन्दा स्वादिष्ट र फाइदाजनक रहेकोले संम्भव भए र पाएसम्म बुझ्ने मानिसहरुले टर्कीकै मासु खाने गरेका छन् । ए ग्रेड जातको टर्की नौ महिनामा १८ किलोग्राम सम्म तौल हुन्छ । उहाँले भन्नुभयो ‘शुरु शुरुमा त काटेर बिक्री गर्न गाह्रो गाह्रो भयो, अहिले हप्तामा एउटा टर्की घरमै काट्दा बिक्री भैरहेको छ ।’ गाउँ घरमा सबैले टर्की पाल्न शुरु गरेपछि केहि महिना अघि आफुले पनि ७० वटा टर्की ल्याएर पाल्न थालेको अर्का स्थानीय सुभद्रा कार्की पराजुलीले बताउनुभयो । तीन महिना अघि देखि ल्याएर आफुले पहिलो पटक टर्की पाल्न शुरु गरेको उहाँले जानकारी दिनुभयो । उक्त क्षेत्रका थप २० घर परिवारले समेत टर्की पाल्नको लागि चल्ला माग गरिरहेको कृषक पौडेलले बताउनुभयो । कोरोनाले बन्दाबन्दी खुलेपछि पनि यात्रुहरु कम भएकोले घाटा भएको र टर्की पालनको आम्दानीबाट किस्ता तिर्ने गरेको पौडेलले बताउनुभयो ।

सामुहिक रुपमा व्यवसायिक टर्की पालन

मोरङमा सामुहिक रुपमा टर्कीको व्यवसायिक पालन गरिएको छ । सुन्दरहरैचा १० मा ६ जना मिलेर जग्गा भाडामा लिई टर्कीको

जुम्लामा व्यावसायिक टर्की पालन

क्यानेडियन नागरिक (एन्ड्रो) गएको वर्ष जुम्लामा पिएचडी गर्न आएका थिए । उनले धेरै लामो समय जुम्लामा बस्दा टर्की पालन, विदेशी जातको चरा लौकाट पालन र मौरी पालनका बारेमा सिकाउँथे । युटुबको माध्यमबाट नै टर्की पालनको प्राविधिक तथा सैद्धान्तिक कुरा सिक्न सकिने समेत उनले उल्लेख गरेका थिए ।

उदाहरणीय टर्की पालन : गाउँमै गर्न सकिन्छ लाखौँ आम्दानी

सप्तरी – वैदेशिक रोजगारीमा युवा पलायन हुने क्रम बढिरहँदा सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर–१२ खोरिया टोलका दुई युवाले गाउँमै राम्रो आम्दानी  गर्न थालेका छन् । स्थानीय २३ वर्षीय शाहिद अली र उहाँका मामा २४ वर्षीय आशिक अलीले जिल्लामै पहिलो पटक युरोपीयन टर्की पालन गरेर नयाँ व्यवसाय थालेका हुन् । मामा आ...