कार दुर्घटनामा परे गायक प्रमोद खरेल

गायक प्रमोद खरेल सवारी दुर्घटनामा परेका छन् । काठमाडौंबाट नेपालगञ्ज हुँदै दाङको तुलसीपुर जाने क्रममा बिहीबार बिहान १ बजे उनी कार दुर्घटनामा परेका हुन् । आफु कार दुर्घटनामा परेको गायक खरेलले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । उनले एउटा अर्काे युद्ध जितियो जिन्दगीसँग भन्दै आफु दुर्घटनामा जानकारी दिएका छन् ।‘काठमाडौंमा रेकर्डिङ सकाएर हिजो साँझको फ्लाइट लिएर तुलसीपुर दाङको कार्यक्रमका लागि राती १ बजे होटल पुग्नु अगाडि आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा पर्यो’ उनले अगाडि लेखका छन

सम्बन्धित सामग्री

गायक प्रमोद खरेल चढेको कार दुर्घटना

काठमाडौँ। गायक प्रमोद खरेल चढेको कार दुर्घटनामा परेको छ। दाङको तुलसीपुरमा हुने कार्यक्रमका लागि जाने क्रममा कार दुर्घटनामा परेको हो। खरेलले बिहीबार बिहान फेसबुकमार्फत् आफू दुर्घटनामा परी घाइते भएको जानकारी दिए।

गायक प्रमोद खरेल सवारी दुर्घटनामा घाइते

काठमाडौं, १५ बैशाख । गायक प्रमोद खरेल सवारी दुर्घटनामा परेर घाइते भएका छन् । उनी सवार कार गए राति तुलसीपुरमा दुर्घटनामा परेको हो । गायक खरेल तुलसीपुरमा बुधबार साँझ हुने कार्यक्रमको लागि नेपालगञ्ज अवतरण गरेका थिए । कार्यक्रम आयोजकले चलाएको कार राति १ बजे दुर्घटनामा परेको हो । कार दुर्घटना परेपछि बेहोस भएका खरेलको अस्पतालमा […]