सुदूरपश्चिममा सभामुखको निर्वाचन अनिश्चित, सर्वदलीय बैठक जारी

२८ पुस, धनगढी । सुदूरपश्चिममा सभामुख चयनका लागि बिहीबार दिउँसो १ बजे बोलाइएको प्रदेशसभाको बैठक अझै बस्न सकेको छैन । प्रदेशसभा भवनमा बिहान ११ बजेदेखि सर्वदलीय बैठक जारी छ । सर्वदलीय बैठकमा लम्बिएका कारण अहिलेसम्म प्रदेशसभाको बैठक बस्न नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशसभाको सभामुखको लागि सत्तारुढ गठबन्धनबाट माओवादीका भीम भण्डारी र नेपाली […]