डोजरे विकासले गाउँबस्ती जोखिममा पर्दै

समुदायको बिकासका लागि मुख्य मेरुदण्ड मानिने सडक निर्माणले एकातर्फ नागरिकलाई सहज बनेको छ भने अर्कोतर्फ ग्रामीण बस्तीहरु जोखिममा पर्नेगरेका छन् । बस्तीहरुमा सम्भावित जोखिमलाई ख्यालै नगरी जथाभावी सडक निर्माण गरिदा वर्षा तथा हिमपातकाबेला वस्ती पहिरोको जोखिमको सम्भावना बढाएको हो ।