सेनाको सफा हिमाल अभियान : साढे १३ हजार केजीभन्दा बढी फोहोर संकलन

नेपाली सेनाले चारवटा हिमालबाट १३ हजार ७८१ केजी फोहोर संकलन गरेको छ ।  जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उदेश्यले सेनाले चैत २२ गतेबाट सुरु गरेको ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत उक्त फोहोर संकलन गरेको हो । सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमाल क्षेत्रबाट उक्त फोहोर संकलन गरिएको सेनाले जनाएको छ ।  सेनाका अनुसार सगरमाथा÷ल्होत्से हिमालबाट ४ हजार ९६८ केजी, कञ्चनजङ्गा हिमालबाट ५ हजार ९८९ केजी र मनास्लु हिमालबाट २ हजार ८६४ केजी फोहोर संकलन गरिएको छ ।&nb