बैतडीमा बिडिसिए कप क्रिकेट हुँदै, खेलतालिका सार्वजनिक

बैतडी : बिडिसिए कप जिल्लास्तरीय क्रिकेट प्रतियोगिता मंसिर १६ गतेबाट शुरु हुने भएको छ। बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन हुने  बिडिसिए कपको यो २० औं संस्करण हो।दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा सञ्चालन हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए। प्रतियोगितामा सहभागी हुने १३ टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा एनआरवाईसी बठ्ठा, नवजागृति क्रिकेट क्लब, नागार्जुन जनसेवा,पञ्चकोटी क्रिक