ट्युनिसिया, मोरक्को र क्यामरुन विश्वकपमा

१६ चैत, काठमाडौ । अफ्रिकाबाट ट्युनिसिया, मोरक्को र क्यामरुन विश्वकप फुटबलमा छनोट भएका छन् । अफ्रिकी क्षेत्रको छनोटको तेश्रो चरणमा ट्युनिसिया मालीलाई, मोरक्को कंगोलाई र क्यामरुन अल्जेरियालाई पछि पार्दै विश्वकपमा पुगेका हुन् । मंगलबारराति को दोश्रो लेगमा मालीलाई गोलरहित बराबरीमा रोकेपछि ट्युनिसिया समग्रमा १–० को जितले विश्वकपमा पुगेको हो । यस्तै दोश्रो लेगमा कंगोलाई ४–१ […]

सम्बन्धित सामग्री

इतिहास बनाएको ‘रक्की’ मोरक्को, जसले पाइरहेको छ सबैको माया

२५ मंसिर, काठमाडौं । कतारमा जारी विश्वकप  फुटबल अफ्रिकी टिम मोरक्को इतिहास निर्माता बनेको छ । यसअघि अफ्रिकाका तीन टिम विश्वकपको क्वाटरफाइनलमा पुगेका थिए तर कुनै पनि टिम त्यो भन्दा अगाडि बढ्न सकेनन् । क्यामरुन (१९९०) , सेनेगल (२००२) र घाना (२०१०) क्वाटरफाइनलबाटै बाहिरिएका थिए । तर यसपटक अवस्था फरक रह्यो । मोरक्कोले अल थुमामा […]

विश्वकप खेलाइरहेका ३२ प्रमुख प्रशिक्षक : को कस्ता ?

जारी विश्वकपमा सहभागी ३२ टोलीका ३२ प्रमुख प्रशिक्षकमध्ये केबल  ७ जनामात्र त्यस्ता छन् जो सम्बन्धित देशका नागरिक होइनन् । क्यामरुन, घाना, मोरक्को, सेनेगल, ट्युनिसियादेखि अधिकांश युरोपेली र दक्षिण अमेरिकी राष्ट्रका प्रमुख प्रशिक्षक सम्बन्धित देशकै छन् ।

कति बलिया छन् कतार विश्वकप खेल्ने ३२ टोली ?

दोहा । कतारमा दुई सातापछि सुरु हुने विश्वकप फुटबलमा घरेलु टोलीसहित विश्वभरका ३२ टोली सहभागी हुँदैछन् । एसियाबाट दक्षिण कोरिया, कतार, जापान, इरान, अस्ट्रेलिया र साउदी अरबसहित ६ टोली सहभागी हुनेछन् । अफ्रिकाबाट क्यामरुन, घाना, मोरक्को, सेनेगल र ट्युनिसिया खेल्दैछन् । दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, इक्वेडर र उरुग्वेसहित चार टोली सहभागी हुँदा उत्तर, मध्य तथा […]

फिफा विश्वकप फुटबल ड्र  : उपाधि दाबेदार जर्मनी र स्पेन एकै समूहमा

चैत १९,  काठमाडौं । कतारमा आयोजना हुन गइरहेको फिफा विश्वकप फुटबलको ड्र सार्वजनिक गरिएको छ । नोभेम्बर र डिसेम्बरमा त्यहाँ हुने विश्वकपमा  जर्मनी र स्पेन  एकै समूहमा परेका छन् । शुक्रवार राति कतारको दोहामा आयोजित एक कार्यक्रमका बीच विश्वकपको ड्र सार्वजनिक गरिएको हो । सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारको दोहामा सम्पन्न ‘ड्र’ ले प्रतिद्वन्द्वीहरू विभाजन गरेको हो । सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेयता विश्वकप पहिलो पटक एशियाली राष्ट्रमा हुँदै छ । उपाधि दाबेदार जर्मनी र स्पेन एकै समूहमा परेका छन् । समूह ‘ई’ मा स्पेन, जर्मनी र जापान छन् । यस्तै कोस्टारिका र न्युजिल्याण्ड बीचको अन्तर महादेशीय प्लेअफको विजेता यस समूहमा हुने छन् । भू–राजनीतिक प्रतिद्वन्द्वी अमेरिका र इरान पनि एकै समूह ‘बी’ मा परेका छन् । सार्वजनिक ड्र अनुसार साविक विजेता फ्रान्स समूह ‘डी’ मा परेको छ । उक्त समूहमा फ्रान्ससँगै डेनमार्क, ट्युनिसिया र प्ले अफबाट आउने एक टोली रहनेछ । लियोनल मेस्सी र रोवर्ट लेवान्डोस्कीको टोली समूह चरणमै भिड्ने भएका छन् । समूह ‘सी’ मा अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया छन् । क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल सहज समूह ‘एच’ मा छ । यस समूहमा उरुग्वे, दक्षिण कोरिया र घाना पनि छन् । विश्व नम्बर एक ब्राजिलसहित  स्वीट्जरल्याण्ड, सर्बिया र क्यामरुन  समूह ‘जी’ मा रहेको छ । आयोजक कतारसँगै नेदरल्यान्ड्स, सेनेगल र ईक्वेडर समूह ‘ए’ मा छन् । यसैगरी समूह बी मा इंग्ल्यान्ड, अमेरिका, इरान, (वेल्स/युक्रेन/स्कटल्याण्ड) छन् भने समूह एफमा बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा छन् । कुन समूहमा कुन -  कुन राष्ट्र ? समूह ए – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर समूह बी – इंग्ल्यान्ड, अमेरिका, इरान, (वेल्स/ युक्रेन/ स्कटल्याण्ड) समूह सी – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया, (युएई/ अष्ट्रेलिया/ पेरु) समूह ई – स्पेन, जर्मनी, जापान, (कोस्टारिका/ न्युजिल्याण्ड) समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा समूह जी – ब्राजिल, स्वीट्जरल्याण्ड, सर्बिया, क्यामरुन, समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

विश्वकपको 'ड्र' सार्वजनिक, कुन देश कुन समूहमा ?

काठमाडौँ : कतारमा हुने विश्वकप फुटबलको ड्र सार्वजनिक गरिएको छ। आयोजकसहित २९ देशको टुङ्गो लागेको छ भने ३२ देशले भाग लिने विश्वकपमा बाँकी ३ देशको टुङ्गो आगामी जुनमा मात्र लाग्ने छ।विश्वकपमा छनौट भएका देश मध्ये युरोपबाट जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इङल्याण्ड, स्वीटजरल्याण्ड, नेदरल्याण्डस्, पोर्चुगल, पोल्याण्ड,घाना, सेनेगल, ट्युनिसिया, मोरक्को, क्यामरुन, ब्राजिल, अर्जेन्टिना, उरुग्वे, इक्वेडर, क्यानडा, मेक्सिको, अमेरिका, इरान, दक्षिण कोरिया, जापान, साउदी

विश्वकप फुटबलमा अफ्रिकाबाट अन्तिम चरणमा छनोट भएका १० देश (सूचीसहित)

एजेन्सी, १ मंसिर । कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलमा अफ्रिकी महादेशको दोस्रो चरणको छनोट सकिएको छ । ५ देश छनोट हुने अफ्रिकाबाट अब अन्तिम चरणमा १० देशले प्रतिष्पर्धा गर्नेछन् । १० टोलीबाट ५ टोली छानिनेछन् । जसका लागि एक अर्काविरुद्ध प्ले अफ खेल्ने तय हुनेछ । विश्वकप खेलिसकेका क्यामरुन, ट्युनिसिया, मोरक्को, इजिप्ट, नाइजेरिया, […]

आगामी विश्वकपमा ४८ टिमको चर्चा

कतार विश्वकप ३२ राष्ट्र सहभागी हुने अन्तिम विश्वकप हुनेछ। अमेरिका र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकपको अर्को संस्करणमा ४८ राष्ट्रको सहभागिता रहनेछ। यस विश्वकपमा मोरक्को, साउदी अरब, जापान, दक्षिण कोरिया, क्यामरुन र ट्युनिसियाजस्ता टिमले ठूला टिमलाई स्तब्ध पारेर विश्वकपमा ४८ टिम हुनु हुँदैन भन्ने आलोचकहरूलाई चुप पारेका छन्।