राष्ट्रिय प्रजातन्त्र पार्टीले समान विचारधारा भएका समूह र व्यक्तिहरुसँग वार्ता गर्नका लागि ३ सदस्यीय वार्ता समिति गठन गरेको छ । बुधबार बसेको राप्रपाको केन्द्रीय विशेष समितिको बैठकले नेता बुद्धिमान तामाङको संयोजकत्वमा ३ सदस्यीय वार्ता समिति गठन गर्ने निर्णय गरेको हो । वार्ता समितिको अन्य सदस्यमा नेताद्वय जगत गौचन र ऋषिबाबु परियार रहेका छन् ।बैठकले उद्धव पौडेलको संयोजकत्वमा आर्थिक समिति गठन गर्नुका साथै आर्थिक क्षेत्र सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने जिम्मेवारी समेत दिएको छ । त्यस्