अर्गानिक चियाको माग बढ्दै

तेह्रथुममा उत्पादन गरिएको अर्गानिक चियाको माग बढ्दै गएको छ । गुणस्तरीय तथा अर्गानिक रुपमा जिल्लाको ग्रामीण क्षेत्रमा उत्पादित चिया नेपालको विभिन्न बजारमा बिक्री हुनथालेको छ । व्यावसायिक रुपमा चियाखेती गर्दैआएका कृषकबाट उत्पादन भएको चियाको माग बढ्दै गएको सिंहदेवी अर्गानिक चिया प्रशोधन केन्द्र सोल्माका सञ्चालनक रत्नबहादुर खड्काले बताए। यहाँ उत्पादन भएको ग्रीन ‘टी’, ह्वाइट ‘टी’, गोल्डेन…

सम्बन्धित सामग्री

अर्गानिक तरकारी खेतीमा रमाउँदै बाँकेका थारू महिला

२६ वैशाख, बाँके । अर्गानिक तरकारीको माग बढ्दै गएपछि ग्रामीण क्षेत्रका थारू महिला बिहानै तरकारी लिएर नेपालगञ्ज आउने गरेका छन् । अर्गानिक तरकारीको माग दिनदिनै बढ्दै गएपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारू महिलाले आफ्नै खेतबारी …

अर्गानिक तरकारी खेतीमा रमाउँदै थारु महिला

अर्गानिक तरकारीको माग बढ्दै गएपछि ग्रामीण क्षेत्रका थारु महिला बिहानै तरकारी लिएर नेपालगञ्ज आउने गरेका छन् । अर्गानिक तरकारीको माग दिनदिनै बढ्दै गएपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारु महिलाले आफ्नै खेतबारी उत्पादित तरकारीबाट प्रशस्त कमाइ गर्न थालेका हुन् ।

स्थानीय उत्पादनको बजार बढ्दै

म्याग्दी– म्याग्दीको गाउँगाउँमा किसानले उत्पादन गरेका अर्गानिक कृषिजन्य वस्तुको माग बढ्दै गएको छ । बेनीमा हुने मेला, महोत्सव, सम्मेलनमा जिल्लाका स्थानीय उत्पादित अर्गानिक वस्तु आन्तरिक तथा बाह्य पाहुनाले खोजीखोजी लाने गरेका छन् । म्याग्दी जेसिजको आतिथ्यतामा म्याग्दीको सदरमुकाम बेनीमा भएको नेपालन जेसिजको क्षेत्र ख सम्मेलनमा उपस्थित जेसिज पाउनाले नि:शुल्क स्टलमा राखेका म्याग्दीका उत्पादित वस्तु कोसेलीका […]

फ्रान्सको अर्गानिक वाइन नेपाली बजारमा

काठमाडौं । फ्रान्समा उत्पादित अर्गानिक वाइन लेस सिमेन्स डि वासाक नेपाली बजारमा भित्र्याइएको छ । भिगेन,डिमिटर सर्टिफाइड, बायो डाइनामिक प्रमाणित वाईन मल्टिपर्पाेज प्रालिले नेपालमै पहिलो पटक भित्र्याएको हो । पूर्णरुपमा परम्परागत प्राकृतिक र अर्गानिक खेती प्रणालीबाट उत्पादित सो वाइन एसियामै जापानपछि नेपालमा भित्र्याइएको हो । जापानमा बढ्दो माग रहेको यो वाइन चीनले पनि छिट्टै आयात […]

पर्यटकको रोजाइमा ‘अर्गानिक खान्की’

उत्पादन घट्दै गएको जुम्ली रैथाने बालीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको छ । स्वास्थ्यका लागि लाभदायिक र स्वादिष्ट हुने भएकाले जुम्ला आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा जुम्ली रैथाने अन्नबाली परेको हो । माग बढ्दो भए पनि आपूर्ति न्यून छ । उत्पादन वर्षेनी घट्दै गएको छ । खेतीयोग्य जमिन बाझिने क्रम बढ्दो छ […]

नेपाली अर्गानिक चियाको माग अमेरिकी बजारमा बढ्दो

अमेरिका (नेस) । अमेरिकाको न्यूयोर्कमा आयोजित १५औं कफी तथा चिया महोत्सवमा नेपाली चिया उत्पादक कम्पनीले सहभागिता जनाएका छन् । शनिबार र आइतबार न्यूयोर्कको रुक्लिन एक्स्पो सेन्टरमा आयोजित महोत्सवमा नेपाली कम्पनी ‘नेपाली टी’ र ‘नेपाली कफी ८८४८’ ले सहभागिता जनाएका थिए । ती चिया पसलमा पुगेर नेपाली चिया र कफीको स्वाद लिने उपभोक्ता धेरै रहेका सो […]

नेपाली अर्गानिक चियाको अमेरिकी बजारमा माग बढ्दो

अमेरिकाको न्यूयोर्कमा आयोजित १५ औँ कफी तथा चिया महोत्सवमा नेपाली चिया उत्पादक कम्पनीहरुले सहभागिता जनाएका छन् । शनिबार र आइतबार न्यूयोर्कको ब्रुक लिन एक्स्पो सेन्टरमा आयोजित महोत्सवमा नेपाली टि र नेपाली कफी ८८४८ नामका कम्पनीहरुको चिया ग्राहकहरुले स्वाद लिन पाएका थिए । नेपालको न्युयोर्कस्थित कन्सुलेट जनरलको कार्यालयले महोत्सवमा भाग लिनका लागि समन्वय गरेको थियो । कार्यवाहक कन्सुलर जनरल विष्णु गौतमले प्रदर्शनीमा सहभागिताले नेपालको पहाडी भेगमा उत्पादित चिया तथा कफीले अन्तर्राष्ट्रिय बजारको पहुँ

राष्ट्रिय कफी दिवसः कफी उत्पादन घट्यो साढे १० करोडको आयात

नेपाली कफी स्पेसियालिटी कफीको रूपमा परिचित भएकाले यहाँको अर्गानिक कफीको माग स्वदेश तथा विदेशमा बढ्दै गएको छ।...

तेह्रथुममा उत्पादित अर्गानिक चियाको माग बढ्दै

तेह्रथुममा उत्पादन गरिएको अर्गानिक चियाको माग बढ्दै गएको छ । गुणस्तरीय तथा अर्गानिक रुपमा जिल्लाको ग्रामीण क्षेत्रमा उत्पादित चिया नेपालको विभिन्न बजारमा बिक्री हुन थालेको छ ।व्यावसायिक रुपमा चिया खेती गर्दै आएका कृषकबाट उत्पादन भएको चियाको माग बढ्दै गएको सिंहदेवी अर्गानिक चिया प्रशोधन केन्द्र सोल्माका सञ्चालनक वीरबहादुर बस्नेतले बताए ।यहाँ उत्पादन भएको ग्रीन ‘टी’, ह्वाइट […]

अर्गानिक तरकारी फलाएर लखपति हुँदै म्याग्देली किसान

म्याग्दी । २८ वर्षदेखि कृषि पेसामा लागेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका ५८ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो डेढ वर्षयता फलाएको तरकारीको माग बढेपछि दंग छन् । जिल्लाको नयाँ पर्यटकीय स्थल लभ्लीहिल नजिकैको १२ रोपनी खेतबारीमा प्रांगारिक तरकारी खेती गर्दै आएका कार्कीले यसअघि कहिल्यै पनि अर्गानिक तरकारीको विक्री यति धेरै भएको थाहा पाएका थिएनन् । ‘२८ वर्षदेखि तरकारी खेती गरिरहेको छु । जीवनको उर्बर समय मैले मेरै खेतबारीको माटोमा बिताएको छु,’ कार्कीले भने, ‘तर कोरोना कहर सुरु भएयता जसरी तरकारीको विक्री भयो, यसअघि कहिल्यै पनि भएको थिएन ।’ कोरोना संक्रमण जतिजति बढ्दै गयो, स्थानीयले आफ्नो स्वास्थ्यलाई ध्यान दिई अर्गानिक खानेकुराको मात्रा बढाउँदै लगे । विशेषगरी आयातीत तरकारी र फलफूल नपाइने वा त्यसलाई ध्यान नदिने भएपछि सदरमुकाम नजिकै रहेका किसानकहाँ पुगेरै  बजारका नागरिकले तरकारी खरिद गर्न थालेपछि कार्कीजस्तै व्यावसायिक तरकारी खेतीमा लागेका किसानको उत्पादनले बजार पाउन थालेका हुन् । किसान कार्कीको खेतबारीमा अर्गानिक तरकारी र फलफूल झुलिरहेका छन् । शारीरिक व्यायामका लागि बिहान लभ्लीहिल जाने बजारका गृहिणी, युवायुवती वा बटुवाले कार्कीको बारीमै पुगेर ताजा तरकारी खरिद गरी फर्कने गरेका छन् । त्यसैगरी खबराका अर्का किसान शोभित शर्मा, डाँडाखेतका नारायण पौडेल, बाबियाचौरका धर्मराज सुवेदीलगायत जिल्लाका दुई दर्जनभन्दा बढी किसानले पछिल्लो समय प्रांगारिक तरकारीको विक्री बढेपछि खेती विस्तार गर्ने सोच बनाएको बताएका छन् । विगतमा तरकारी विक्रीबाट वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्दै आएका खबराका चन्द्रबहादुर कार्कीले ०७६ चैतदेखि ०७८  वैशाखसम्म तरकारी बेचेरै ११ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको बताए । त्यसैगरी डाँडाखेतका नारायण पौडेलले गत वर्ष आफूले उत्पादन गरेको तरकारी राम्रो विक्री भएको र सोचेभन्दा बढी आम्दानी भएको सुनाए । म्याग्दीका ६ वटा स्थानीय तहमा गरी २ सयभन्दा बढी किसान व्यावसायिक तरकारी खेतीमा लागेका छन् । तरकारी खेतीमा लागेका किसानले पछिल्ला वर्षमा मनग्गे आम्दानी गर्न थालेको कृषि प्राविधिक जगत बानियाको अनुभव छ । बानियाँ भन्छन्, ‘कोरोना कहर सुुरु भएयता मानिसले अर्गानिक उत्पादनको महत्व बुझ्न थालेका छन्, जसले गाउँका उत्पादनको माग सहर बजारमा बढी हुन थालेपछि किसानलाई फाइदा भएको हो ।’ कोरोनापछि धेरै मानिसले अर्गानिक उत्पादन खोज्न थालेको बगरफाँटका किसान जीतबहादुर कार्कीको अनुभव छ । बेनी–बगरफाँट–सुर्केमेला–बरंजा सडक छेउमा रहेको उनको बारीमा अर्गानिक तरकारी खरिद गर्न बेनीबजारबाट धेरै ग्राहक आउन थालेका छन् । कोरोनापछि अर्गानिक तरकारी खोज्दै उनका बारीमा धेरै उपभोक्ता पुग्छन् । प्रांगारिक तरकारी खेती गर्न पाउँदा खुसी लागेको बताउँछन् । विषादीयुक्त तरकारीले मानव स्वास्थ्यमा हानि गर्ने हुँदा सबैले अर्गानिक खेती गर्नुपर्ने कृषि विज्ञको सुझाव छ । म्याग्दीमा निजी क्षेत्रले करोडौं लगानीमा कृषि फार्म सञ्चालन गरेका छन् । जिल्लाको बेनी नगरपालिका–४ सिंगा र आबे बगरमा करिब १० करोड लगानीमा सञ्चालित हरियाली कृषि फार्म र मंगला गाउँपालिकाको हिदीमा ३ करोड लगानीमा प्रांगारिक कृषि फार्म सञ्चालित छन् । यी कृषि फार्मले पनि प्रांगारिक उत्पादनमा जोड दिँदै आएका छन् । म्याग्दीमा पछिल्लो समय अर्गानिक कृषितर्फ युवा आकर्षण पनि बढ्दै गएको छ । विशेषगरी कोरोनाका कारण विदेशमा रोजगारी गुमाएर गाउँ फर्किएका युवाहरू अर्गानिक खेतीमा लागेका छन् ।