कथा : विदेश जाने रहर

म ओछ्यानमा डङग्रङ्ग लडिरहेको छु ढोका थुनेर । मेरो नियति पनि यसरी नै थुनिएको छ । जहाँ गए पनि अभागले बाटो छेक्छ । आफू ताक्छु मूढो, बन्चरो ताक्छ घुँडो भने झैँ भएको छ । ओहो, विदेश जाने सपनामा कति ऋण भइसक्यो, कसरी तिर्ने होला ? गाउँको घरखेत केही बाँकी छैन । बुवा पनि आजित भइसक्नु भएको छ । छोरो अमेरिका जाने भयो भनेर गाउँमा भन्नुभयो । गाउँभरि हल्ला छ, म अमेरिका गएको भनेर । तर यता आफू भने न समाउने हाँगो, न टेक्ने ठाउँ पाएर बिचल्लीमा छु । विदेश जाने धुनमा न पुख्र्यौली जग्गा बाँकी रह्यो, न पैसा,

सम्बन्धित सामग्री

नेपालदेखि अमेरिकासम्मको कथा

विदेश जाने मोहले जे-जसो गर्न पनि तयार रहने सोच जस्ता विषयहरू समेटिएको पुस्तक 'पार्श्वधुन'ले हामी बाँचेको समाजको ऐना देखाउँछ।

‘परदेशी २’ वर्तमान समाजको जल्दोबल्दो कथा होः प्रकाश सपुत

काठमाडौं, २० असोज । चर्चित गायक एवं चलचित्र परदेशी–२ का अभिनेता प्रकाश सपुतले चलचित्रले देशको वर्तमान अवस्थाको यथार्थ चित्रण गरेको दाबी गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्देै उनले परदेशी २ ले विदेश जाने मोह, परदेशमा भोग्नु पर्ने पीडादेखि रित्तिएको गाउँको कथालाई समेटेको बताए । […]

आउनोस् देश विघटनमा लागौं

पृथ्वीनारायण शाहले नेपालको भूगोल जोडे । भानुभक्तले भाषामार्फत नेपाली भावना जोडे । हाम्रा पुर्खाले विभिन्न जातजाति, धर्म, संस्कृति जोडेर नेपाली माला बनाए । तर, पहिले गला जोड्ने नेपाली अहिले एकअर्काको गाला फोड्न थालेका छन् । सियो बनेर पसेको विदेशी विकृति मियोे बनेर निस्कियो । हिजोको नेपाल दिउँसै दियो बालेर खोज्नुपर्ने भयो । देश जोड्ने खेलो होइन, विघटन गराउने मेलो चलिरहेको छ । छ्याकन कति आउँछ भन्ने दर निर्धारण गरिसकेपछि अध्ययन योजना बन्छ । अनि उता बजेट जान्छ, बल्ल यता अध्ययन शुरू हुन्छ । विकासको न भिजन छ न मिसन । छ त केवल कमिसन । देश भावना र विश्वासले बन्छ भन्छन् । नेताहरू विभिन्न जातजातिलाई उचालेर, उक्स्याएर त्यही भावना र विश्वास तोड्ने विष घोलिरहेछन् । दुनियाँलाई तमाशा देखाइरहेछन्, देशलाई विघटनको बाटोमा कुदाइरहेछन् । भाषणमा राष्ट्रवादी, व्यवहारमा लेन्डुपवादी । नपत्याए १ नं प्रदेशको नाममा भएको विवाद नै हेर्नुस् न । प्रदेशको नाम कोशी राख्नुस् कि सुनकोशी जनतालाई त्यसको बालै भएन । तर, आफै नाम राख्ने, फेरि त्यसकै विरोधमा आफै सडक तताउने यो त चालै भएन । किताबको कम्युनिज्मले बाँडेर खाऊ, सित्तैमा नखाऊ, आफ्नो नाममा सम्पत्ति नराख भन्छ । तर यहाँ त सात पुस्तालाई पुग्नेगरी कमाउने, आफ्ना कार्यकर्तालाई मनलाग्दी सरकारी जग्गाजमीन कब्जा गर्न लगाउने । भूमि आयोगमा आफ्ना कार्यकर्ता भर्ती गरेर तिनलाई लालपुर्जा वितरण गर्ने काममा क्रान्तिकारी लाग्या छन् । यिनले महँगो खाली ठाम देख्नै हुन्न । पैसो झर्ने ठाम भेट्नै हुन्न, खुरुक्क आफ्नो पारिहाल्छन् । राजपाट होस् वा देवघाटमा, बालुवा खानी होस् कि चुनखानी सरकार दानी बनेर आफन्तको पोल्टामा पार्दिहाल्छ । कस्तो सर्वहारी, कस्तो कम्युनिज्म हो यो ? नेतालाई देश नचाहिने रहेछ, सत्ता र भत्ता भए पुग्ने रहेछ । त्यसैले विद्यार्थीदेखि शिक्षकसम्म, पत्रकारदेखि कर्मचारीसम्म सबैलाई दलहरूले आआफ्ना दलका दले बनाइदिएका छन् । दले र खलेको धर्म हुन्न । खल्ती भर्नेबाहेक यिनको केही मर्म हुन्न । जिम्मेवारी त एकादेशको कथा । एमाले, समाजवादी, कांग्रेस, माओवादी वा कुनै वादी भएपछि न देश चाहिने रहेछ, न कानून र समाज नै । राजनीति तिनका लागि झेल रहेछ । सबै शक्ति लगाएर चुनाव जितेपछि देशको टुक्रा टुक्राले खल्ती भर्ने खेल रहेछ । त्यसैले एकताको नाममा घृणा र विद्वेष रोपिएको छ । देश छैन, जमातमा छन्, जनता भीडको प्रमादमा छन् । हुँदा हुँदा विदेशमा समेत दल, जाति वा सम्प्रदायका आधारमा बाँडिएका छन्, भाँडिएका छन् । एनआरएनको एउटा साधारण सदस्य बन्न विदेशमा समेत मुक्कामुक्की र लात्तालात्ती गरेर नेपाली पहिचान फैलाउन लागिरहेछन् । पुलिस, सेना, अदालत सबैतिर उही पारा छ । अब देशको रक्षा गर्न पशुपतिनाथले पनि नसक्ने परिस्थिति बनाइएको छ । उखुको पैसा उठाउन किसान काठमाडौंमा, मिटरब्याजीको फन्दाबाट उम्काइद्यौ भन्ने मिशन काठमाडौंमा, विदेश जाने मेलो मिलाउन देशभरिका युवा काठमाडौमा । सबै केन्द्रमै धाउने अनि मुख्यमन्त्रीको चाहिँ वक्तव्य मात्र आउने । यो कस्तो संघीयता बनाको हो ? काम गर्ने उमेरमा युवा पुस्तैनी जमीन बेचेर पढ्न सके युरोप, अमेरिका नसके खाडी भासिन्छन् । कोही उतैका तेस्रो दर्जाका नागरिक बन्छन् । कतिको ज्यान उतै जान्छ, कतिको कफिनमा फर्कन्छ । बाउआमा तेल भिसामा विदेश पुग्न पाए दंग पर्छन् । शरीर गलेपछि मन मरेपछि नेपाल फर्कन्छन् । केही अपवादलाई छाडेर प्रत्येक सरकारी कर्मचारी, नेताका छोराछोरी उतै विदेशमा छन् । अनि भन्नुस् त यता देश कसलाई चाहिएको छ ? सरकारको पारा उस्तै छ । आम्दानी अठन्नी खर्च रुपैयाँ । निचोरी निचोरी कर असुल्ने, त्यही करले तलबभत्ता हसुर्ने । मेवा र सेवा जति आफूलाई, जनताका भागमा सास्ती मात्रै । अनि देश चाहिँ आफ्नो पुर्ख्यौली सम्पत्ति ठानेर गर्ने मस्ती । छ्याकन कति आउँछ भन्ने दर निर्धारण गरिसकेपछि अध्ययन योजना बन्छ । अनि उता बजेट जान्छ, बल्ल यता अध्ययन शुरू हुन्छ । विकासको न भिजन छ न मिसन । छ त केवल कमिसन । ट्रेकिङ रूट मासी कच्ची मोटरबाटो बनाउने, धुँवाधुलो खुवाएर पर्यटक तर्साउने, अनि पर्यटन विकासको ठूला कुरा गर्ने । गाउँमा प्याकेट फुड, कोला र मदिरा पुर्‍याउने र श्रमिकहरूले पठाएको डलरजति सबै रित्याउने । जनता पो के कम । वर्ष दिनभरि गाली गर्ने अनि चुनावको दिन तिनै नेतालाई चुन्ने । नेता देख्नासाथ देउतै ठान्ने । घरभित्रको फोहोर लगेर बाटोमा फ्याँक्ने अनि सरकारले सफा गरेर भनी भुक्ने । सार्वजनिक ठाउँमा चुरोट फुक्ने, पान खाएर थुक्ने, जथाभावी हर्न बजाउने, पैसा कमाउन जे पनि गर्ने । अनि यो देश बन्दैन भन्ने । यस्ताले के गर्ने ? त्यसो त उद्योगी व्यवसायीहरूको संघसंस्था पनि कम छैनन् देशमा अराजकता निम्त्याउन । त्यहाँ सदस्य बन्नकै लागि लाखौं र अध्यक्ष, उपाध्यक्ष बन्नका लागि करोडौं खर्च गर्नु सामान्य बनेको छ । एकातिर प्रतिस्पर्धा भन्छन् अर्कातिर सिन्डिकेटको जालो बुन्छन् । अर्थतन्त्र डामाडोल छ । ब्याजदरमा बढी नै मोलतोल छ । को बैंकर को व्यवसायी छुट्ट्याउन गारो । मर्का भने सबै मध्यमवर्गलाई पो पार्‍यो । एउटा कथाले अहिलेको परिस्थितिलाई अझ स्पष्ट पार्छ । एकपटक गाउँमा एकजना मानिस बिहानैदेखि गम्भीर बिरामी परेछन् । चारैतिरबाट गाउँलेहरू जम्मा भएछन् र छलफल शुरू गरेछन् कि बिरामीलाई उपचार गराउन कसरी लैजाने भनेर । एक जनाले भनेछ– डोकोमा राखेर लानुपर्छ । अर्कोले भनेछ– हैन, खट बाँधौं । तर खट बाँध्न डोरी सुतरीको ठीक कि प्लाष्टिकको, खट बाँसको ठीक कि काठको ? चार जना ककसले, कहाँसम्म र अरूले कहाँसम्म लाने ? सबैले तर्क तान्न र विवाद झिक्न लागेछन् । जम्मा १ किलोमिटरको दूरीमा रहेको अस्पतालमा बिरामी लाने कुराको विवादले बिरामी मरेछन् । हो, अहिले नेपालको हालत ठीक त्यै बिरामीको जस्तो छ । देशको अर्थतन्त्र गम्भीर अवस्थामा छ । तर तीन महीनादेखि सरकारले कुरा गरेको गर्‍यै छ, केही काम गरिरहेको छैन । सत्ताको फेर समाउन दिन दिन छलफल हुन्छ । कसरी आफ्नालाई मालदार मन्त्रालय र असुली अड्डामा पुर्‍याउने भनेर जालझेल हुन्छ । तर देश सिद्धिन लागेकोमा एक रति चासो र चिन्ता छैन । सत्ता टिकाउन नेताहरू विदेशी पाउमा नेपालै चढाउन तयार देखिन्छन् । एकातिर आठ ठाउँमा जीउ भाँचेर हजुर भन्छन् अनि जनतासँग गएर तिनैविरुद्ध औंलो ठड्याउँछन् । देश चलाउने मियो बनेका नेता, मन्त्री, सरकारी कर्मचारी, हुनेखाने र केही ‘हैसियत’ भएकाहरूको एउटै उद्देश्य देश कसरी लुट्ने, कसरी विदेशमा सेटल हुने वा छोराछोरीलाई सेटल गराउने भन्नेमा सीमित छ । यो देशप्रति कसैलाई माया छैन भने किन सबै मिलेर यो देशलाई नै विघटन नगर्ने ? बरु संसद्बाटै सबै सांसदहरूले देश विघटन गरेर आफूहरू पनि विदेशैतिर लाग्ने चाँजोपाँजो मिलाउन ढिला भएन र भन्या ? बरु आउनोस्, हामी सबै मिलेर महान् नेताहरूको प्रयासलाई सफल बनाउन देश विघटन गर्नतिर लागौं, हुन्न ?

कथा : विदेश जाने रहर

म ओछ्यानमा डङग्रङ्ग लडिरहेको छु ढोका थुनेर । मेरो नियति पनि यसरी नै थुनिएको छ । जहाँ गए पनि अभागले बाटो छेक्छ । आफू ताक्छु मूढो, बन्चरो ताक्छ घुँडो भने झैँ भएको छ ।  ओहो, विदेश जाने सपनामा कति ऋण भइसक्यो, कसरी तिर्ने होला ? गाउँको घरखेत केही बाँकी छैन । बुवा पनि आजित भइसक्नु भएको छ । छोरो अमेरिका जाने भयो भनेर गाउँमा भन्नुभयो । गाउँभरि हल्ला छ, म अमेरिका गएको भनेर ।  तर यता आफू भने न समाउने हाँगो, न टेक्ने ठाउँ पाएर बिचल्लीमा छु । विदेश जाने धुनमा न पुख्र्यौली जग्गा बाँकी रह्यो, न पैसा,...

सीप सिकेर विदेश जाँदा ठगीनबाट पनि बचेँ, महिनाको ५० हजार कमाएँ

दिनेश दुवाडी / धादिङ । धादिङ – गएको आइतबार अर्थात् यही भदौ १२ गते जिल्ला प्रशासन कार्यालयको परिसरमा रहेको सुरक्षित वैदेशिक रोजगारको लागि आप्रवासी स्रोत केन्द्रमा सरिता तामाङसँग भेट भयो । ३ वर्ष अघि वैदेशिक रोजगारीमा गएर बिदामा आउनुभएकी  ज्वालामुखी गाउँपालिका ३ विजयटारकी सरिता आफ्नो वैदेशिक रोजगारीको सफलताको कथा सुनाउन आउनुभएको हो ।  कक्षा ८ मात्र पढ्नुभएकी सरिता गाउँघरमा जति दुःख गरे पनि गर्जो नटरेपछि विदेश जाने सोचमा वैदेशिक रोजगारमा जाने सोच बनाउनुभयो । विदेश त जाने तर कहाँ जाने क...

चुनावको मुखमा राहदानी लिन लाइनमा उभ्याइएका नेपालीको कथा

‘निर्वाचन त लोकतन्त्रमा एकप्रकारको चाड हो । यस्तो चाड छाडेर विदेश जाने ?’ मेरो प्रश्न भुईंमा खस्न नपाउँदै उनले भने, ‘दशैंमा बुढा बाआमासँग टीका लगाउन नपाएको ७ वर्ष भइसक्यो । भाइटीका नलगाएको त कति कति ? अब तपाईं चुनावको कुरा गर्नुहुन्छ ?’

उद्यमीका कुरा : टर्निङ प्वाइन्ट बन्यो छोरीलाई बुनिदिएको टप्स

बैशाख ४, काठमाडौं । काठमाडौं, टोखाकी विमला खनाल स्वेटर बुन्न भनेपछि सानैदेखि हुरुक्क हुने । उनको बाल्यकालको फुर्सद स्वेटर बुन्न जान्ने व्यक्ति खोज्ने र सिक्ने गर्दैमा बित्यो भन्दा पनि हुन्छ । सिलाइबुनाइप्रतिको त्यही लगावले उनलाई एक दशककै अवधिमा सफल उद्यमी तथा प्रशिक्षकको रूपमा स्थापित गराएको छ । अहिले उनी हस्तकला उद्यमी तथा प्रशिक्षकको रूपमा परिचित छिन् ।  उद्यम यात्राको कथा सुनाउने क्रममा बिमला भन्छिन्, ‘एसएलसी सकिएपछि उच्चशिक्षासँगै व्यक्तिगत रुचिका काममै ध्यान दिएँ । वाणिज्यशास्त्रमा स्नातक सकेपछि उच्च शिक्षा अध्ययनलाई निरन्तरता दिन सकिनँ । यहीबीचमा बिहे भयो ।’ बिहेपछि स्वाभाविक रूपमा पारिवारिक जिम्मेवारी थपियो । तैपनि, आफैले केही गर्नुपर्छ भन्ने हुटहुटीले छाडेन । त्यही बेला ५ सय रुपैयाँमा आधा किलो ऊन किनेर छोरीका लागि एउटा टप्स बुनिन् । त्यो टप्स यति राम्रो बन्यो कि त्यसको प्रशंसा नगर्ने कोही भएन । उक्त टप्स छोरीलाई आफ्नै हातले तयार गरिदिएको उपहारमात्रै बनेन, विमलाको जीवनको टर्निङ प्वाइन्ट नै सावित भयो ।  ‘त्यो टप्सको धेरैले प्रशंसा गरे । त्यसले मलाई अझ बढी प्रेरणा मिल्यो, र बुन्ने कामलाई निरन्तरता दिएँ,’ विमला भन्छिन्, ‘यस्ता कामप्रतिको मेरो लगाव, मोह र नतीजा देखेर एकजना दाइले उद्योग दर्ता गरेर व्यावसायिक रूपमै काम गर्न सल्लाह दिनुभयो ।’ त्यसपछि घरेलुबाटै उद्यमशीलताको तालीम लिएर घरैमा चिटिक्क होजियारी उद्योग शुरू गरेको उनले बताइन् । १० वर्षअघि उनले स्थापना गरेको उद्योगले माला, पोते, ऊनी स्वेटर, बच्चाका कपडा, कागजका सामान, पापड, सालको पातको टपरी लगायत सामान तयार गरिरहेको छ । उद्योगबाट उत्पादित सामान विमला विभिन्न मेला, महोत्सवमा स्टल राखेर विक्री गर्छिन् । कतिपय सामान विदेश जाने मान्छेले आफन्तलाई उपहारको रूपमा लैजान्छन् । स्वदेशी वस्तुको प्रयोगमा गर्व गरौं, हामी बनाऔं, हामीनै  किनौं, सृजनशील बनौं, सृजनशीलताको विकास गरौं, देशलाई समृद्ध बनाऔं भन्ने मन्त्र लिएर अघि बढ्दा सफल भएको उनको अनुभव छ । काम सानो–ठूलो हुँदैन भनेर अघि बढेकाले सफलता मिलेको उनको विश्वास छ । हेर्दा काम सानो देखिए पनि उनले यसबाट घरको सम्पूर्ण खर्च धानेकी छिन् । समाजमा उदाहरणीय महिला उद्यमीको रूपमा चिनिएकी छन् । पछिल्लो समय उनको यात्रा वस्तु उत्पादनबाट प्रशिक्षणसम्म पुगेको छ । छिमेक, टोलदेखि काठमाडौं उपत्यकासहित सिन्धुपाल्चोक, काभ्रे, सुर्खेत, धनगढी लगायत एक दर्जनभन्दा बढी जिल्लामा उनी अचार बनाउनेदेखि कागज, प्लास्टिक र पुराना सिसाका बोतल आदिबाट सजावटका सामग्री बनाउने शीप र नेतृत्व विकासको तालीम दिन प्रशिक्षकको रूपमा जाने गर्छिन् ।  उद्यम शुरू गरेको १० वर्षभित्र विभिन्न जिल्लाका ३/४ सय महिलालाई तालीम दिएको बिमलाले सुनाइन् । तालीम लिएकामध्ये अधिकांश महिला अहिले उनी जस्तै उद्यमी बनेर आफ्नो खुट्टामा उभिएका छन् । त्यो देख्दा उनलाई जीवन सार्थक भएको अनुभूति हुन्छ । ‘मलाई मेरो पेशाले दिएको सन्तुष्टि आफ्नै ठाउँमा छ,’ उनी भन्छिन्, ‘मसँग तालीम लिएका महिला आफ्नै खुट्टामा उभिएको देख्दा गर्वको अनुभूति हुन्छ । आफ्नो र परिवारको लागि मात्र नभएर समाज र देशका लागि पनि केही योगदान गरेछु जस्तो लाग्छ ।’ केही गर्ने हुटहुटी, मेहनत र इमान्दार प्रयासले उनलाई सरकारले सफल उद्यमी महिलालाई प्रदान गर्ने पुरस्कार पनि दिलाएको छ । कोरोना महामारीपछि भने उनको व्यवसाय केही सुस्ताएको छ । तर, व्यस्ततामा खासै कमी नभएको उनले बताइन् । अचेल अनलाइनमार्फत बेलायती बालबालिकालाई सालको पातको टपरी बनाउने तालीम दिइरहेको बिमलाले जानकारी दिइन् । यो काममा उनलाई ग्यालेक्सी पब्लिक स्कुलले सहयोग गरिरहेको छ ।

विदेशिने युवाको कथा ‘तीन ट्रान्जिट’

युवाहरू किन विदेशिन्छन् । नेपालमा युवाले काम पाउँदैनन् । सबैलाई किन विदेश जाने भूत चढेको छ । आफ्नै देशमा बसेर केही गरुँ न भन्ने ज्ञान युवामा कहिले आउने ? नाटक ‘तीन ट्रान्जिट’ यिनै कुराबीच घुमेको छ । नेपालको राजनीतिक विकासमा युवाको धेरै नै आवश्यकता रहेको नाटकले दर्शाउँछ । हरेक साना ठूला राजनीतिक परिवर्तनका लागि युवा चाहिन्छ तर यसरी युवा नै विदेशिएपछि देशको राजनीतिक र आर्थिक अवस्था कस्तो हुन्छ ? यी प्रश्नको जवाफ नाटकले बताउँछ । लामो समयदेखिको राजनीतिक र लोकतान्त्रिक व्यवस्था सुदृढीकरणका निम्ति युवाले गरेको सङ्घर्षको पृष्ठभूमिमा उनीहरूले खेप्नु परेको नियतिका साथसाथै विगतका अनेकन सिकाइका पाटालाई फर्केर हेर्दा ‘आगामी राजनीतिक नेतृत्व छनोट कस्तो हुनुपर्छ ? भन्ने विचार र प्रश्नहरूको जवाफ पनि नाटकमा देखाइएको छ । युवाका केही अपेक्षा, आत्म घोत्ल्याइँ, केही दुःखेसो, केही आशा र केही जागृतिका स्वरहरूको कलात्मक संयोजनको पाटो हो ‘तीन ट्रान्जिट’ । अबुधाबी, न्युयोर्क र काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थलका तीन ट्रान्जिटमा नाटकका दृश्यहरू घुमेका छन् । ट्रान्जिटमा आउने र जानेहरूका बीच हुने बहस नै यो नाटकको सेरोफेरो हो । विगतका राजनीतिक उपलब्धिलाई जोगाउन तथा विद्यमान समस्याको निराकरण गर्न चुनावमय हुँदै गएको राजनीतिक परिदृश्यमा युवाको उपस्थिति र सिर्जनात्मक जिम्मेवारी कस्तो हुनुपर्छ भन्ने जवाफको खोजी नै नाटक ‘तीन ट्रान्जिट’ को सार हो ।

खुसी खोज्दै विदेशिन बाध्य नेपालीको कथा ‘बस है पियारी’

पोखरा । पछिल्लो समय खुसी भित्राउने लालसामा वर्षेनी थुप्रै नेपाली युवाहरू विदेशिने गरेका छन् । विदेश जाने प्रत्येक युवाहरूको आफ्नै कथा, व्यथा र बाध्यताहरू रहेका छ । अधिकांश नेपालीहरू दसैँलाई महान् चाडको रूपमा मनाउँछन् । वर्षौँदेखि विदेशिएका नेपालीहरू दसैँ मान्न बिदा मिलाएर सकेसम्म घर फर्कन्छन् । तर कतिपय युवाहरूको बाध्यता यस्तो छ कि दसैँको संघारमै विदेशिनुपर्ने बाध्यता छ । यस्तै कथा व्यथालाई समेटेर गीतकार आकाश दाहालले ‘बस है पियारी, घरबारै स्याहारी’ बोलको गीत सार्वजनिक गरेका छन्