विप्लव नेकपा र कर्णजीत नेतृत्वको माओवादी केन्द्रबीच तीनबुँदे सहमति

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी (सुशील) अध्यक्ष रहेको नेकपा (माओवादी केन्द्र) बीच तीनबुँदे सहमति भएको छ

सम्बन्धित सामग्री

यी हुन् माओवादी केन्द्र प्रवेश गरेका विप्लव नेकपाका नेताहरु

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहितका ६० जनाभन्दा बढी नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् । आज माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।पुन महाकाली ब्यूरो इन्चार्ज समेत हुन् । यस्तै पूर्व केन्द्रीय सदस्य शंकर बहादुर खड्का सेती ब्यूरो इन्चार्ज हुन् भने दलबहादुर धामी महाकाली इन्चार्ज हुन्। पूर्व दार्चुला तथा कञ्चनपुर जिल्ला इन्चार्ज समेत रहेका परियार हाल विशेष

ओमप्रकाश पुनसहितका नेता माओवादी केन्द्र प्रवेश गर्दै

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहितका नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गर्ने भएका छन् । उनीहरूलाई आज माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ । पुनसहित शङ्कर बहादुर खड्का, दलबहादुर धामी र रमेश परियारलगायतका नेताहरुले गत साता मात्र नेकपाबाट सामूहिक राजीनामा दिएका […]

विप्लव समूह छोडेका ओम पुनसहित चार केन्द्रीय सदस्य माओवादी प्रवेश गर्ने तयारी

नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूह छोडेका ओमप्रकाश पुनसहित चार केन्द्रीय सदस्यले नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी गरेका छन् । । माओवादी धारा केन्द्रीकृत र ध्रुवीकृत गर्ने उद्देश्यका साथ विप्लव समूह छाडेको उनीहरुले संयुक्त विज्ञप्तिमा समेत उल्लेख गरेका छन् ।विप्लव समूह छाडेका चार केन्द्रीय सदस्य माओवादी केन्द्रमा प्रवेश गर्ने प्रचण्ड निकट एक प्रभावशाली नेताले बताए ।  ‘विप्लव समूह छाडेका ओम पुनसहित चार केन्द्रीय सदस्य माओवादी केन्द्र प्रवेश गर्ने कुरा ओपन से

विप्लव विद्यार्थी संगठन ललितपुर संयोजक अखिल क्रान्तिकारीमा प्रवेश

नेकपा विप्लव समूह  निकट अखिल (क्रान्तिकारी)का ललितपुर जिल्ला संयोजक मान बहादुर तिरुवा विप्लव पार्टी र विद्यार्थी संगठन परित्याग गरी माओवादी (केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा प्रवेश गरेका छन् ।उनलाई माओवादी केन्द्र निकट विद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष पन्चा सिंहले प्रवेश गराएकी हुन । उनलाई केन्द्रीय समितिमा राखिएको छ ।

नेकपा विप्लव समूह, माओवादी र नेकपा एसका शीर्ष नेताहरूबीच भेट

काठमाडौँ– नेकपा विप्लव समूहका शीर्ष नेताहरूले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूसँग भेट गरेका छन् । आइतबार नेकपा विप्लव समूहका सचिवालय सदस्यहरू धर्मेन्द्र बास्तोला कन्चन र हेमन्तप्रकाश वली सुदर्शनले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका हुन् । उनीहरूबीच कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा भेट भएको हो । केही […]

प्रचण्ड–विप्लव भेटवार्ता : ‘तत्काल सहकार्य, भविष्यमा एकता’

४ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । भेटमा दुई पार्टीबीच सहकार्यका विषयमा छलफल भएको स्रोतले बतायो । माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच केही दिनयता पार्टी एकताको प्रयासअनुसार छलफल चल्दै आएको छ । यसको पहल माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले गर्दै आएका छन् […]

विप्लव समूह माओवादी केन्द्रमा नै फर्किनेः दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्द (विप्लव) समूह माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गरेका छन् ।शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेत्रविक्रम चन्द (विप्लव) माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गर्नुभएको हो । उहाँले माओवादीबाट टुक्रिएर गएका अन्य नेताहरूसँग आफ्नो […]

विप्लव नेतृत्वको नेकपा र माओवादी केन्द्रबीच तीन बुँदे सहमति

काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी ‘सुशील’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) बीच तीन बुँदे सहमति भएको छ । फागुन २९ गते बसेको संयुक्त बैठकमा दुई पार्टीबीच सहमति भएको छ । सहमतिमा वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्न सहकार्य गर्ने, क्रान्तिकारीहरु एकताको लक्ष्य राखी सहकार्य गर्ने र यस प्रक्रियामा अन्य क्रान्तिकारी पार्टीलाई पनि सहभागी गराउने उल्लेख छ ।