नारायणस्थान डाँडामा बुद्ध मूर्ति

बनेपा– काभ्रेपलाञ्चोकको सबैभन्दा अग्लो ठाउँ बेथानचोक गाउँपालिका–३ स्थित पर्यटकीयस्थल नारायणस्थानको चिप्लेटी डाँडामा बुद्धको मूर्ति स्थापना गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोग र धुलिखेलस्थित नेपाली सेनाको कालीजङ्ग गणको समन्वयमा सो मूर्ति स्थापनासँगै बुद्धपार्क परिसरमा वृक्षरोपणसमेत गरिएको छ  । पर्यटकीय क्षेत्र बेथानचोकको नारायणस्थान डाँडामा स्थापना भएको बुद्धको मूर्तिले त्यहाँको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ […]