काठमाडौं । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालको आयोजनामा विपद् जोखिम न्युनिकरण तथा प्रतिकार्यका लागि जिल्ला सुरक्षा समितिसँग समन्वयात्मक बैठक सम्पन्न भएको छ । मनसुजन्य विपद्को जोखिम न्युनिकरण तथा प्रतिकार्यका लागि प्रदेश सरकारले शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका जिल्ला सुरक्षा समितिहरुसँग समन्वयात्मक छलफल गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री लामिछानेले गत […]
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आफ्ना कर्मचारीहरूका लागि आजदेखि नैतिक संहिता लागू गरेको छ । अध्यागमन सेवालाई प्रभावकारी बनाउने उद्देश्यले नैतिक संहिता बनाई आजदेखि लागू गरिएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए । उनका अनुसार अध्यागमन प्रशासनसँग सम्बन्धित अन्तर्राष्ट्रिय मूल्य, मान्यता तथा सिद्धान्तअनुरूप कर्मचारीलाई विद्यमान राष्ट्रिय कानुन, सामाजिक तथा सांस्कृतिक […]
काठमाडौं- भारतीय दूतावासले नेपालका तीन जना युवा क्रिकेटहरूलाई भारतमा एक महिने प्रशिक्षण दिने भएको छ । ‘राजदूत क्रिकेट फेलोशिप फर नेपाली यूथ’अन्तर्गत दूतावासले नेपाली यू-१९ क्रिकेटहरू नरेन भट्ट, साहिल पटेल र पूजा महतोलाई १५ जुलाईदेखि १४ अगस्टसम्म भारतको भोपालस्थित एलबी शास्त्री क्रिकेटशालामा एकमहिने व्यावसायिक प्रशिक्षणमा सहभागी गराउन लागिएको हो । यो पहल भारतीय दूतावासको तर्फबाट […]
काठमाडौं– प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडलाई व्यावसायिक बनाउँदै पूर्ण क्षमतामा सञ्चालन र राज्यको आधारभूत औषधि उत्पादनको प्रमुख एकाइका रूपमा विकास गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको शुक्रबारको बैठकले सो कम्पनीलाई उत्पादन अभिवृद्धि तथा व्यवसाय विस्तारसम्बन्धी वित्तीय आवश्यकताको परिपूर्ति गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो […]