कांग्रेसको संस्थापन इतर पक्षमा सभापतिको साझा उम्मेदवार चयन गर्न सकस

काठमाडौं, असार २५ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षलाई सभापति पदमा साझा उम्मेद्वार तय गर्न समस्या देखिएको छ । रामचन्द्र पौडेल समूहको शुक्रबार बसेको बैठकमा आसन्न १४औं महाधिवेशनमा संस्थापन इतरबाट साझा उम्मेदवार उठाउने विषयमा छलफल भएको छ । तर सभापतिका आकंक्षी नेताहरुले आफैंलाई उम्मेवारको रुपमा प्रस्तुत गर्दै एक अर्कालाई सहयोगका लागि आग्रह गरेका छन् । […]