सीमानामा स्वास्थ्य परिक्षणमा बेवास्ता, परिक्षण विनै भित्रिंदै आगन्तुक

नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहा नाका खुलेपछि भारतबाट आउनेहरुको स्वास्थ्य परिक्षणमा बेवास्ता भैरहेको पाइएको छ । सो नाकाबाट नेपाल भित्रिने अधिकांश भारतीय र नेपाली नागरिक स्वास्थ्य परिक्षणविनै भित्रिरहेको स्थानीयले बताएका छन् । सरकारले भारतीयहरुका लागि ७२ घण्टा भित्रको पीसिआर रिपोर्ट र खोप लगाएको कार्ड अनिवार्य गरे पनि जमुनाहा नाकामा न त कसैले पीसीआर रिपोर्ट माग्छ न खोप कार्ड नै माग्ने गरिन्छ स्थानीयको भनाई छ ।

सम्बन्धित सामग्री

महिलाका लागि ह्याकिङ फर ह्युम्यानिटी ह्याकाथन आयोजना गर्दै शिक्वल फाउन्डेसन

शिक्वल फाउण्डेसनले एनसेल ह्याकिङ फर ह्युम्यानिटी ह्याकाथन आयोजना गर्ने भएको छ । माघ २७ देखि २९ गतेसम्म धुलिखेलको आगन्तुक रिसोर्ट आयोजना हुनेछ। देशभरका महिलाहरूलाई लक्षित गर्दै आयोजना भएको यस कार्यक्रमका लागि शिक्वल फाउण्डेसनले गर्ल्स इन टेक र वुमन इन बिग डेटासँग सहकार्य गरेको छ ।   ह्याकिङ फर ह्युम्यानिटीमा सहभागीले खेती, व्यवसाय, शिक्षा, स्वास्थ्य र...

सीमाको हेल्थ डेस्कमा छिर्नै मान्दैनन् आगन्तुक

कोरोना संक्रमण पुन: बढेपछि भारतबाट आउनेको स्वास्थ्य परीक्षण गर्न जोगवनी नाकामा राखिएको स्वास्थ्य हेल्थ डेस्कमा पस्न हत्तपत्त कोही पनि मान्दैनन् । त्यहाँ खटिएका स्वास्थ्यकर्मी आफैंले एक नम्बर गेटमा पुगेर आगन्तुकलाई डोर्‍याएर ल्याएर स्वास्थ्य परीक्षण गर्ने गरेका छन् ।

सीमाको हेल्थ डेस्कमा छिर्नै मान्दैनन् आगन्तुक

कोरोना संक्रमण पुन: बढेपछि भारतबाट आउनेको स्वास्थ्य परीक्षण गर्न जोगवनी नाकामा राखिएको स्वास्थ्य हेल्थ डेस्कमा पस्न हत्तपत्त कोही पनि मान्दैनन् । त्यहाँ खटिएका स्वास्थ्यकर्मी आफैंले एक नम्बर गेटमा पुगेर आगन्तुकलाई डोर्‍याएर ल्याएर स्वास्थ्य परीक्षण गर्ने गरेका छन् ।

झापा एफसीकाे बीमा पार्टनर नेकाे इन्स्याेरेन्स

काठमाण्डौ – यही महिना सुरु हुन गइरहेको नेपाल सुपर लिग (एनएसएल) को नव आगन्तुक टोली झापा एफसीले नेको इन्स्योरेन्सलाई बीमा पार्टनरका रूपमा पाएको छ । देशकै पहिलो निजी फुटबल क्लबका रूपमा आफूलाई उभ्याएको झापाले हिजो सोमवार नेकोसँग एक कार्यक्रमका बीच सम्झौता गरेको हो । कार्यक्रमका क्लबका तर्फबाट उपाध्यक्ष यम बस्नेत र नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सीईओ अशोककुमार खड्काले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार सुपर लिगमा झापामा आबद्ध खेलाडीहरूको १० लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा हुने पक्...

हेल्थडेस्क सञ्चालनमा ल्याइने

हुम्ला । हुम्ला जिल्लामा यही माघ ७ गतेदेखि सार्वजनिक सेवा लिन जाँदा अनिवार्य खोप कार्ड देखाउनुपर्ने व्यवस्था गरिने भएको छ । जिल्लाका नागरिकलाई संक्रमणबाट बचाउन सातओटा स्थानीय तहमध्ये मुख्य नाकामा हेल्थ डेस्क पुनः सञ्चालनमा ल्याउने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले निर्णय गर्नुका साथै संक्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाउन आग्रह समेत गरेको छ । यसैगरी सार्वजनिक सेवा प्राप्त गर्न अनिवार्य कोभिड विरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने व्यवस्था गर्नुका साथै सार्वजनिक स्थलमा धेरै व्यक्ति उपस्थित हुनेगरी राजनीतिक, प्रशासनिक र सामाजिक कार्यक्रम नगराउन पनि समितिले निर्देश समितिले निर्देश गरेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । जिल्ला भित्रिने मुख्य नाका सिमकोट विमानस्थल, ताँजकोट गाउँपालिकाको मैला कवाडी र चंखेली गाउँपालिकाको मिमिमा आवश्यक स्वास्थ्यसामग्री र स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क सञ्चालनमा ल्याएर आगन्तुक नागरिको स्वास्थ्य जाँच गरिने र सिमानाकास्थित गाउँपालिकाका स्वास्थ्य संयोजकले जिल्ला भित्रिएका नागरिकको दैनिक स्वास्थ्यसम्बन्धी प्रतिवेदन स्वास्थ्य सेवा कार्यालयमा पठाउनुपर्ने व्यवस्था गरिएको पनि उनले जानकारी दिए । कोरोनाविरुद्ध जनचेतना फैलाउन जिल्लाका सबै सञ्चार माध्यममार्फत सन्देश प्रवाह गर्नुपर्ने, सबै गाउँपालिकामा कम्तीमा पनि एउटा आइसोलेशन सेन्टर तयारी अवस्थामा राख्नुपर्ने, खाद्यान्न विक्री गर्दा दुई मिटरको दूरी कायम गर्नुपर्ने, सार्वजनिक सवारी साधनमा अनिवार्य मास्क प्रयोग गर्न लगाउनुपर्ने र माघ १५ गतेसम्म विद्यालयमा पठनपाठन बन्द गर्नुपर्ने, व्यवस्था गरिएको छ । त्यसैगरी अस्पताल र आइसोलेशनमा पर्याप्त अक्सिजनको व्यवस्था गर्नुपर्ने, प्रहरीको समन्वयमा सबै गाउँपालिकामा कोरोनाविरुद्ध सचेतनामूलक सन्देशसहित प्रचारप्रसार गर्नुपर्ने र सबै गाउँपालिकामा स्वास्थ्यसामग्री, जनशक्ति, अक्सिजनको व्यवस्था मिलाउनुपर्नेमा पनि समितिले जोड दिएको थियो । रासस

प्रशासनको पत्र : उपत्यकामा जात्रा, जुलुस र चाडपर्वमा भिडभाड नगर्नू

काठमाडौं : काठमाडौं उपत्यकामा सभा,जुलुस,जात्रा जमघट गर्न अझै रोक लगाइएको छ। बिहीबार जिल्ला प्रशासन कार्यलय काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले कोरोना जोखिम कायमै रहेकाले अर्को आदेश नभएसम्म भिडभाडजन्य क्रियाकलाप गर्नमा रोक लगाएको हो।भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार होटेल वा पार्टी प्यालेसले कुनै बैठक,सेमिनार गोष्ठी,भोजजस्ता कायर्यक्रम गर्दा  आगन्तुक वा सहभागीलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने छ।त्यस्तै,सार्वजनिक तथा निजी

बन्दीपुरमा आगन्तुक पर्यटकलाई प्रवेश निषेध

पर्यटकीय नगरी बन्दीपुरका मुख्य बजारमा आगन्तुक पर्यटकलाई प्रवेश निषेध गरिएको छ । कोभिड–१९ को जोखिम बढेपछि गाउँपालिकाले जिल्लाभन्दा बाहिरी ठाउँबाट आउने पर्यटकलाई प्रवेश निषेध गर्ने निर्णय गरेको हो ।           गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङको अध्यक्षतामा आज बसेको बैठकले घुम्न आउने पर्यटकलाई शुक्रबारदेखि मुख्य बजारमा प्रवेश निषेधको निर्णय गरेको हो । “कोरोनाको दोस्रो लहरको जोखिम बढेकाले न्यूनीकरणका लागि यो निर्णय गरिएको हो,” उहाँले भन्नुभयो । गाउँपालिकाले शुक्रबार नै बसपार्क नजिक स्वास्थ्य सहायता कक्ष स्थापना गर्नेछ ।

पोखराका १० प्रतिशत होटल सञ्चालन

कोरोना भाइरसको कारण देशमा लगातार ४ महिना भन्दा बढी समय लकडाउन हुँदा प्रभावित भएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन गत बिहीबारदेखि पोखरा क्षेत्रका होटल तथा रेष्टुरेण्टहरु पुनः सञ्चालन हुन थालेका छन् । पोखरा क्षेत्रको पर्यटन क्षेत्रलाई चलायमान बनाउन बिहीबारदेखि होटल तथा रेष्टुरेण्ट पुनः सञ्चालनमा आएको पोखरा पर्यटन परिषदका उपाध्यक्ष गोपीबहादुर भट्टराईले बताए । उनका अनुसार ३० प्रतिशत जसो पर्यटकीयस्तरका रेष्टुरेण्टहरु बिहीबारदेखि पुनः सञ्चालनमा आएका छन् । रेवान पोखराका पूर्वअध्यक्ष समेत रहेका उपाध्यक्ष भट्टराईले हाल आगन्तुक पाहुनालाई स्वागत गर्न स्वास्थ्य मापदण्ड पूरा गरी पोखराका व्यवसायीहरु पर्यटकीय गतिविधि चलायमान बनाउन सुरु गरेको जनाए ।

नेपालका लागि कोभिड–१९ बारे ३५ तथ्य: भाइरस फैल्न रोकौं

विशेष स्वास्थ्य परिस्थितिमा रहेका व्यक्ति संक्रमणको अत्यन्तै जोखिममा हुँदा व्यक्तिलाई ‘शिल्डिङ्ग’ गरिन्छ । सेल्फ आइसोलेशनको अर्थ घरभित्रै कसैसँग नजिक वा अन्तरक्रिया नगरी अलग्गिएर बस्नु हो । सामाजिक दूरीले व्यक्ति–व्यक्तिबीच निश्चित दूरी बनाएर बस्नु हो । बाहिरका आगन्तुक वा संक्रामक व्यक्ति निश्चित अवस्था, अवधि वा एक्लिएर बसेको परिस्थिति क्वारेन्टाइन हो ।