छाँयानाथ रारा नगरपालिकाको प्रत्येक घरमा मास्क तथा सेनिटाइजर वितरण

मुगु : कोरना भाइरस संक्रमण रोकथामका लागि छायाँनाथ रारा नगरपालिकाले नगरका पाँच हजार ५००  घुरधुरीका २६ हजार सर्वसाधरणलाई स्वास्थ्य समाग्री वितरण सुरु गरेको छ। नगरपालिकाले प्रत्येक नागरिकलाई सर्जिकल मास्क, साबुन र प्रतिघरलाई १०० एमएलको सेनिटराइजर  वितरण सुरु गरेको हो। चालु आर्थिक वर्षमा नगरपालिकाले १४ वटा ...

सम्बन्धित सामग्री

नगरबासीलाई स्वास्थ्य सामग्री वितरण

नगर क्षेत्रमा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि छाँयानाथ रारा नगरपालिकाले नगरभित्रका ५ हजार ५ सय घुरधुरीका २६ हजार घरपरिवारलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । छाँयानाथ रारा नगरपालिकाले नगरभित्रका १४ वडाका ५ हजार ५ सय घरधुरीका २६ हजार सर्वसाधारणलाई कोरोना भाइरस संक्रमण नफैलियोस भन्ने हेतुले प्रतिब्यक्ति सरसफाइका सामग्री सर्जिकल मास्क, हात धुने डिटोल साबुन र प्रतिघरलाई १ सय एमएल सेनिटाइजर वितरण गरेको हो । आव ०७६-७७ मा छाँयानाथ रारा नगरपालिकाले १४ वडामा विनियोजन गरेको कुल बजेटबाट रकमान्तर गरी प्रत्येक वडाबाट ७ लाख ५० हजार र बाँकी रकम नगरपालिकाले बेहोर्ने गरी कुल १ करोड १० लाखको विपद् कोष स्थापना गरेको थियो ।