एमसीसी नेपालको हितमा छ, विरोध गर्नेहरूमा ज्ञानको अभाव देखियो– डा. महत [विशेष कुराकानी]

अमेरिकी सरकारको विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालमा लागू गर्न हुने कि नहुने भन्ने विषयमा व्यापक चर्चा एवं वाद-प्रतिवाद भइरहेका छन् । राजनीतिक दलहरूमा समेत एकमत छैन । हरेक तह र तप्कामा पक्ष र विपक्षमा बहस भइरहेका छन् ।  नेपालका तर्फबाट अर्थ मन्त्रालय तथा संयुक्त राज्य अमेरिकाका तर्फबाट मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच (एमसीसी)बीच भएको सम्झौता कार्यान्वयन हुँदाका लाभहानीका विषयमा बहस भइरहेका छन् । संघीय संसद्मा टेबल भएको उक्त सम्झौता अघि बढाउने संकेत प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् । त...