कालिका लघुवित्तको गोष्ठी

कालिका लघुवित्त वित्तीय संस्थाका सम्पूर्ण शाखाका शाखाप्रमुख स्तरीय २ दिने गोष्ठी सम्पन्न भएको छ।...

सम्बन्धित सामग्री

कालिका लघुवित्तको शाखा प्रमुख सम्मिलित गोष्ठी

काठमाडौं (अस) । कास्कीको पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्थाले सबै शाखाका शाखा प्रमुख सम्मिलित दुई दिने गोष्ठी सम्पन्न गरेको छ । मंसिर २५ र २६ गते पोखरामा सञ्चालित गोष्ठीमा ९१ शाखाबाट शाखा प्रमुख एवं शाखा प्रतिनिधि सहभागी थिए । गोष्ठी उद्घाटन सत्रको अध्यक्षता प्रबन्ध सञ्चालक केशवनारायण प्रधानले गरेका थिए भने संस्थाका सञ्चालक चन्द्रबहादुर क्षेत्रीले कार्यक्रम उद्घाटन गरेका थिए । दुई दिने गोष्ठीमा शाखामा देखिएका समस्या, लक्ष्य हासिलका लागि आगामी योजना र समस्या समाधानका उपायबारे छलफल गरी संस्थाको नीति–नियमअनुसार काम गर्न प्रबन्ध सञ्चालक प्रधानले निर्देशन दिए । कार्यक्रमको अन्त्यमा विभिन्न विधामा उत्कृष्ट शाखालाई सञ्चालक विश्व नेपाल, प्रबन्ध सञ्चालक प्रधानलगायतले प्रमाणपत्र वितरण गरे ।

कालिका लघुवित्तद्वारा शाखा प्रमुखका लागि गोष्ठी आयोजना

मंसिर २७, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले शाखा प्रमुख स्तरीय दुई दिने गोष्ठी आयोजना गरेको छ । पोखरामा आयोजित गोष्ठीको उद्घाटन सत्रको अध्यक्षता कम्पनीका प्रवन्ध सञ्चालक केशव नारायण प्रधानले गरेका थिए । उनले शाखा कार्यालयमा देखिएका समस्याहरु, लक्ष्य हासिलका लागि अपनाइने आगामी योजना र समस्या समाधानका उपायहरुको वारेमा विस्तृत छलफल भई कम्पनीको नीतिनियमको परिधिमा रही कारोबार सञ्चालन गर्न  निर्देशन दिएका थिए ।  कार्यक्रमको अन्तमा विभिन्न विधामा उत्कृष्ठ भएका शाखाहरुलाई सञ्चालक विश्व नेपाल, प्रवन्ध सञ्चालक केशव नारायण प्रधानलगायतले सम्मानगर्दै प्रमाणपत्र वितरण गरेका थिए । उद्घाटन सत्रको सञ्चालन वरिष्ठ प्रवन्धक फणिन्द्र पाण्डेले गरेका थिए भने सहजीकरण अधिकृत याम प्रसाद अर्यालले गरेका थिए । गोष्ठीमा ९१ ओटा शाखाहरुबाट शाखा प्रमुख एवं शाखाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।