तहसनहस हुँदै यमन

पश्चिम एसियाली मुलुक यमन राजनीतिक र भौतिक रूपमा ध्वस्त भएको छ । त्यहाँको प्रमुख शक्ति हुथी विद्रोहीद्वारा केन्द्रीय सत्ता कब्जा, विदेशीले बनाइदिएको कामचलाउ सरकार र विदेशी सैन्य गठबन्धनको निरन्तर आक्रमणका कारण यो मुलुक इतिहासकै सबैभन्दा कठिन मोडमा पुगेको छ । चरम भोकमरीले बालबालिका मरिरहेका छन् । कुपोषण, हैजा, कोरोना महामारीले जनजीवन अस्तव्यस्त छ । केन्द्रीय सत्ता विद्रोहीको हातमा छ । राजधानी साना उसकै नियन्त्रणमा छ । सानाबाट भागेर सीमाक्षेत्र एडेनमा पुगेको पराजित सरकार विदेशीको कठपुतली बनेको छ । उसको हैसियत केही पनि छैन । एक किसिमको शरणार्थीजस्तै छ, यो सरकार । आफैँ टिक्न नसकेको यस्तो सरकारबाट जनताले के आस गर्ने ? साउदी नेतृत्वको गठबन्धन सेनाको सहयोगमा एडेनमा शरणार्थी बनेको यो सरकारमाथि पनि हुथी विद्रोहीले बेलाबखत क्षेप्यास्त्र आक्रमण गरी भय र त्रास सिर्जना गर्ने, क्षति पु¥याउँदै आएको छ । हुथी विद्रोहीलाई इरानको सहयोग छ । एडेन सरकारलाई साउदी गठबन्धनले सघाइरहेको छ । हुथी विद्रोहीले एडेनलाई आक्रमणको निशाना बनाउँछ भने साउदी गठबन्धनले सानालाई । यो हिंसात्मक द्वन्द्व तत्काल अन्त्य हुने सम्भावना देखिएको छैन । जसले गर्दा यमनी जनताको भविष्य अन्योलग्रस्त बनेको छ । इतिहासमै सबैभन्दा बढी पीडाबोध गरेका यमनीहरूका अगाडि तत्काल मुलुकको समस्या समाधानको भरपर्दो विकल्प देखिएको छैन । जसले गर्दा यमनको भविष्यमाथि नै प्रश्नचिह्न खडा भएको छ । गत बुधबार दक्षिणी एडेन सहरस्थित विमानस्थलमा हुथी विद्रोहीले प्रधानमन्त्री र मन्त्रीहरूलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरे । संयोगवश प्रधानमन्त्री र मन्त्रीहरूको ज्यान जोगिए पनि अन्य २२ जना मारिए । घटनामा ५० जनाभन्दा बढी घाइते भए । युद्धका कारण विभाजित यमनमा हालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी अरबबाट आएर अवतरण गरेको केही बेरमै दुईवटा शक्तिशाली क्षेप्यास्त्र प्रहार गरिएको थियो ।

सम्बन्धित सामग्री

यमन युद्ध अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको ‘रोडम्याप’को स्वागत

दुबई, ९ पुस । यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले गृहयुद्ध अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा गरिएको प्रयासको स्वागत गरेको छ । सन् २०१४ मा इरान समर्थित हुथी विद्रोहीले सानामाथि कब्जा जमाएपछि अरब प्रायद्वीपको सबैभन्दा गरिब देश द्वन्द्वको चपेटामा परेको छ । संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको युद्धविरामले अप्रिल २०२२ मा शत्रुतामा तीव्र कमी ल्याएको थियो । […]

यमन ‘माझी किङ’ अवार्डबाट सम्मानित

काठमाडौँ । यमन माझी सर्वोत्कृष्ट गायक (माझी किङ) अवार्डबाट सम्मानित भएका छन् ।  छैटौँ मनास्लु राष्ट्रिय अवार्ड २०७९ मा उनलाई सांगीतिक क्षेत्र साथै माझी जातीय पहिचानको लागि विगत लामो समयदेखि पुर्‍याएको योगदानको कदर गर्दै

गायक यमन माझीलाई 'सर्वोत्कृष्ट गायक अवार्ड'

गायक यमन माझी (माझी किङ) सर्वोत्कृष्ट गायक अवार्डबाट सम्मानित भएका छन्।

इरानले यमन पठाएको सत्तरी टन मिसाइल इन्धन अमेरिकी सेनाको कब्जामा

इरानले यमन पठाएको सत्तरी टन ‘मिसाइल’ इन्धन अमेरिकी सेनाले आफ्नो नियन्त्रणमा दिएको छ । इरानबाट यमन जाने पानीजहाजमा मलका झोलामा लुकाइएको ७० टन मिसाइल इन्धन अमेरिकी नौसेनाले मङ्गलबार नियन्त्रणमा लिएको बताएको छ । यमनमा युद्धविराम भङ्गभएपछि अवैधरूपमा पठाइएको उक्त इन्धन पहिलोपटक जफत भएको हो । अमेरिकी सेनाले जफत गरेको इन्धनले एक दर्जनभन्दा बढी मध्यम दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र सञ्चालन गर्न सकिन्छ । यमनका इरान समर्थित हुथी विद्रोहीले देशको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार र सा

इरानले यमन पठाएको सत्तरी टन मिसाइल इन्धन अमेरिकी सेनाको कब्जामा

एजेन्सी। इरानले यमन पठाएको सत्तरी टन ‘मिसाइल’ इन्धन अमेरिकी सेनाले आफ्नो नियन्त्रणमा दिएको छ । इरानबाट यमन जाने पानीजहाजमा मलका झोलामा लुकाइएको ७० टन मिसाइल इन्धन अमेरिकी नौसेनाले मङ्गलबार नियन्त्रणमा लिएको बताएको छ । यमनमा युद्धविराम भङ्गभएपछि अवैधरूपमा पठाइएको उक्त इन्धन पहिलोपटक जफत भएको हो । अमेरिकी सेनाले जफत गरेको इन्धनले एक दर्जनभन्दा बढी मध्यम […]

खाद्य सहायता जहाज युक्रेनबाट यमन प्रस्थान

विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले ३७ हजार मेट्रिक टन गहुँ बोकेको  जहाज मङ्गलबार युक्रेनको युजन्हीको ब्ल्याक सी बन्दरगाहबाट यमनतर्फ प्रस्थान गरेको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ । गत “फेब्रुअरीमा (रूसी–युक्रेनी) द्वन्द्व सुरु भएदेखि युक्रेनबाट भएको खाद्य सहायताको यो दोस्रो सामुद्रिक ढुवानी हो,“ विज्ञप्तिमा भनिएको छ ।यो ढुवानीले यमनका करिब ४० लाख मानिसलाई एक महिनाका लागि सहयोग उपलब्ध गराउने अपेक्षा गरिएको छ । यमन सन् २०१४ को अन्त्यदेखि गृहयुद्धमा फसेको छ जसले दे

यमन शहर वरिपरि लडाइँ हुँदा दर्जनौंको मृत्यु

विद्रोहीले नियन्त्रण गरेको शहरलाई लिएर भएको नयाँ आक्रमक हमलामा यमनी समर्थक दर्जनौँ लडाकू मारिएका छन् । संयुक्त अरब इमिरेट्समा मिसाइल आक्रमणपछि यमनी हुथी विद्रोही समूहलाई लक्षित कारबाहीमा वृद्धि भएको विद्रोही पक्षधर एक स्रोतले मङ्गलबार जनाएको छ ।राजधानी सानाको उत्तर र साउदी सीमा नजिकै इराननिकट मानिने विद्रोहीलाई धपाउन तीन दिनको लडाइँमा ३२ जना सैनिकको मृत्यु भएको छ र कम्तीमा १०० जना घाइते भएका छन् ।  यमन सन् २०१४ देखि उत्तरको अधिकांश भागलाई नियन्त्रण गर्ने साउदी नेतृत्वको सैन्य गठबन्धनको

अवैधरुपमा इरान हुँदै यमन पुर्‍याउन लागेको हतियार अमेरिकी नौसेनाद्वारा बरामद

एजेन्सी, ९ पुस। अमेरिकी नौसेनाको समूहले ठूलो संख्यामा हातहतियार बरामद गरेको छ। अवैधरुपमा इरान हुँदै यमन पुर्‍याउन लागेको अवस्थामा अमेरिकी नौसेनाले हतियार बरामद गरेको हो। तस्करहरुले अबैध रुपमा ठुलो संख्यामा हातहतियारहरु यमन पुर्‍याउन लागेको सुचना पाएसँगै अमेरिकी नौसेनको टोली ईरान पुगेको थियो। सो सुचनापछि नौसेनाले सोमबारदेखि अरबियन सागर क्षेत्रमा छापा मार्न सुरु गरेको थियो। उक्त […]

यमन र निशाले गाए पनौतीको मकर मेला

गायक गायिका यमन श्रेष्ठ र निशा देशारको स्वरमा पन्तियः मकर मेला बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। हालै शताब्दी पुरुष सत्यमोहन जोशीको निवासमा एक कार्यक्रम आयोजना गरी गीत सार्वजनिक गरिएको हो। पनौतीमा हरेक १२ वर्षमा लाग्ने मकर मेलालाई लक्षित गरी नेवारी भाषामा लेखिएको गीतमा भोला श्रेष्ठको शब्द रचना रहेको छ। संगीत सुरेश अधिकारीले भरेका […]