सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ११ का वडाध्यक्षको शपथ ग्रहण रोकिएको छ । ईश्वरपुर नगरपालिका ११ का नवनिर्वाचित वडाध्यक्ष राम दुलार साहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएकाले तत्काल शपथ नखुवाइएको हो । निर्वतमान वडाध्यक्ष समेत रहनुभएका साहविरुद्ध पहिलो कार्यकालमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । भ्रष्टाचारको मुद्दा दर्ता भएपछि निलम्बनमा […]