कालिकोटमा दोहोरो गठबन्धनका बाबजुद काँग्रेस दुई पालिकामा सीमित, एमाले शून्य

सुर्खेत । माओवादीको वर्चश्व रहेको कालिकोट जिल्लामा स्थानीय तह निर्वाचन अन्तर्गत नेपाली काँग्रेसले दोहोरो गठबन्धन गरेको थियो । यद्यपि काँग्रेस ९ मध्ये दुई पालिकामा सीमित भएको छ ।कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृह जिल्ला कालिकोटमा काँग्रेसले केही पालिकामा नेकपा माओवादी केन्द्र र केही पालिकामा नेकपा एमालेसँग गठबन्धन गरेको थियो । सत्तारुढ गठबन्धनबीच आपसमा तालमेल गर्ने, नभएमा मित्रवत् प्रतिस्पर्धा गर्ने तर गठबन्धन घटक बाहिर तालमेल नगर्ने सहमति भए पनि काँग्रेसले एमालेसँग समेत यो जि

सम्बन्धित सामग्री

कञ्चनपुरमा काँग्रेस पाँच, एमाले तीन र माओवादी एक पालिकामा विजयी

महेन्द्रनगर । कञ्चनपुरका नौ वटै पालिकामा स्थानीय तहको निर्वाचनको मतगणना सकिएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लाका पालिकामा राम्रो पकड जमाएको नेकपा (एमाले) यस पटक भने तीन पालिकामा समिति रहन पुग्यो । दुई गाउँपालिका र सात नगरपालिका रहेको कञ्चनपुरमा नेपाली काँग्रेसले चार नगर र एउटा गाउँपालिकामा विजयी हासिल गरेको छ । यहाँको […]

नवलपरासीको ३ पालिकामा काँग्रेस र ३ पालिकामा एमाले विजयी

नवलपरासीको ६ वटा पालिकाको मतगणना कार्य सकिएको छ । जिल्लाको ७ पालिकामध्ये ३ पालिकामा नेपाली काँग्रेस र ३ पालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । अझै एउटा पालिका पाल्हीनन्दन गाउँपालिकाको मतगणना कार्य जारी नै रहेको छ । ६ दिन लगाएर सकिएको मत गणनाले रामग्राम, सुनवल नगरपालिका, सरावल गाउँपालिकामा एमालेले जित हासिल गरेको छ भने बर्दघाट नगरपालिका, प्रतापपुर, सुस्ता गाउँपालिकामा काँग्रेसले हात पारेको छ । यता पाल्हीनन्दन गाउँपालिकामा काँग्रेस र माओवादीको कडा प्रतिस्पर्धा चलिरहेको छ । उक्त गाउँपालिकाको नज

लुम्बिनीका ७१ स्थानीय तहको नतिजा सार्वजनिक : काँग्रेस पहिलो, एमाले तेस्रो

स्थानीय तह निर्वाचनमा बिहीबारसम्म लुम्बिनी प्रदेशका ७१ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । लुम्बिनीका १०९ पालिका मध्ये ७१ पालिकाको नतिजा सार्वजनिक हुँदा काँग्रेस  अग्रस्थानमा छ भने एमाले तेस्रो बनेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार ७१ पालिकामा ३२ पालिका जित्दै कांग्रेस पहिलो बनेको हो । माओवादी केन्द्र २१ पालिकामा विजयी बन्दै दोस्रो भएको छ भने एमाले १८ स्थानीय तह जित्दै तेस्रो बनेको छ ।नतिजा सार्वजनिक भएकामध्ये दुईवटा पालिकामा राष्ट्रिय जनमोर्चाले विजय हासिल गरे

रोल्पामा माओवादी ७, काँग्रेस २ र एमाले एक पालिकामा विजयी

रोल्पाका दसवटै पालिकाको मतगणना सम्पन्न भएको छ । आज सम्पन्न मतगणनाअनुसार नेकपा (माओवादी केन्द्र) सात, नेपाली कांग्रेस दुई र नेकपा एमाले–कांग्रेस गठबन्धन एउटा पालिकामा विजयी भएका छन् । रोल्पा नगरपालिकामा माओवादी केन्द्रबाट सुरेन्द्र थापा घर्ती प्रमुखमा विजयी भएका छन् । थापाघर्तीले सात हजार ६३० ल्याएको थियो भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर थापाले तीन हजार ६५८ मत ल्याए । उपप्रमुखमा गीता आचार्यले सात हजार ७४१ मत ल्याएर विजयी भएका छन् । निकटम प्रतिद्वन्द्व

कैलालीका ४ पालिकामा रेशम चौधरीको पार्टी, ३ मा काँग्रेस अगाडि

टीकापुर(कैलाली) । १३ स्थानीय तह रहेको कैलालीमा मंगलबार बिहानसम्म १२ पालिकामा मतगणना जारी छ । जिल्लाको चुरे गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा भने धनगढी उम्मेदवार गोपाल हमालको अग्रता कायमै छ । उनी गठबन्धनका उम्मेदवार नृपबहादुर वडभन्दा ३ हजार बढी मतले अगाडि छन् । जिल्लाका चार […] The post कैलालीका ४ पालिकामा रेशम चौधरीको पार्टी, ३ मा काँग्रेस अगाडि appeared first on राजधानी राष्ट्रिय दैनिक.

खोटाङका पाँचमध्ये ३ पालिकामा काँग्रेस विजयी

मत परिणाम सार्वजनिक भएका खोटाङका ५ पालिकामध्ये नेपाली काँग्रेसले मात्रै तीनवटामा जित निकालेको छ ।  दश स्थानीय तह रहेको खोटाङमा ५ पालिकाको नतिजा सार्वजनिक भएको हो । ५ मध्ये ३ स्थानीय तहमा काँग्रेस तथा एमाले र माओवादी केन्द्र १÷१ पालिकामा जित्न सफल भएका छन् ।काँग्रेसले जितेका पालिकामा साकेला गाउँपालिका, बराहपोखरी गाउँपालिका र केपीलासगढी गाउँपालिको अध्यक्षमा जितेको हो । एमालेले ऐँसेलुखर्क गाउँपालिका र माओवादीले जन्तेढुंगा गाउँपालिका अध्यक्षमा जित निकालेको छ ।

स्थानीय तह निर्वाचनको पछिल्लो नतिजा : अघि बढ्यो काँग्रेस, पछिपछि एमाले

स्थानीय तह निर्वाचनको मतगणनाको नतिजा आउने क्रम जारी छ।  निर्वाचन आयोगको साढे १२ बजेको तथ्यांकअनुसार नेपाली काँग्रेस सर्वाधिक ४६ पालिका जित्दै अग्रस्थानमा रहेको छ भने एमाले ३८ पालिका जित्दै दोस्रो र माओवादी केन्द्र २१ पालिका जितेर तेस्रो स्थानमा रहेको छ । निर्वाचन आयोगको अध्यावधिक विवरणअनुसार ५ पालिकामा मेयर जितेको काँग्रेसले ४१ गाउँपालिका जितेको छ । यस्तै मतगणना जारी हुँदा २०९ पालिकामा अग्रता बनाएको छ । जसमा मेयर पदमा ९४ र अध्यक्ष पदमा ११५ स्थानमा अग्रता बनाएको छ । यस्तै काँग्रेसले हाल

झापाका कुन पालिकामा कुन दलका उम्मेदवार छन् अगाडि

झापा : झापाका १५ वटै पालिकामा मतगणना भइरहेको छ। पछिल्लो मतगणनाको प्रारम्भिक मत परिणामअनुसार १५ वटा पालिकाको प्रमुख पदमध्ये नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धनले ४, नेपाली काँग्रेस, राप्रपा र माओवादी केन्द्रको गठबन्धनले १, काँग्रेस र एमाले गठबन्धनले १, काँग्रेसले २, एमालेले ५ र राप्रपाले १ पालिकामा अग्रता कायम राखेका छन्।पालिकाहरूको उपप्रमुखमा एमाले ९, काँग्रेस र एमाले गठबन्धनले १, काँग्रेस र माओवादीको गठबन्धनले ३, काँग्रेस र राप्रपाले १/१ पालिकामा अग्रता लिएका छन्।काँग्रेस, माओ

रसुवाका तीन पालिकामा एमाले, दुईमा काँग्रेसको अग्रता

रसुवाको पाँचवटै गाउँपालिकामा मतगणनाको कार्य जारी छ । स्थानीय तह निर्वाचनको शुक्रबार भएको मतदानको जिल्लाको पाँचवटै गाउँपालिकामा मतगणनाको कार्य जारी छ । तीनवटा पालिकामा एमाले र दुईवटामा काँग्रेसको अग्रता छ ।साढे १२ बजेसम्मको तथ्यांकअनुसार उत्तरगया, गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकामा एमाले तथा कालिका र नौकुण्ड गाउँपालिकामा काँग्रेसको अग्रता छ । कालिका गाउँपालिकामा अध्यक्षमा १२ सय ५४ मतसहित काँग्रेस अगाडि छ । एमालेको ११ सय ४९ मतसहित दोस्रो र ११ सय ३६ मतसहित माओवादी तेस्रो स्थानमा छ । उपाध्य

स्थानीय चुनावमा काँग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो बन्ने संकेत

काठमाडौं, ३१ वैशाख । स्थानीय निकायको निर्वाचनको प्रारम्भिक परिणामहरुले नेपाली काँग्रेस सबैभन्दा बढी पालिकाहरुमा विजयी हुने देखिएको छ । अहिलेसम्म मतगणना भइरहँदा काँग्रेसले २ सय भन्दा बढी स्थानमा अग्रता लिइरहेको छ । काँग्रेस ३ पालिकामा विजयी बन्दा २३४ पालिकामा अग्रता लिइरहेको छ । यही अनुपातमा मत परिणाम प्राप्त भए काँग्रेस सबैभन्दा अगाडि देखिने निश्चितप्रायः छ […]