पूर्वाधार विकासमा फड्को मार्दै कोहलपुर

राँझा । जनप्रतिनिधि निर्वाचित भएर आएको पाँच वर्षमा बाँकेको कोहलपुर नगरपालिकाले पूर्वाधार विकासमा ठुलो फड्को मारेको छ । नगरपालिकाका प्रत्येक वडामा कालोपत्र सडक, अत्याधुनिक नमुना बसपार्क, नगर स्तरीय अस्पताल, भ्यु टावरलगायत पूर्वाधार विकासका संरचनाले पूर्णता पाउन थालेको हो । नगरपालिकामा साविक कोहलपुर गाविसका सात, रझेना गाविसका छ र शम्शेरगञ्ज गाविसका दुई गरी १५ वडाबाट नगरपालिकाको […]

सम्बन्धित सामग्री

कोहलपुरको नमूना बसपार्क दशैं अगाडि नै सञ्चालन आउँदै

जेठ ४, बाँके । कोहलपुरमा निर्माणाधीन लामो दूरीको नमूना बसपार्क दशैं अगाडि नै सञ्चालनमा आउने भएको छ । बसपार्कको टर्मिनल भवन निर्माण कार्य सम्पन्न भइसकेको छ भने अन्य सहायक पूर्वाधार धमाधम निर्माण भइरहेका छन् । दशैंअघि पूर्णरुपमा सञ्चालनमा आउने गरी बसपार्कको संरचना निर्माण कार्य भइरहेको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिए । उनका अनुसार, बसपार्कको टर्मिनल भवन रङ्गरोगन गर्न बाहेक अरु काम आंशिक रुपमा सम्पन्न भएको छ ।  लामो दूरीका बस छुट्ने गरी निर्माण गरिएको सो बसपार्कभित्र अत्याधुनिक शौचालय, स्वास्थ्य जाँचको व्यवस्था र प्रहरीको युनिटसमेत रहने छ ।  कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले आप्mनो कार्यकालका लागि बसपार्क निर्माण निकै महत्वपूर्ण रहेको बताए । उनले नगरपालिकाको यथेष्ट बजेट नभए पनि कोहलपुर नगरविकास समितिको ऋण सहयोगले समयमै बसपार्क निर्माण गर्न सकिएको उल्लेख गरे । कोहलपुरमा अहिले सञ्चालनमा रहेको बसपार्क साँघुरो भएकाले लामोदूरीमा सञ्चालन हुने बसको लागि कोहलपुर चौराह नजिकै नेपालकै नमूना अत्याधुनिक बसपार्क निर्माण थालिएको हो ।  उनका अनुसार, २०७७ फागुन २४ गते रू. २७ करोड ८४ लाख ६६ हजारमा बसपार्क निर्माणका लागि सम्झौता भई काम शुरु भएको हो । बसपार्क निर्माणको लागि कुल बजेटको ६० प्रतिशत नगर विकास कोषबाट र ४० प्रतिशत कोहलपुर नगरपालिबाट रकम विनियोजन गरिएको छ ।  ५ बिघा १६ कठ्ठामा निर्माण भइरहेको बसपार्कको खड्का–दया सगुन निर्माण सेवा कन्स्ट्रक्सनले दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी जिम्मा पाएको छ ।  निर्माण व्यवसायी टेकबहादुर खडकाले तोकिएको सम्झौता अवधि अगावै उक्त बसपार्क नगरपालिकालाई हस्तान्तरण गरिने बताए । उनका अनुसार, अत्याधुनिक कोहलपुर बसपार्क बालमैत्री, सूचनामैत्री, प्रविधिमैत्री, खानेपानी, ढल निकास, भूमिगत विद्युतीकरण, रिफ्रेसमेन्ट सेन्टर, सपिङ कम्प्लेक्स सहितको हुनेछ ।  पाँच तलाको सपिङ कम्प्लेक्ससहितको निर्माणाधीन कोहलपुर बसपार्क नेपालकै अत्याधुनिक बसपार्क हुने कोहलपुर नगरपालिका पूर्वाधार विकास शाखा प्रमुख इञ्जिनियर बालकृष्ण महतराले बताए । अहिलेसम्म निर्माण कार्य प्रगति हेर्दा समयमै सम्पन्न हुने अपेक्षा गरिएको उनले जानकारी दिए । कोहलपुर बसपार्कलाई नगरपालिकाले गौरवको योजनाका रुपमा अगाडि सारेको कार्यपालिका सदस्य एवम् आर्थिक विकास शाखा संयोजक डिलबहादुर परियारले बताए । बसपार्क निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न जनप्रतिनिधिलेसमेत आवश्यक अनुगमन तथा निर्माण कम्पनीसँग समन्वय गर्दै आएको उनको भनाइ छ । रासस

कोहलपुरमा बन्दै नेपालकै नमुना बसपार्क

बाँके । बाँकेको कोहलपुरमा नमुना बसपार्क निर्माण धमाधम भइरहेको छ । अहिले सञ्चालनमा रहेको बसपार्क साँघुरो भएकाले कोहलपुर चौराह नजिक नमुना बसपार्क निर्माण थालिएको हो । अहिलेसम्म बसपार्कको ४५ प्रतिशत काम सम्पन्न भइसकेको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले जानकारी दिए । ०७७ फागुन २४ गते २७ करोड ८४ लाखमा बसपार्क निर्माणका लागि सम्झौता भई काम सुरु भएको थियो । बसपार्क निर्माणका लागि कुल बजेटको ६० प्रतिशत नगर विकास कोषबाट र ४० प्रतिशत कोहलपुर नगरपालिकाबाट विनियोजन गरिएको छ । ५ बिघा १६ कठ्ठामा निर्माण भइरहेको उक्त बसपार्कको खड्का–दया सगुन निर्माण सेवा कन्स्ट्रक्सनले दुई वर्षको अवधिमा  सम्पन्न गर्ने गरी निर्माण जिम्मा पाएको छ ।     पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोहलपुर कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारका रूपमा चिनिन्छ । कोहलपुर बसपार्कबाट राष्ट्रियदेखि अन्तर्राष्ट्रि«य बससमेत सञ्चालन हुने नगरप्रमुख रावतको भनाइ छ । बसपार्क बालमैत्री,सूचनामैत्री, प्रविधिमैत्री, खानेपानी, ढल निकास, भूमिगत विद्युतीकरण, रिफ्रेसमेन्ट सेन्टर, सपिङ कम्प्लेक्ससहितको हुने कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिए ।      बसपार्कमा निर्माण हुने सटर, सपिङ कम्प्लेक्स, बसपार्क पार्किङलगायतका संरचनाबाट कोहलपुर नगरपालिकाको आन्तरिक आयस्रोत बढ्ने ढकालले बताए । बसपार्क सञ्चालनमा आएपछि यात्रुलाई सहज हुने र कोहलपुरको विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । पाँच तलाको सपिङ कम्प्लेक्ससहितको निर्माणाधीन बसपार्क नेपालकै नमुना बसपार्क हुने कोहलपुर नगरपालिका पूर्वाधार विकास शाखाका प्रमुख इञ्जिनियर बालकृष्ण महतराको दाबी छ । यसलाई नगरपालिकाले गौरवको योजनाका रूपमा अगाडि सारेको छ । रासस

धरहराको झल्को दिने कोहलपुर भ्यूटावरको निर्माण अन्तिम चरणमा

माघ १३, बाँके । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ ।  कोहलपुरको मौलिक पहिचान झल्कने गरी घण्टाघरसहितको १० तल्ले सुविधा सम्पन्न सो भ्यूटावरको निर्माण अन्तिम चरणमा पुगेको हो । लिफ्टसहितको सुविधासम्पन्न सो भ्यूटावर कोहलपुर नगरपालिकाले गौरवको योजनाभित्र पारेर निर्माण गरेको नगरप्रमुख लुटबहादुर रावतले जानकारी दिए ।  उनका अनुसार भ्यूटावरको भौतिक प्रगति ७० प्रतिशतभन्दा बढी भइसकेको छ । अब लिफ्ट जडानसहित रङरोगन र सजावटको काम बाँकी छ ।  नगरप्रमुख रावतले दश तल्लाको उचाइसहित निर्माण भएको भ्यूटावरमा समयको जानकारी गराउने उद्देश्यले घडी राखिने बताउँदै लिफ्टबाट माथि जान सकिने र भ्यूटावरबाट कोहलपुरको चारैतिरको रमणीय दृश्यावलोकन गर्न सकिने जानकारी दिए ।  रू. पाँच करोड ८८ लाखको लागतमा अत्याधुनिक भ्यूटावर निर्माण भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बताए । भ्यूटावरले कोहलपुर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उनको भनाइ छ ।  भ्यूटावर चढ्न कोहलपुर नगरपालिकाले शुल्क निर्धारण गर्नुका साथै कफीसपको समेत व्यवस्था हुने प्रमुख प्रशासकीय अधिकृत ढकालको भनाइ छ ।  ९ रेक्टर स्केलको भूकम्पले पनि क्षति नपुग्ने गरी भ्यूटावर निर्माण भइरहेको कोहलपुर नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इञ्जीनियर बालकृष्ण महतराले जानकारी दिए । भ्यूटावर पुग्न एकपटक १५ जना जानसक्ने क्षमताको लिफ्ट बन्ने बताउँदै उनले भ्यूटावरमा दृश्यावलोकनका लागि एकपटकमा ५० जना जान सक्ने क्षमता हुने उल्लेख गरे ।  विगतमा कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण यसको निर्माण कार्य केही प्रभावित भए पनि अहिले उत्साहजनकरूपमा काम भइरहेको उनले बताए ।  यही माघ २५ गतेसम्म कार्य सम्पन्न गर्ने गरी निर्माण कम्पनी जय भवानीले सम्झौता गरेकामा कोभिडका कारण थप ६ महिना म्याद थपको माग भएको छ ।  भौतिक पूर्वाधार निर्माण कार्यसम्पन्न भए पनि अन्तिम फिनिसिङ कार्य सम्पन्न गर्नका लागि म्याद थपको अनुरोध गरेको जय भवानी निर्माण सेवाका सञ्चालक अर्जुन पनेरुले बताए । उनले घामपानी केही नभनी निर्माण धमाधम गरे पनि कोभिडका कारण केही प्रभावित भएको उल्लेख गरे ।  निर्माण नसकिँदै भ्यूटावर अवलोकन गर्न सर्वसाधारण पुग्ने गरेका छन् । भ्यूटावरले कोहलपुरमा अन्तरिक पर्यटन प्रवर्द्धन गर्ने नगरकार्यपालिका सदस्य एवम् आर्थिक विकास शाखा संयोजक डिलबहादुर परियारले बताए ।  उनले भने, ‘१० तल्ले सुविधा सम्पन्न सो भ्यूटावर सर्वसाधारणका लागि निक्कै आकर्षक हुने विश्वास लिएका छौं ।’  उनका अनुसार नगरपालिकाले शुरु गरेको ठूला आयोजनाको निर्माण यही आर्थिक वर्षमा सम्पन्न गर्ने गरी धमाधम भइरहेको छ । रासस

सवारी ज्यान मुद्दामा प्रदेश मन्त्रीका छोरा पक्राउ

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरालाई प्रहरीले पक्राउ गरेको छ । मन्त्रीका छोरा २३ वर्षीय बबी सोडारीलाई सवारी ज्यान मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डिएसपी) बेद प्रकाश जोशीले रातोपाटीलाई बताए । पुस २ मा टिकापुरमा बबी सोडारीले चलाएको बागमती प्रदेश ०१–०२५ च ६६५५ नम्बरको गाडीको ठक्करबाट ९५ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएकी थिइन् । उपचारको क्रममा बाँकेको कोहलपुर स्थित मेडिकल कलेजमा पुस ११ मा उनको मृत्यु भएक