मल माग गर्दै प्रदर्शन

पहिलोचोटि नाम सुनिएको किसानको मोर्चाले रौतहट सदरमुकाम गौरमा ट्र्याक्टर प्रदर्शन गरेका छन्। आइटी आर्मीसित सम्बन्धित किसान मोर्चाको आह्वानमा सयौं ट्र्याक्टरले रौतहटको गरुडादेखि सदरमुकाम गौरसम्म २२ किलोमिटर लामो प्रदर्शन गरेका हुन्।...

सम्बन्धित सामग्री

मल उपलब्ध गराउनुपर्ने मागसहित अखिल नेपाल किसान महासंघद्वारा प्रदर्शन

मोरङ – रासायनिक मल उपलब्ध गराउनुपर्ने मागसहित अखिल नेपाल किसान महासंघले विराटनगरमा प्रदर्शन गरेको छ। शनिबार महासंघले पत्रकार सम्मेलन गर्दै तत्काल मागको सम्बोधन नभए कडा आन्दोलनमा उत्रने चेतावनीसमेत दिएको छ। सोहीअनुसार कृषकले रासायनिक मल शीघ्र उपलब्ध गराउन माग गर्दै बजारमा प्रदर्शन गरेका थिए। उनीहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता हुनुपर्ने मागसमेत गरेका थिए। महासंघका मोरङ […]

मूल्यवृद्धिको विरोधमा जनकपुरधाममा प्रदर्शन

नेकपा एमालेले जनकपुरले मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ । सोमबार एमालेले जनकपुरधाममा विरोध प्रदर्शन गर्दै उपभोग्य सामग्रीमा चर्को मूल्यवृद्धि नियन्त्रण गर्न माग गरेको हो ।  एमाले जनकपुरधाम नगर कमिटी अध्यक्ष सुरेन्द्र भण्डारीले चर्को  मूल्यवृद्धि हुँदा पनि सरकारले बेवास्ता गरेको बताए । उनले  किसानलाई मल उपलब्ध गराउन सरकारसँग माग गरे ।

रासायनिक मल उपलब्ध गराउने ज्ञापनपत्र मुख्यमन्त्रीले बुझ्न नमानेको भन्दै प्रदर्शन

१० असार, धनगढी । रासायनिक मल उपलब्ध गराउन माग गर्दै कैलालीका किसानले मुख्यमन्त्रीको कार्यालयमा प्रदर्शन गरेका छन् । मल माग्दै ज्ञापन पत्र बुझाउन गएका किसानले मुख्यमन्त्री त्रिलोचन भट्टले समय नदिएपछि अखिल नेपाल किसान महासंघको अगुवाईमा कार्यालय अघि नै प्रदर्शन भएको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले भने किसानहरु मुख्यमन्त्री भट्ट कार्यालय नभएका बेला ज्ञापन पत्र […]

मलको माग गर्दै कैलालीमा विरोध प्रदर्शन

मल बिउमा भएको कालोबजारी नियन्त्रण र किसानलाई मलको माग गर्दै कैलालीमा विरोध प्रदर्शन भएको छ । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारीको) आयोजनामा कैलालीको जिल्ला प्रशासन कार्यालय अगाडि, घोडाघोडी र टीकापुरमा विरोध प्रदर्शन भएको हो ।रोपाई गर्ने सिजन शुरू भइसक्दा समेत सरकारले मल उपलब्ध गराउन नसकेको विरोधमा प्रदर्शन गरिएको हो । जिल्ला प्रशासन कार्यालय कैलाली सम्पन्न विरोध प्रदर्शन र कोणसभालाई नेपाल कम्युनिष्ट पार्टी विशेष समिति सदस्य विनोद बिष्टले सम्बोधन गरेका थिए । घ

सिके राउतको पार्टीद्वारा काठमाडौँमा प्रदर्शन

काठमाडौँ– प्रदेश २ मा पछिल्ला केही दिनयता किसानका माग राखेर प्रदर्शन गर्दै आएको सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार काठमाडौँमा प्रदर्शन गरेको छ । जनमत पार्टी उपत्यका समन्वय समितिले किसानहरूको माग सम्बोधन गर्न माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले ‘किसानको माग पूरा गर, समयमा मल सिँचाइको व्यवस्था गर’जस्ता नाराहरु लगाएका […]

सिके राउतको पार्टीको काठमाडौंमा प्रदर्शन, तस्बिरमा हेर्नुहोस्

प्रदेश २ मा पछिल्ला केही दिनयता किसानका माग राखेर प्रदर्शन गर्दै आएको सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार काठमाडौंमा प्रदर्शन गरेको छ । जनमत पार्टी उपत्यका समन्वय समितिले किसानहरूको माग सम्बोधन गर्न माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले ‘किसानको माग पूरा गर, समयमा मल सिँचाइको व्यवस्था गर’जस्ता नाराहरु लगाएका थिए । बर्सेनि किसानले मल अभाव झेल्दै आएका छन् । प्रत्येक वर्ष किसानले मलका लागि संघर्ष गर्दै आएका छन् भने चिनी मिलले भुक्तानी

किसानका समस्या समाधान गर्न माग गर्दै जनमत पार्टीको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– किसानका समस्या समाधान गर्न माग गर्दै सीके राउत नेतृत्वको जनमत पार्टीले प्रदर्शन गरेको छ। राजधानीको माइतीघर मण्डलामा शनिबार दिउँसो जनमत पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका हुन्। किसानहरुलाई मल, बीउ, सिंचाई लगायतको व्यवस्था गर्न उनीहरुको माग छ। उनीहरुले ‘मलखाद र बीउ को व्यवस्था गर, सिंचाईको व्यवस्था गर, हावाहुरी र वर्षाले बालीनालीमा भएको क्षति बापत राहत देऊ, […]

पर्सामा मल माग्‍दै पिछडावर्ग महासंघको प्रदर्शन

११ पुस, वीरगञ्ज। अखिल नेपाल पिछडावर्ग (ओविसी) महासंघ पर्साले जिल्ला प्रशासन कार्यालय पर्सा अगाडी प्रदर्शन गरेको छ । किसानलाई रासायनिक मलको व्यवस्था गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि अगाडी प्रदर्शन गरेको हो । खेतमा गहुँ छरेका किसानलाई अहिले रासायनिक मलको आवश्यकता छ । तर किसानले मल सहजै पाईरहेका छैनन् । सरकारले किसानलाई समयमै मल […]

रासायनिक मल माग गर्दै सप्तरीमा किसानको प्रदर्शन, जिल्ला प्रशासन कार्यालय घेराउ

सप्तरी – सप्तरीका किसानले रासायनिक मल माग गर्दै प्रदर्शन गरेका छन् । आज बुधवार किसानले रासायनिक मलकाे माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनसहित घेराउ गरेका हुन् ।  सप्तरीका किसानले रासायनिक मलको माग गरेर केही दिनदेखि आन्दोलन गर्दै आएका छन् । गहुँ छर्ने बेलामा रासायनिक मल नपाएको उनीहरूको गुनासो छ । गहुँ बाली लगाउने बेला विशेष गरी डीएपी मलको माग बढी हुन्छ । कृषि सामग्री कार्यालय राजविराजका निमित्त शाखा प्रबन्धक सोनेलाल मुर्मुले पालिकाको सिफारिसमा मल दिँदै आएको बताउनुभएको छ । स...

युरिया मल माग गर्दै राैतहटमा ट्याक्टरसहित प्रदर्शन

गौर। युरिया मल उपलब्ध गराउन तथा किसानलाई पेन्सनको माग गर्दै रौतहटमा ट्याक्टर र्‍यालीसहित प्रदर्शन गरिएको छ । आईटी आर्मीको किसान मोर्चाले बुधबार जिल्लाको विभिन्न स्थानबाट आएका हजारौँ ट्याक्टर रौतहटको मध्यभाग गरुडामा जम्मा भई सदरमुकाम गौरसम्म प्रदर्शन गरेका छन् । खेतीको मुल समयमा युरिया मलको अभाव हुने भएकोले किसानलाई हुने समस्या समाधान गर्न युरिया लगायतका […] The post युरिया मल माग गर्दै राैतहटमा ट्याक्टरसहित प्रदर्शन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.